देशका सम्पूर्ण निजी विद्यालयहरू अनिश्चितकालीन बन्द गरेर पठनपाठन ठप्प पार्ने प्याब्सनको आन्दोलन अहिलेलाई स्थगित भएको छ ।
कम्पनी ऐनअन्तर्गत दर्ता भएका नाफामूलक निजी विद्यालयहरूलाई पाँच वर्षभित्र गुठीमा परिणत गरी गैरनाफामूलक बनाउने विधेयकको तयारी भएको भन्दै आन्दोलित भएका निजी शिक्षाका संस्थाहरू सरकारसँग वार्तामा बस्ने भएपछि आन्दोलन फिर्ता भएको छ । तर, शिक्षा र स्वास्थ्य जस्तो आधारभूत क्षेत्रमा व्यापारीकरण हुनुहुँदैन भन्ने तर्क उठिरहँदा निजी विद्यालयलाई सेवामूलक बनाउने कि नाफामूलक ? बहस चल्न थालेको छ ।
किन आन्दोलित भ...