मेलम्चीको पानी ल्याउने कुरालाई महत्वका साथ अघि बढाउन आवश्यकः नेता सिंह

निर्वाचनका बेलामा काठमाडौंका जनताले मेलम्चीको पानी साँच्चिकै काठमाडौं आउने हो वा नेताहरुको चुनावी एजेण्डा मात्रै हो? भन्नेजस्ता प्रश्न गरेकाले आफूले मेलम्चीको पानी काठमाडौं नआउनुको समस्या बुझ्न मेलम्ची पुगेको सिंहले बताए।

सम्बन्धित सामग्री

मेलम्ची खानेपानीबारे अर्थ मन्त्रालयमा छलफल

काठमाडौं । मेलम्ची खानेपानी आयोजनामा देखिएको अन्योलबारे अर्थ मन्त्रालयमा छलफल भएको छ । उक्त आयोजनाबारे खानेपानीमन्त्री महिन्द्रराय यादव र स्थानीय प्रतिनिधिहरूसँग अर्थमन्त्री डा. प्रकाशशरण महतले मंगलवार छलफल गरेका हुन् ।  सो आयोजनाबाट पानी आपूर्ति तथा वितरण नियमित बनाउन बजेटको अभाव हुन नदिने भन्दै अर्थमन्त्री महतले यथाशीघ्र काम अघि बढाउन आग्रह गरेका छन् । छलफलपछि खानेपानीमन्त्री यादवले काठमाडौंवासीलाई छिटोभन्दा छिटो मेलम्चीको पानी खुवाइने बताए । मेलम्चीको पानी काठमाडौं ल्याउने काममा देखिएको समस्या समाधान गरेर अघि बढ्ने उनको भनाइ छ । ‘मेलम्चीको खानेपानी नियमित गर्ने विषयमा अर्थ मन्त्रालयसँग भएको छलफल सकारात्मक छ,’ उनले भने, ‘खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय, उपभोक्ता, वितरकलगायत सरोकारवालासहित पुन: छलफल गरेर पानी ल्याउने प्रक्रिया अघि बढाउँछौं, जतिसक्दो चाँडो काठमाडौंका जनतालाई पानी खुवाउँछौं ।’ यता, काठमाडौंवासीले भने एक हप्ताभित्र मेलम्चीको पानी काठमाडौंमा ल्याउने व्यवस्था गर्न सरकारलाई दबाब दिएका छन् । एक हप्ताभित्र पनि सो पानी काठमाडौं ल्याउने व्यवस्था नगरे सरकारविरुद्ध आन्दोलन गर्ने उपभोक्ता तथा सरोकारवालाको चेतावनी छ । कोटेश्वरका स्थानीय हरि गौतमले अर्थमन्त्रीसँगको भेटमा मेलम्चीको पानी एक हप्ताभित्र काठमाडौं आउने गरी बजेटको व्यवस्था गर्न आग्रह गरिएको बताए । गौतमका अनुसार हेलम्बुका स्थानीयले माग गरेको ११ करोड ५० लाख ६६ हजार रुपैयाँ सरकारले तत्काल उपलब्ध गराए खानेपानी ल्याउने काममा देखिएको अवरोध हट्नेछ । ‘सरकारले चाह्यो भने यो पानी आउन एक हप्ता पनि लाग्दैन, हामी अर्थ मन्त्रालय र खानेपानी मन्त्रालय धाइरहेका छौं, स्थानीय तहमा केही समस्या छन्,’ उनले भने, ‘स्थानीयले माग गरेको रकम राज्यले तुरुन्त निकासा गरिदिनुपर्छ र काठमाडौंवासीलाई पानी खुवाउनुपर्छ ।’ यसैबीच, हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले मेलम्चीको पानी काठमाडौं ल्याउने विषयमा हेलम्बुका स्थानीयले कुनै पनि अवरोध नगरेको बताएका छन् । अध्यक्ष शेर्पाले स्थानीयसँग गरेको सम्झौता अनुसारको बजेट भने सरकारले तत्काल उपलब्ध गराउनुपर्नेमा जोड दिए । सरकारले यसअघि स्थानीयसँग गरेका सम्झौता पूरा नगरेको भन्दै उनले सरकारको आलोचना समेत गरे ।

प्रधानमन्त्रीलाई प्रकाशमानको ध्यानाकर्षणपत्र– मेलम्चीको पानी निर्वाध वितरण होस्

२० मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् काठमाडौं क्षेत्र नं. १ का सांसद प्रकाशमान सिंहले मेलम्ची खानेपानी आयोजनाको पानी स्थायी रुपमै काठमाडौं ल्याउने गृहकार्य अघि बढाउन माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षण पत्र बुझाएका छन् । त्यसका लागि आयोजनाका कर्मचारी र मुहान क्षेत्रका स्थानीयका माग सम्बोधन गर्नुपर्ने लगायतका सुझाव नेता सिंहले दिएका छन् । […]

‘कर्मचारीको तलब र आवश्यक काम अघि बढाउन सरकारले कन्जुस्याँइ गर्नु हुँदैन’

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौंमा मेलम्चीको पानी ल्याउने कार्य व्यवस्थित रुपमा अघि बढाउन आवश्यक रहेको बताउनुभएको छ । नेता सिंहले अर्बौं खर्च भइसकेको राष्ट्रिय गौरबको परियोजनाको सरकारी पक्षले चासो नदिएको कुरा स्थानीयले बताएको भन्दै अबका दिनमा संघीय सरकारले चासोका साथ मेलम्चीको पानी व्यवस्थित रुपमा काठमाडौं उपत्यकामा ल्याउन भूमिका खेल्नुपर्ने बताउनुभएको हो । […]

मेलम्ची खानेपानीकाे व्यवस्थापनमा सरकारले कन्जुस्याइँ गर्याे : प्रकाशमान सिंह

काठमाण्डाै - नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाण्डाैमा मेलम्चीको पानी ल्याउने कुरालाई महत्त्वका साथ व्यवस्थित रुपमा अघि बढाउन आवश्यक रहेको बताउनुभएको छ ।  नेता सिंहले अर्बौं खर्च भइसकेको राष्ट्रिय गौरवको परियोजनाको सरकारी पक्षले चासो नदिएको कुरा स्थानीयहरुले बताएको भन्दै अबका दिनमा सङ्घीय सरकारले चासोका साथ मेलम्चीको पानी व्यवस्थित रुपमा काठमाण्डाै उपत्यकामा ल्याउन भूमिका खेल्नुपर्ने बताउनुभएको हो । चुनावका बेलामा काठमाण्डाैका नागरिकले मेलम्चीको पानी साँच्चिकै काठमाण्डाै आउने हो वा नेताहरुको चुना...

सरकारले चासो नदेखाउँँदा मेलम्ची खानेपानी काम चलाउ : प्रकाशमान सिंह

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौंमा मेलम्चीको पानी ल्याउने कुरालाई महत्वका साथ व्यवस्थित रुपमा अघि बढाउन आवश्यक रहेको बताएका छन्। नेता सिंहले अर्बौं खर्च भइसकेको राष्ट्रिय गौरवको परियोजनाको सरकारी पक्षले चासो नदिएको कुरा स्थानीयहरुले बताएको भन्दै अबका दिनमा संघीय सरकारले चासोका साथ मेलम्चीको पानी व्यवस्थित रुपमा काठमाडौं उपत्यकामा ल्याउन भुमिका खेल्नुपर्ने बताए। निर्वाचनका बेलामा काठमाडौंका जनताले मेलम्चीको पानी साँच्चिकै काठमाडौं आउने हो वा नेताहरुको चुन

सरकारले चासो नदिँदा मेलम्ची खानेपानी काम चलाऊ भयो : प्रकाशमान सिंह

काठमाडौँ उपत्यकामा मेलम्चीको पानी ल्याउने कुरालाई महत्त्वका साथ व्यवस्थित रूपमा अघि बढाउन नसक्नुमा सरकारले चासो नदिएको काँग्रेस नेता प्रकाशमान सिंहले बताउनुभयो । मेलम्ची खानेपानी काम चलाएका रूपमा मात्र हुँदै आएको छ पटक पटक अरवौ खर्च भई सक्दा समेत पानी उपत्यकावासीले नपाउनुमा सरकारकै कमजोरी भएको उहाँले बताउनुभयो ।

आइतवारदेखि १४ करोड लिटर पानी

काठमाडौं (अस) । काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण शुरू भएसँगै मेलम्चीको पानी आउने परिमाणमा पनि वृद्धि भएको छ । आइतवारदेखि काठमाडौं उपत्यकामा दैनिक १४ करोड लिटर आउन थलेको छ । शनिवारसम्म भने साढे ८ करोड लिटर पानी आइरहेको थियो । दैनिक १७ करोड लिटर पानी काठमाडौं उपत्यकामा वितरण गर्ने तयारीको नजिक पुगिएको काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मिलनकुमार शाक्यले जानकारी दिए । ‘आइतवारदेखि सुन्दरीजलबाट थप पानी छाडिएको र उपत्यकाका सातओटा पोखरीहरूमा पानी थपिएको छ,’ शाक्यले भने, ‘बाँकी तीनओटा पोखरीमा पनि पानी राख्ने क्रम शुरू गरिने र थप ३ करोड लिटर पानी पनि छिटै आउनेछ । त्यसपछि कीर्तिपुर, भक्तपुरको कटुन्जे र ठिमीमा पनि पानी राखेर वितरण गरिनेछ ।’ काठमाडौं उपत्यकामा चैत १५ गतेदेखि मेलम्चीको खानेपानी औपचारिक रूपमा आउन थालेसँगै वितरण पनि शुरू भइसकेको छ । अहिले महांकालचौर, अनामनगर, मीनभवन, खुमलटार, महाराजगञ्ज, बालाजु, बाँसबारी क्षेत्रका पोखरीहरूबाट पानी वितरण भइरहेको छ । मेलम्चीको खानेपानी काठमाडौंमा आएसँगै पुरानै पाइपलाइनबाट पानी वितरण हुँदा हालसम्म ३३० स्थानमा पानी चुहावटको समस्या देखिएको छ । दशकदेखि पुराना पाइपबाट पानी वितरण गरिएको छ । पानीको प्रवाह बढी भएपछि मुख्य सडक तथा भित्री सडकहरूमा अधिक चुहावट देखिएको छ । शाक्यले हालसम्म चुहावट देखिएका ती स्थानमध्ये १८६ स्थानमा मर्मतसम्भार गरिसकेको बताए । भित्री सडक तथा गल्लीहरूमा मर्मतसम्भार गरिएको र अहिले मुख्य सडकहरूमा पनि मर्मतसम्भार गर्न सडक विभागले स्वीकृति दिइसकेको उनले बताए । अब छिटै मर्मतसम्भारको काम हुने उनको भनाइ छ । ४० वर्षदेखिका पुराना पाइपबाट पानी वितरण हुँदा चुहावट देखिनु मर्मतका लागि अवसर भएको बताउँदै आएको कम्पनीले सडक विभागको सहकार्य पनि सकारात्मक रूपमा पाएको बताएको छ । कम्पनीलाई पानी चुहावट हुने सडकहरूमा मर्मतसम्भार गर्न र चुहावट नियन्त्रण गर्ने कार्य अघि बढाउन सडक विभागको स्वीकृति चाहिन्छ । त्यसपछि मात्रै कम्पनीले मर्मतसम्भार तथा चुहावट नियन्त्रण गर्न सक्ने उनको भनाइ छ । मेलम्चीको पानी आउनुभन्दा पहिला दैनिक ८ करोड लिटर पानी वितरण गर्दा चुहावट हुने स्थानको पहिचान हुन नसक्दा मर्मतसम्भारको कार्य गर्न नसकिएको कम्पनीको भनाइ छ । अहिले भने विभिन्न स्थानमा देखिएको चुहावटलाई न्यून गर्न निर्माण कम्पनी तथा कम्पनीका विभिन्न शाखाका अधिकारीहरू खटेको शाक्यले दाबी गरे ।