कोरोना महामारीमा मागअनुसार अण्डा पुर्‍याउन मुस्किल

कोरोना सङ्क्रमणका कारण देशभर निषेधाज्ञा भइरहँदा अण्डाको माग धान्न मुस्किल पर्न थालेको छ । निषेधाज्ञामा घरमा बसेकाले उपयोग बढाएपछि उत्पादनले धान्न कठिन हुँदै गएको अनुमान गरिएको छ । आफ्नै उत्पादन र सङ्कलन गरेर देशैभर अण्डा बिक्री गर्दै आएको दाउन्ने ग्रुप अफ पोल्ट्रीका कार्यकारी निर्देशक विनोद पोख्रेल मागअनुसार अण्डा पु¥याउन कठिन भएको बताउनुहुन्छ । दैनिक एक लाख ३८ हजार गोटा आफ्नै उत्पादन र त्यति नै सङ्ख्यामा कृषकको अण्डा सङ्कलन गरेर दाउन्नेले देशभर बिक्री गर्दै आएको छ । देशकै सबैभन्दा ठूलो सञ्जालसहितको सप्लायर्स दाउन्ने भएको जानकारी दिँदै उहाँले आफूले पालो मिलाएर मात्र अण्डा दिन सकेको बताउनुभयो ।

सम्बन्धित सामग्री

आधा नै घट्यो अण्डा उत्पादन

कोरोना संकट र रुस युक्रेन युद्धपछि सुरु भएको आर्थिक मन्दीका कारण कुखुराको अण्डा उत्पादन व्यवसाय खस्कँदै गएको छ । २७ औं विश्व अण्डा दिवस मनाउन जुटिरहेका अण्डा उत्पादक व्यवसायीहरु लागतअनुसार मूल्य नपाएको गुनासो गर्छन् । उनीहरुका अनुसार उत्पादन सरदर आधा नै घटिसकेको छ ।

ओमिक्रोनले सस्त्यायो कुखुराको मासु र अण्डा

कोरोना महामारीको तेस्रो लहर निम्त्याएको ‘ओमिक्रोन’बाट नेपालको पोल्ट्री व्यवसाय पनि प्रभावित बनेको छ । सङ्क्रमण तीव्र फैलिएपछि कुखुराको मासु र अण्डा खपत ५० प्रतिशत घटिसकेको छ । अण्डा र मासु अत्यधिक खपत हुने होटल तथा रेस्टुराँमा उपभोक्ता नजाँदा खपत र मूल्य दुवै घटेको हो ।सङ्क्रमण रोकथाम गर्न हाल जिल्ला प्रशासन कार्यालयह...

कोरोना प्रभावितलाई मुक्त हलिया समाजको राहत

कञ्चनपुर : कञ्चनपुरका कोरोना प्रभावित विपन्न परिवारलाई राष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपालले राहत वितरण गर्दै आएको छ।महासंघले आइतवार कृष्णपुर नगरपालिकाका ३५ र शुक्लाफाँटा नगरपालिकाका ३५ गरी ७० परिवारलाई घरमै पुगेर खाद्यान्न वितरण गरेको हो। मन्सुली चामल २५ किलो, मासको दाल पाँच किलो, आयोडिन नुन तीन किलो, सोयाबिन तीन किलो, चिनी तीन किलो, खाने तेल पाँच लिटर र अण्डा एक क्यारेट वितरण गरिएको महासंघका अध्यक्ष ईश्वर सुनारले जानकारी दिए। एक जनालाई पाँच हजार ८५ रुपैयाँ बरावरको राहत वितरण गरिए

रसुवामा रेन्बो ट्राउट माछाका ४० हजार भुरा बिक्री

रसुवा – रसुवामा एक वर्षमा रेन्बो ट्राउट माछाका ४० हजार भुरा बिक्री भएका छन् । रेन्बो ट्राउट मत्स्य अनुसन्धान केन्द्रले अण्डा तथा भुरा उत्पादन गरेर विभिन्न जिल्लामा पठाउने गरेको छ । आर्थिक वर्ष २०७७/७८ मा केन्द्रले पालन तथा प्रविधि विस्तारका लागि रेन्बो ट्राउट माछाको अण्डा ७४ हजार र ४० हजार वटा भुरा बिक्री गरेको हो । केन्द्रले रसुवा, नुवाकोट, काठमाण्डौ, ललितपुर, भक्तपुर, धादिङ र चितवनमा बिक्रि गरेको हो । कोरोना महामारीका कारण किसानहरू केन्द्रमा आउन नसकेका र केन्द्रबाट किसानको फर्ममा जान कठिन हुँदा लक्ष्यको तुलना...

अण्डाको माग बढ्दो, उत्पादन १५ प्रतिशतले गिरावट

काठमाण्डाै - अहिले अण्डाको माग बढ्दो छ । तर मागअनुसारको उत्पादन नहुँदा माग धान्न कठिनाइ भएको छ।अहिले दैनिक २५ देखि ३० लाख वटा अण्डा उत्पादन हुने गरेको छ भने माग ३५ देखि ४० लाख वटासम्म रहेको छ । कोरोना सङ्क्रमणका बेला रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि अण्डाको उपभोग बढेकाले पनि माग बढ्दै गएको नेपाल अण्डा उत्पादक सङ्घले जनाएको छ । तर, रानीखेत र गर्मीमा लाग्ने रोगका कारण अण्डा उत्पादनमा भने कमी आएको छ ।नेपाल अण्डा उत्पादक सङ्घका अध्यक्ष शिवराम केसीका अनुसार अघिल्लो वर्ष ३५ देखि ४० लाख वटा अण्डा उत्पादन हुने गरेकोमा अह...

मागअनुसार अण्डा पुर्‍याउन कठिन

चितवन । पछिल्लो समय अण्डाको माग बढेपछि उत्पादनले धान्न नसक्ने अवस्था आएको छ । निषेधाज्ञामा घरमा बसेकाहरूले उपभोग बढाएपछि माग पुर्‍याउन कठिन हुँदै गएको व्यवसायीले बताएका छन् । आफ्नै उत्पादन र संकलन गरेर देशैभर अण्डा विक्री गर्दै आएको दाउन्ने ग्रूप अफ पोल्ट्रीका कार्यकारी निर्देशक विनोद पोख्रेल मागअनुसार अण्डा पुर्‍याउन नसकिएको बताउँछन् । कम्पनीले दैनिक एक लाख ३८ हजार गोटा आफ्नै उत्पादन र त्यति नै संख्यामा कृषकबाट अण्डा संकलन गरेर देशभर विक्री गर्दै आएको छ । ‘विक्रेताले मागेकै दिन अण्डा दिन सक्ने अवस्था छैन,’ उनले भने । निषेधाज्ञामा घरमा रहेकाहरूले अण्डाको उपयोग बढाएको पाइएको उनले बताए । पहिलेको तुलनामा उत्पादन घटेको र माग बढेको छ । बीचका केही महीना उत्पादन निकै घटेको भए पनि अहिले बढ्दो क्रममा रहेको तर माग धान्न नसकिएको उनको भनाइ छ । अण्डा उत्पादक कृषक मदन पोख्रेल कोरोनाको संक्रमणका बेला रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोगी हुने भएकाले उपभोग बढेको बताउँछन् । आफूलाई विभिन्न जिल्लाबाट अण्डाको माग आउने गरेको उनको भनाइ छ । अण्डाको मूल्य पहिलेको तुलनामा बढेको भए पनि दानाको कच्चापदार्थको मूल्यवृद्धिका कारण कृषक लाभान्वित हुन नसकेको उनले बताए । वरिष्ठ फिजिसियन डा. भोजराज अधिकारी कोरोना संक्रमणको समयमा शरीरमा चाहिने पोषणको पूर्ण मात्रा (कम्प्लिट प्याकेज) अण्डामा पाइने बताउँछन् । एशियाली मुलुकमा खाइने खानामा कार्बोहाइड्रेट बढी हुने भन्दै उनले अण्डा प्रोटिनको राम्रो स्रोत भएकाले यसको खपत बढेको हुन सक्ने बताए । शरीरले नबनाउने र बाहिरबाट लिनुपर्ने आवश्यक एमिनो एसिडका नौओटै तत्त्व अण्डामा पाइने भरतपुर अस्पतालका अध्यक्ष समेत रहेका अधिकारीले जानकारी दिए । नेपाल अण्डा उत्पादक संघका अनुसार हाल दैनिक २८ लाख हाराहारी अण्डा उत्पादन हुन्छ । यो संख्या घटेर २४ लाखमा झरेको थियो । पहिले बढेको समयमा ३५ लाख पुगेको संघले बताएको छ । संघका अध्यक्ष शिवराम केसीले पानी परेर गर्मी घटेपछि अण्डा उत्पादन बढेको बताए । घरमा बसेकाहरूले सुरक्षित पौष्टिक आहारका रूपमा अण्डाको  उपभोग बढाएको उनको भनाइ छ । निषेधाज्ञामा देशभर अण्डाको ढुवानीमा रोकतोक नभएकाले आपूर्ति सहज छ । अण्डाको माग बढेसँगै मूल्यमा पनि वृद्धि भएको छ । हाल फार्ममा प्रतिक्रेट (३० ओटा) ठूलो अण्डाको मूल्य ३७० रुपैयाँ पर्दछ । मध्यमको मूल्य ३५५ रुपैयाँ रहेको छ । देशभर लेयर्स कुखुरा पाल्ने कृषक २ हजार ८०० हाराहारीमा छन् । यसबाट प्रत्यक्ष र अप्रत्यक्ष रूपमा ७५ हजारले रोजगारी पाएको केसीले बताए । नेपालमा पोल्ट्री क्षेत्रमा करीब १ खर्ब ५० अर्ब रुपैयाँ लगानी भएको जानकारी उनले दिए । रासस

उपभोग बढेपछि मागअनुसार बजारमा अण्डा पुर्‍याउन मुस्किल

जेठ १७, चितवन । कोरोना संक्रमणका कारण देशभर निषेधाज्ञा भइरहँदा अण्डाको माग धान्न मुस्किल पर्न थालेको छ । निषेधाज्ञामा घरमा बसेकाले उपयोग बढाएपछि उत्पादनले धान्न कठिन हुँदै गएको अनुमान गरिएको छ । आफ्नै उत्पादन र सङ्कलन गरेर देशैभर अण्डा विक्री गर्दै आएको दाउन्ने ग्रुप अफ पोल्ट्रीका कार्यकारी निर्देशक विनोद पोख्रेल मागअनुसार अण्डा पुर्‍याउन कठिन भएको बताउँछन् । उक्त कम्पनीले दैनिक १ लाख ३८ हजार गोटा आफ्नै उत्पादन र त्यति नै संख्यामा कृषकको अण्डा संकलन गरेर दाउन्नेले देशभर विक्री गर्दै आएको छ । देशकै सबैभन्दा ठूलो सञ्जालसहितको सप्लायर्स दाउन्ने भएको जानकारी दिंदै उनले आफूले पालो मिलाएर मात्र अण्डा दिन सकेको बताए ।      माग बढेकै कारण उत्पादनले पुर्‍याउन कठिन भएको व्यवसायी बताउँछन् । निषेधाज्ञामा घरमा रहेकाहरुले अण्डाको उपयोग बढाएको पाइएको छ । पहिलेको तुलनामा उत्पादन घटेको र माग बढेको छ । बीचका केही महीना उत्पादन निकै घटेको भए पनि अहिले बढ्दो क्रममा रहेको छ । यद्यपि पहिलेको तुलनामा पुग्न सकेको छैन ।             अण्डा उत्पादक कृषक मदन पोख्रेल कोरोनाको संक्रमणका बेला रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागिसमेत सहयोगी हुने भएकाले उपभोग बढेको बताउँछन् । अण्डाको मूल्य पहिलेको तुलनामा बढेको भए पनि दानाको कच्चापदार्थमा भारी वृद्धिका कारण कृषक लाभान्वित हुन नसकेको उनले जानकारी दिए ।             वरिष्ठ फिजिसियन डा भोजराज अधिकारी कोरोना संक्रमणको समयमा शरीरमा चाहिने पोषणको पूर्ण मात्रा (कम्प्लिट प्याकेज) अण्डामा पाइने बताउँछन्। एशियाका देशमा खाने खानामा कार्बोहाइडे«ट बढी हुने भन्दै उनले अण्डामा कम हुने र प्रोटिनको राम्रो स्रोत भएकाले यसको खपत बढेको हुन सक्ने बताए ।         कृषकको भनाइमा हाल दैनिक २८ लाख हाराहारी अण्डा उत्पादन हुन्छ । यो संख् घटेरया २४ लाखमा झरेको थियो । पहिले बढेको समयमा ३५ लाख पुगेको नेपाल अण्डा उत्पादक संघले बताएको छ ।             संघका अध्यक्ष शिवराम केसीले पानी परेर गर्मी घटेपछि अण्डा बढेको जानकारी दिए। घरमा बसेकाहरुले सुरक्षित पौष्टिक आहारका रुपमा अण्डालाई लिएको उनको भनाइ छ । निषेधाज्ञामा देशभर अण्डा रोकटोक नभएकाले सबैले अण्डा पाउन सकेका छन् ।         माग बढेसँगै मूल्यमा पनि वृद्धि भएको छ । हाल फार्ममा प्रतिक्रेट (३० ओटा) ठूलो अण्डाको मूल्य ३७०  रुपैयाँ पर्दछ । मध्यमको मूल्य ३५५ रुपैयाँ रहेको छ । देशभरमा लेयर्स कुखुरा पाल्ने कृषकको संंख्या २ हजार ८०० हाराहारीमा छन् । उनीहरुबाट प्रत्यक्ष र अप्रत्यक्ष रुपमा ७५ हजार हाराहारीले रोजगारी पाएको केसी बताउँछन्। नेपालमा पोल्ट्री क्षेत्रमा १ खर्ब ५० अर्ब रुपैयाँ हाराहारी लगानी भएको भन्दै उनले त्यसको २५ प्रतिशत लेयर्स फार्मिङमा भएको जानकारी दिए।             नेपाल कुखुराजन्य पदार्थमा आत्मनिभर रहेको छ । साना किसानदेखि एउटै व्यावसायिक समूहले २ लाखसम्म कुखुरा पालेको केसीले बताए ।  रासस

संक्रमितलाई दिनहुँ अण्डा र मासु

हेटौंडा, (नेस) । मकवानपुर कुखुरा व्यवसायी संघले मकवानपुरका सबै आइसोलेसनमा रहेका संक्रमितलाई एक महिनासम्म हप्ताको दुई दिन मासु र दैनिक अण्डा उपलब्ध गराउन शुरू गरेको छ । दोस्रो चरणको कोरोना भाइरस संक्रमणका कारण आइसोलेसनमा रहेका संक्रमितहरूलाई पोषणतत्वको परिपूर्तिका लागि प्रतिव्यक्ति दैनिक दुईवटा अण्डा र हरेक शनिबार र बुधबार मासु उपलब्ध गराइने मकवानपुर कुखुरा व्यवसायी संघ […]

संक्रमितलाई नगरपालिकाको कोशेली

सुर्खेतको भेरीगंगा नगरपालिकाले कोरोना संक्रमितको घरमै पुगेर पौष्टिक आहार र स्वास्थ्य सामग्रीहरु वितरण गर्ने अभियानको सुरुवात गरेको छ । कोरोना संक्रमण भएर होम आइसोलेसनमा रहेका संक्रमितहरुलाई नगरपालिकाले अण्डा, सेनिनिटाइजर, मास्कलगायतको कोशेली उपलब्ध गराउन ...

अनौठो नियम : कोरोनाको सुई लगाउनेलाई अण्डा उपहार

चीनबाट सन् २०१९ को डिसेम्बरमा सुरु भएको कोरोना भाइरस महामारीले विश्वलाई अझैपनि आक्रान्त बनाइरहेको छ । तर चीन स्वयंले भने कोभिड १९ लाई सबैभन्दा पहिले नियन्त्रणमा लिइसकेको छ । यद्यपि, अहिले चीनमा कोरोना संक्रमणको समस्या खासै नभएपनि यसैसँग सम्बन्धित फरक खालको समस्या खडा भएको छ । चीनमा मानिसहरु कोरोना भाइरस विरुद्धको भ्याक्सिन लगाउन डराइरहेका छन् […]