आधा नै घट्यो अण्डा उत्पादन

कोरोना संकट र रुस युक्रेन युद्धपछि सुरु भएको आर्थिक मन्दीका कारण कुखुराको अण्डा उत्पादन व्यवसाय खस्कँदै गएको छ । २७ औं विश्व अण्डा दिवस मनाउन जुटिरहेका अण्डा उत्पादक व्यवसायीहरु लागतअनुसार मूल्य नपाएको गुनासो गर्छन् । उनीहरुका अनुसार उत्पादन सरदर आधा नै घटिसकेको छ ।