काभ्रे : जिल्लाको धुलिखेल नगरपालिका–४ अट्ठाइसकिलोस्थित चाउमिन फ्याक्ट्रीमा आगलागी हुँदा २ करोडभन्दा बढी क्षति भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायव उपरीक्षक ढुण्डीराज न्यौपानेले आगलागीबाट २ करोड २५ लाख बराबरको क्षति भएको जानकारी दिए।डिएसपी न्यौपानेका अनुसार शम्भु कार्कीको चारतले पक्की घरमा सञ्चालनमा रहेको चाउमिन फ्याक्ट्रीमा चाउमिन पकाउने क्रममा ग्याँसबाट अचानक आगलागी भएको हो। आगलागीबाट चाउचाउ बनाउने मेसिन १५ थान, चाउचाउ बनाउने सामग्री, लत्ता कपडा तथा अन्य सरसामान ज