भक्तपुर नगरपालिकाको आयोजनामा बिहीबारदेखि भक्तपुर नगरव्यापी विद्यालयस्तरीय राष्ट्रपति कप खेलकुद प्रतियोगिता सुरु भएको छ ।प्रतियोगिताको उद्घाटन नगर प्रमुख सुनिल प्रजापतिले गरे । कार्यक्रममा उनले भक्तपुरको खानेपानीको मुख्य आधार नगकोट खानेपानी मुहानमा खेल मैदानको नाममा पानीको स्रोतमाथि गरेको दोहनप्रति दुःख व्यक्त गरे । नगरकोटको भंगेरीडाँंडामा पानीको श्रोत सुक्ने गरी खेल मैदान बनाएको भन्दै उनले त्यसको विरोध जनाए ।प्रतियोगिता असार १६, १७ र १८ गरी तीनदिनसम्म हुनेछ । प्रतियोगितामा कबड्डी, एथ्लेटिक्स, भल