काभ्रे : जिल्लाको खानीखोला गाउँपालिकाले ‘दोस्रो खानीखोला कप खेलकुद प्रतियोगिता’ आयोजना गर्ने भएको छ। गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङले कात्तिक २२ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा फुटबल र भलिबल समावेश गरिएको जानकारी दिए।अध्यक्ष थिङका अनुसार गाउँपालिकाको खेलकुद विकास समितिका आयोजनामा ‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ मूल नारालाई आत्मसात गर्दै खेलकुद प्रतियोगिता आयोजना गर्न लागेको हो। उनले दोस्रो खानीखोला कप वडास्तरीय हुने बताए। खा