राष्ट्रपति विद्यादेवी भण्डारीले मकर संक्रान्ति तथा माघी पर्वको अवसरमा शुभकामना तथा जलपान कार्यक्रमको आयोजना गरेकी छन्। राष्ट्रपतिको कार्यालय शीतलनिवासमा सोमबार आयोजित सो कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली, उपप्रधानमन्त्रीहरू, मन्त्रीगण, पूर्व उपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वमन्त्रिपरिषद्का अध्यक्ष लगायतको सहभागिता थियो।