विकास खर्च बढाउन जनशक्ति आवश्यक

जुम्ला-कर्णाली प्रदेश सरकारले विकास खर्च लक्ष्य अनुसार हुनुको प्रमुख कारण मध्य एक जनशक्ति अभाव हो ।भौगोलिक विकटता, नीति निर्देशन कार्यविधिको अभाव, मौसम प्रतिकुलतासँगै मुख्यतयः जनशक्ति अभावकै कारणले कर्णालीको पुँजीगत खर्च लक्ष्य अनुसार नभएको पाइएको छ । कर्णालीका मन्त्रालय, ७९ वटै स्थानीय तह तथा विषयगत कार्यालय गरी झण्डै ८ सय भन्दा बढी कर्मचारीको दरबन्दी रिक्त रहेको […]

सम्बन्धित सामग्री

दुई दशकपछि सेवाक्षेत्रमा करोड जनशक्ति आवश्यक

काठमाडौं। दुई दशकपछि मुलुकको सेवाक्षेत्रमा मात्रै १ करोड जनशक्ति आवश्यक पर्ने सरकारले प्रक्षेपण गरेको छ । शिक्षा मन्त्रालयले गरेको जनशक्ति प्रक्षेपणसम्बन्धी अध्ययनले २ दशकपछि सेवाक्षेत्रमा ठूलो जनशक्ति आवश्यक पर्ने देखाएको हो ।  प्रक्षेपण अनुसार २०९० सालमा सेवा क्षेत्रमा ८४ लाख १३ हजार ८ सय ९८ र २१०० सालमा १ करोड ३ लाख १ सय १ जनशक्ति लाग्ने अनुमान छ । २०८० सालको अन्त्यसम्ममा सेवा क्षेत्रमा ४५ लाख ७४ हजार ६ सय ९३ जनशक्ति आवश्यक पर्ने अनुमान गरिएको छ । अहिले उक्त नीति कार्यान्वयनमा ल्याउन घनीभूत छलफल भइरहेको बताइएको छ । सरकारले जारी गरेको राष्ट्रिय जनशक्ति नीतिले हाल जनशक्ति उत्पादन, विकास, वितरण र उपयोगका क्षेत्र सुनिश्चित नुहनु, क्षेत्रगत जनशक्तिको वैज्ञानिक प्रक्षेपण नहुनु, उत्पादित जनशक्तिको माग र आपूर्तिबीच तालमेल नुहनु, विषय क्षेत्रगत जनशक्ति विकास, उपयोग र प्रक्षेपणजस्ता कार्य सञ्चालन तथा समन्वय गर्ने एकीकृत संयन्त्र अभावजस्ता समस्या औंल्याएको छ । मुलुकको सन्तुलित तथा दिगो विकासका लागि आवश्यक जनशक्तिको माग र आपूर्तिबीच समन्वय तथा जनसांख्यिक लाभका आधारमा प्राविधिक, व्यावसायिक, वैज्ञानिक तथा व्यवस्थापकीय ज्ञान, शीप र प्रविधियुक्त मानवपूँजी निर्माण गरी हरेक क्षेत्रको पहिचान गरी एकीकृत राष्ट्रिय जनशक्ति विकासका लागि उक्त नीति आवश्यक भएको बताइएको छ । संघ, प्रदेश र स्थानीय तहमा रोजगारीको विषय तथा कार्यक्षेत्रको पहिचान गर्न विषयगत मन्त्रालय र निजीक्षेत्रको सहभागितामा जनशक्ति विकास आयोग वा समिति गठन गरिने, तालीमसम्बन्धी मापदण्ड तर्जुमा तथा संरचना निर्माण गरिने, स्वरोजगारी र रोजगारीको विषयलाई प्रक्षेपण गरिनेलगायत कुरालाई कार्यनीतिका रूपमा कार्यान्वयन गरिने बताइएको छ ।  शिक्षा मन्त्रालयका उपसचिव अर्जुन श्रेष्ठले यो नीतिमा विभिन्न क्षेत्रको प्रक्षेपण गरिएको र जनशक्तिलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने पाटोलाई समेटिएको बताए । उनका अनुसार यो मस्यौदा प्रदेश र स्थानीय तहमा पनि पठाउने तयारी भएको छ ।

मानवपूँजी विकास गर्न राष्ट्रिय जनशक्ति विकास नीति ल्याइँदै

राज्यलाई आवश्यक विषय तथा क्षेत्रगत जनशक्तिको पहिचान तथा प्रक्षेपणको आधारमा राष्ट्रिय तथा विश्वस्तरीय प्रतिस्पर्धी मावनपूँजी विकास गर्ने लक्ष्यसहित सरकारले राष्ट्रिय जनशक्ति विकास नीति २०७९ ल्याउने तयारी गरेको छ।...

मानवपूँजी विकास गर्न राष्ट्रिय जनशक्ति विकास नीति ल्याइँदै

राज्यलाई आवश्यक विषय तथा क्षेत्रगत जनशक्तिको पहिचान तथा प्रक्षेपणको आधारमा राष्ट्रिय तथा विश्वस्तरीय प्रतिस्पर्धी मावनपूँजी विकास गर्ने लक्ष्यसहित सरकारले राष्ट्रिय जनशक्ति विकास नीति २०७९ ल्याउने तयारी गरेको छ।...

‘उद्यमका लागि आवश्यक जनशक्ति उत्पादनमा विश्वविद्यालय असफल’

काठमाडौं (अस) । नेपाली विश्वविद्यालयले उद्यमका लागि आवश्यक जनशक्ति उत्पादन गर्न नसकेको उद्यमी तथा सरोकारवालाले बताएका छन् । उद्यम तथा प्राज्ञिक क्षेत्रबीच आवश्यक सहकार्य र संवाद नहुँदा विश्वविद्यालय दक्ष जनशक्ति उत्पादन गर्न चुकेको सरोकारवालाले बताएका हुन् । विश्वविद्यालयले उत्पादन गर्न नसक्दा व्यवसायले आफूले चाहेको जनशक्ति नपाएको अवस्था रहेको उनीहरूको भनाइ छ । जनमैत्री बहुमुखी क्याम्पसले विश्वविद्यालय अनुदान आयोग (यूजीसी)को सहयोगमा आइतवार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव, दीपक काफ्लेले विद्यार्थीहरूलाई बजारमा पठाउनुअघि आधारभूत व्यावसायिक तथा प्राविधिक ज्ञान दिनु जरुरी रहेको बताए । उनले विश्वविद्यालयले विद्यार्थीलाई प्रविधिमैत्री र रोजगारमुखी शिक्षा दिई प्रतिस्पर्धी बनाउन आवश्यक रहेकोमा जोड दिए । शिक्षाविद् प्राडा विद्यानाथ कोइरालाले विकसित देशमा उद्योग र विश्वविद्यालय सँगै बसेर कोर्स डिजाइन गरिने भएकाले विद्यार्थीहरू बजारमा सहजै बिक्ने, तर नेपालमा भने त्यस्तो सहकार्यको अभावमा उच्च शैक्षिक संस्थाहरू प्रतिस्पर्धी जनशक्ति उत्पादनमा असफल भएको बताए । ‘त्यस्तो संस्कृति यहाँ पनि अपनाउनुपर्ने देखिन्छ,’ उनले भने । पर्यटन उद्यमी तथा प्यासिफिक एशिया ट्राभल एशोसिएशनका पूर्वसचिव वसन्तराज मिश्रले विश्वविद्यालयहरूलाई अन्तरराष्ट्रिय अभ्यास हेरेर आफ्ना पाठ्यक्रम परिमार्जन गर्न सुझाए । ‘कोरोना महामारीपछि उपभोक्ता संरक्षण कानूनहरूको महत्त्व निकै बढेको छ, त्यस्ता विषयमा हामीले ध्यान दिनुपर्छ,’ उनले भने । साथै स्वरोजगारमूलक शिक्षाको महत्त्व झन् बढेको, तर विश्वविद्यालयहरूले त्यसलाई सम्बोधन गर्न नसकेको उनले बताए । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफस्कुन)का अध्यक्ष  परितोष पौड्यालले डिजिटल प्रविधिको तीव्र विकासले प्राज्ञिक क्षेत्र र उद्योगबीचको खाडल झनै बढाएको बताए । कोलम्बो प्लान स्टाफ कलेज, मनिला (फिलिपिन्स)का पूर्वमहानिर्देशक डा. रामहरि लामिछानेले गुरुकुल र आधुनिक शिक्षाका राम्रा अभ्यासको मिश्रण गरेर प्रभावकारी शिक्षण पद्धतिको विकास गरिनुपर्ने बताए । विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष डा. भीमप्रसाद सुवेदीले हरेक वर्ष ९० हजारको हाराहारीमा नेपाली विद्यार्थीहरू विदेशका विश्वविद्यालयमा पुगिरहेको भन्दै गुणस्तरीय शिक्षा र तालीमको सहायताले उनीहरूका लागि स्वदेशमै राम्रो आय गर्न सक्ने क्षमता विकास गर्नुपर्नेमा जोड दिए ।

भरतपुर अस्पतालमा सेवा थपिए तर जनशक्ति थपिएन

चितवन- सरकारले चार वर्षअघि अतिविशिष्ट सेवासहितको पाँच सय शय्याको केन्द्रीय अस्पताल बनाउने घोषणा गरेको भरतपुर अस्पतालमा सेवा थपिए पनि जनशक्ति भने थप हुन सकेको छैन ।  त्यसयता दुईपटक आवश्यक जनशक्तिका बारेमा अध्ययन गरिए पनि कार्यान्वयन गरिएको छैन । अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारी सरकारले घोषणा गरे पनि जनशक्ति व्यवस्थापनमा ध्यान दिन नसकेको बताए […]

चालीस वर्षपछि जडीबुटी कम्पनी नाफामा, सर्वसाधारणलाई शेयर बाँडिने

मानव संशाधन विनियमावली निर्माण गरी आवश्यक योग्य जनशक्ति आपूर्ति गर्न लागिएको छ। आवश्यक योग्य जनशक्ति पाएर विस्तार एवं विकास भएपछि कम्पनीले वार्षिक रु एक अर्ब बराबर कारोबार गर्ने लक्ष्य राखेको छ।

जनशक्ति विकास कसरी गर्ने ?

योजनाबद्ध जनशक्ति विकास केका लागि ?  जनशक्ति विकास भन्नु नै मानव संशाधन दक्षता अभिवृद्धि गर्न हो । जनशक्ति प्रक्षेपणले आवश्यक श्रमशक्तिको अनुमान गर्दछ । कुनै पनि देश तथा समाजको सुव्यस्थित सञ्चालनका लागि हरेक विषय क्षेत्रका मानवीय क्षमता विकास हुनु अपरिहार्य सर्त हुन्छ । यसर्थ जनशक्ति उत्पादन, विकास र वैज्ञानिक प्रक्षेपणको मुद्दासित…

जनशक्ति विकास कसरी गर्ने ?

योजनाबद्ध जनशक्ति विकास केका लागि ?  जनशक्ति विकास भन्नु नै मानव संशाधन दक्षता अभिवृद्धि गर्न हो । जनशक्ति प्रक्षेपणले आवश्यक श्रमशक्तिको अनुमान गर्दछ । कुनै पनि देश तथा समाजको सुव्यस्थित सञ्चालनका लागि हरेक विषय क्षेत्रका मानवीय क्षमता विकास हुनु अपरिहार्य सर्त हुन्छ । यसर्थ जनशक्ति उत्पादन, विकास र वैज्ञानिक प्रक्षेपणको मुद्दासित…

जनशक्ति विकास कसरी गर्ने ?

योजनाबद्ध जनशक्ति विकास केका लागि ?  जनशक्ति विकास भन्नु नै मानव संशाधन दक्षता अभिवृद्धि गर्न हो । जनशक्ति प्रक्षेपणले आवश्यक श्रमशक्तिको अनुमान गर्दछ । कुनै पनि देश तथा समाजको सुव्यस्थित सञ्चालनका लागि हरेक विषय क्षेत्रका मानवीय क्षमता विकास हुनु अपरिहार्य सर्त हुन्छ । यसर्थ जनशक्ति उत्पादन, विकास र वैज्ञानिक प्रक्षेपणको मुद्दासित…

उद्योग संगठन मोरङमा सीप विकास इकाई स्थापना

औद्योगिक क्षेत्रमा आवश्यक दक्ष जनशक्तिको मागलाई सम्बोधन गर्न उद्योग संगठन मोरङले सीप विकास इकाई सञ्चालनमा ल्याएको छ । उद्योगलाई आवश्यक दक्ष जनशक्ति र बजारमा उपलब्ध जनशक्तिबीच रहेको भिन्नता ‘मिसम्याच’ का कारण उद्योग व्यवसायले भोग्दै आएको दक्ष जनशक्ति अभावको समस्यालाई सम्बोधन गर्न तालिम प्रदायक संस्था र उद्योगबीच समन्वय गरी दक्ष जनशक्तिको उपलब्धतालाई सहजीकरण गर्ने उद्देश्यले संगठनमा […]