अष्ट्रेलियाले कोभिड–१९ को लकडाउन प्रभावकारी कार्यान्वयनका लागि सिड्नीमा सयौंको सङ्ख्यामा सेना परिचालन गर्ने भएको छ । गत जुन महिनामा कोभिड १९ को डेल्टा स्वरुपको सङ्क्रमण फैलिन सुरु भए यता हालसम्म तीन हजार सङ्क्रमित भएका छन् । नौ जनाको मृत्यु भएको छ ।
अष्ट्रेलियाले सोमबार सेना परिचालन गर्नेछ । त्यसअघि सेनालाई आवश्यक प्रशिक्षण दिइनेछ । सिड्नीमा अगष्ट २८ सम्म लकडाउन लम्ब्याइएको छ । शुक्रबार मात्रै सिड्नीमा १७० जना सङ्क्रमित थपिएका छन् । सेनाले प्रहरीसँग लकडाउन गरिएको १० किलोमिटर क्षेत्रको हटस्पटमा मापदण्ड पालना गराउन घुम्नेछन् ।
काठमाण्डाै – अस्ट्रेलिया सरकारले थप गरिएको लकडाउन कार्यान्वयनका लागि सयौँको सङ्ख्यामा सेना परिचालन गरेको छ ।
गएको जुन महिनामा फैलिन सुरु भएको डेल्टा भेरियन्टबाट झन्डै तीन हजार जना सङ्क्रमित भएका छन् भने नौ जनाको ज्यान गएको छ ।
तर लकडाउन कार्यान्वयन गराउनका लागि सैन्य हस्तक्षेपबारे प्रश्न उठेको छ । धेरै मानिसलाई त्यसलाई आवश्यक मानेका छैनन् ।
कम्तीमा अगस्ट २८ तारिखसम्म लगाइने लकडाउनमा मानिसहरू आवश्यक व्यायाम, किनमेल, हेरचाहका लागि वा अन्य कारणबाहेक घरबाट निस्कन पाउने छैनन् ।
अस्ट्रेलियन डिफेन्...
सिड्नी । अष्ट्रेलियाको सिड्नीमा लकडाउन पालना गराउन सेना परिचालन गरिएको छ । गत महिनादेखि जारी रहेको लकडाउन एक महिनाका लागि थपिएसँगै सयौंको संख्यामा सेना परिचालन गरिएको हो ।
काठमाडौँ अस्ट्रेलियाको सिड्नीमा लकडाउन पालना गराउन सेना परिचालन गरिएको छ । सिड्नीमा गत महिनादेखि जारी रहेको लकडाउन थप एक महिनाका लागि थप गरिएसँगै लकडाउन पालना गराउन सयौँको सङ्ख्यामा सेना परिचालन गरिएको हो । गत जुन महिनामा डेल्टा भेरियन्टसहितको सङ्क्रमण बढ्न थालेको थियो । त्यसयता अहिलेसम्म तीन हजार सङ्क्रमित फेला परिसकेका छन् भने नौ जनाको मृत्यु […]
एजेन्सी । बंगलादेशमा कोरोना संक्रमण नियन्त्रणका लागि जारी गरिएको लकडाउनमा सर्वसाधारणले अटेर गरेपछी सेना परिचालन गरिएको छ । कोरोना संक्रमण बृद्धिदर उच्च हुँदै गएपछी बंगलादेशमा गत दुइदिन अघि एक साताका लागि लकडाउन घोषणा गरिएको हो । सर्वसाधारणले अटेर गरेपछी सेना परिचालन गर्ने क्रममा सेनाले लकडाउन उलंघन गर्ने २ सय भन्दा बढीलाइ पक्राउ गरि कारबाही प्रक्रिया […]
१७ असार, काठमाडौं । बंगलादेशमा कोरोना भाइरस (कोभिड–१९)को महामारी नियन्त्रणका लागि लगाइएको लकडाउन पालना गराउन सेना परिचालन गरिएको छ । सरकारले प्रहरी र सेनालाई अत्यावश्यक काम भएका मानिसहरुबाहेक अरुलाई घर बाहिर निस्किन नदिन निर्देशन दिएको …
जेठ २, सुनसरी । दोस्रो लहरको नयाँ भेरियन्ट सहितको कोरोना संक्रमणको दर काठमाडौं पछि प्रदेश १ दोस्रो जोखिमको रूपमा रहेपछि जारी गरिएको निषेधाज्ञालाई जेठ १ गतेबाट कडाइका साथ लागू गरिएको छ ।
प्रदेश १ को तीन ओटा जिल्लामा संक्रमण बढेसँगै मृत्युदर दोब्बर देखिएपछि सावधानी अपनाउदै तीन ओटै जिल्लाका प्रसाशन कार्यालयहरूले निषेधाज्ञालाई कडाइका साथ पालना गराउन मातहतका सुरक्षाकर्मीहरूलाई निर्देशन दिएको छ ।
हालै बसेको प्रदेश १ सुरक्षा समितिले सुनसरी, मोरङ र झापामा कडाइका साथ निषेधाज्ञालाई पालना गराउने निर्णय गर्दै निर्णयको कार्यान्वयन थालनी भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले बताए ।
प्रदेश १ आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजनामा बसेको सुरक्षा समितिको बैठकमा तीनओटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख र नेपाली सेनाका मेजर, सहायक मेजर लगायतको उपस्थिति रहेको थियो ।
मुख्यतयः सुनसरीमा अट्टेरीपन बढेको र त्यसलाई तत्काल नियन्त्रण गर्न आक्रामक योजना सहित प्रशासन कठोर बनिने निर्णय भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी ढकालले बताए ।
ढकालले अब पनि जो कोहीले निषेधाज्ञा आदेशलाई उल्लंघन गरेको पाइएमा संक्रामक रोग ऐन, २०२० अन्तर्गत भए गरेको कसुरमा १ महीनासम्म कैद वा १०० रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने बताए । ऐन अन्तर्गत काममा बाधा पुर्याउनेलाई ६ महीनासम्म कैद वा ६०० सम्म जरिवाना वा दुवै सजाय हुने जानकारी दिइएको छ ।
सुरक्षा संयन्त्रमा नेपाली सेनाले समेत सहजिकरण गरेको जानकारी दिइएको छ । सुनसरीमा यस अघिनै वैशाख ३१ गतेबाट कडाइका साथ निषेधाज्ञा पालना गराउने निर्णय बमोजिम स्थानीयस्तरमा नेपाली सेनाले पनि सघाउ पुर्याउने बताइएको छ ।
सुनसरीको धरान, इटहरी र इनरूवामा नेपाली सेनाले शनिवार बिहानैदेखि कोरोना संक्रमणबारे स्थानीयहरूलाइ सचेत गराउँदै माइकिङ तथा सुरक्षा सतर्कता अपनाउन आग्रह गर्दै आएको छ ।
सेना स्वयम राजमार्गमा निस्किएपछि प्रदेश १ का मुख्य जिल्लामा निषेधाज्ञा कडाइका साथ पालना भइरहेको पाइएको छ । मुख्य राजमार्ग सुनसान देखिएको छ भने बीना काम हिडडुल गर्ने स्थानीयहरूलाइ प्रहरीले बाटोबाटै फर्काउने गरेको छ ।
कोरोना भाइरसको नयाँ स्वरुपको संक्रमणले थलिएको बेलायतमा फेरि लकडाउन लगाइएको छ । प्रधानमन्त्री बोरिस जोनसनले टेलिभिजनमार्फत सम्बोधन गर्दै पुनः लकडाउनको घोषणा गरेका हुन् ।