लकडाउन प्रभावकारी बनाउन सिड्नीमा सेना परिचालन गरियो

अष्ट्रेलियाले कोभिड–१९ को लकडाउन प्रभावकारी कार्यान्वयनका लागि सिड्नीमा सयौंको सङ्ख्यामा सेना परिचालन गर्ने भएको छ । गत जुन महिनामा कोभिड १९ को डेल्टा स्वरुपको सङ्क्रमण फैलिन सुरु भए यता हालसम्म तीन हजार सङ्क्रमित भएका छन् । नौ जनाको मृत्यु भएको छ । अष्ट्रेलियाले सोमबार सेना परिचालन गर्नेछ । त्यसअघि सेनालाई आवश्यक प्रशिक्षण दिइनेछ । सिड्नीमा अगष्ट २८ सम्म लकडाउन लम्ब्याइएको छ । शुक्रबार मात्रै सिड्नीमा १७० जना सङ्क्रमित थपिएका छन् । सेनाले प्रहरीसँग लकडाउन गरिएको १० किलोमिटर क्षेत्रको हटस्पटमा मापदण्ड पालना गराउन घुम्नेछन् ।

सम्बन्धित सामग्री

लकडाउन प्रभावकारी बनाउन बागलुङमा सेना परिचालन

बागलुङ : सरकारले घोषणा गरेको लकडाउन पूर्ण रुपमा कार्यान्वयन गर्न सर्वसाधारणले अटेर गरेपछि यसलाई प्रभावकारी बनाउन बागलुङमा सेना परिचालन गरिएको छ। जिल्ला सुरक्षा समितिको बैठकपछि बागलुङका प्रमुख जिल्ला अधिकारी गैलोचन सैंजुले मंगलबार आदेश जारी गर्दै सेना परिचालन गरेका हुन्। आदेशमा निषेधाज्ञा जारी गरिएकाले त्यसल...