तनहुँमा माटोको ढिस्कोले पुरिएर दुई जनाको मृत्यु

काडमाडौं । तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीमा पहिरोमा माटोको ढिस्कोमा पुरिएका दुई जनाको मजदुरको मृत्यु भएको छ । पोखरा–मुग्लिन सडक विस्तार आयोजना अन्तर्गत गुणादीमा सडक छेउमा पर्खाल लगाउने क्रममा माथिबाट खसेको पहिरोमा पुरिएका तीन जना मजदुर मध्ये दुई जनाको मृत्यु भएको र एक जना घाइते भएको तनहुँ जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सोमबार साँझ पहिरोमा […]

सम्बन्धित सामग्री

माटोको ढिस्कोले पुरिएर रोल्पामा २ बालकको मृत्यु

काठमाडौं।माटोको ढिस्कोले पुरिएर रोल्पामा २ बालकको मृत्यु भएको छ।बैतडीमा जन्ममिति बढाएर वृद्धभत्ता लिनेलाई कारवाही हुने भएको छ।त्रिविको उपकुलपति कार्यालयमा ५ महिना पछि ताला खुलेको छ।सुनसरीमा जिपको ठक्करबाट १ जनाको मृत्यु हुदाँ ६ जना घाइते भएका छन् र बेलायतले युक्रेनलाई पुन सैन्य सहयोग उपलब्ध गराउने जनाएको छ।

संखुवासभामा ढिस्कोले पुरिएर दुई मजदुरको मृत्यु

संखुवासभाको चैनपुर नगरपालिका–१, नुनढाकीमा निर्माणाधीन सडकको ढिस्कोले पुरिएर दुई जनाको मृत्यु भएको छ । बुधबार बिहान करिब ११ बजे चैनपुर–गुफापोखरी सडक खण्डअन्तर्गत नुनढाकीको बिहीबारे क्षेत्रमा सडक स्तरोन्नती गर्ने क्रममा भित्तामा...

माटोको ढिस्कोले पुरिएर २ जनाको घटनास्थलमै मृत्यु

भक्तपुर : चाँगुनारायण नगरपालिका-९ ताथलीमा माटोको ढिस्कोले पुरिएर शुक्रबार २ जनाको मृत्यु भएको छ। ताथलीको नालाछापमा जग्गाा प्लटिङका लागि पर्खाल लगाउने क्रममा माटोको ढिस्कोले पुरिएर २ जनाको घटनास्थलमा नै मृत्यु भएको हो।मृत्यु हुनेमा काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका-९ घर भई ताथली बस्ने ३२ वर्षीय चतुरमान तामाङ र काभ्रेपलाञ्चोककै चौरी देउराली गाउँपालिका-३ घर भई ताथली बस्ने ५० वर्षीय वर्षमान तामाङ छन्।माटोले पुरिएका दुवै जनालाई स्थानीय बासिन्दा र प्रहरीले स्काभेटर प्रयोग निकालेको महानगरीय

प्लटिङको ढिस्कोले पुरिएर भक्तपुरमा २ जनाको मृत्यु

१८ चैत, काठमाडौं । भक्तपुरको ताथलीमा प्लटिङका लागि पर्खाल लगाउने क्रममा ढिस्कोले पुरिएर २ जनाको मृत्यु भएको छ । चाँगुनारायण नगरपालिका–९ ताथलीमा भिरालो जग्गामा पर्खाल लगाउने क्रममा शुक्रबार खसेको ढिस्कोले पुरिँदा काभ्रेको रोशी–५ का ५० वर्षीय वर्षमान तामाङ र चौरी देउरालीका ३२ वर्षीय चतुरमान तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

माटोको ढिस्कोले पुरिएर उदयपुरमा एकको मृत्यु

उदयपुर – नाला खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर उदयपुरमा एक जनाको मृत्यु भएको छ । उदयपुरको त्रियुगा नगरपालिका-१० बोक्सेस्थितमा नाला खन्ने क्रममा ५६ वर्षीय झर्कबहादुर सार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी बेदप्रसाद गौतमले जानकारी दिए । नाला खन्ने क्रममा माटोको ढिस्को झर्दा उनको शरीरका विभिन्न भागमा चोट लागेको थियो । गम्भीर घाइते […]

उदयपुरमा नाला खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर एकको मृत्यु

नाला खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर उदयपुरमा एक जनाको मृत्यु भएको छ । उदयपुरको त्रियुगा नगरपालिका १० बोक्सेस्थितमा नाला खन्ने क्रममा ५६ वर्षीय झर्कबहादुर सार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी बेदप्रसाद गौतमले जानकारी दिए ।नाला खन्ने क्रममा माटोको ढिस्को झर्दा उनको शरीरका विभिन्न भागमा चोट लागेको थियो ।  गम्भीर घाइते भएका सार्कीको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु प्रहरीले जनाएको छ।

माटोको ढिस्कोले पुरिएर आमा छोराको मृत्यु

बलेवा । बागलुङको निसीखोला गाउँपालिका–२ फलाँटेचौरमा माटोको ढिस्कोले पुरिएर दुई जनाको मृत्यु भएको छ । फलाँटेचौरमा घर पोत्ने माटो लिन पुगेका सोही वडास्थित रातमाटाका ३३ वर्षीया भवी कुवँर र उनका छोरा १४ वर्षका सुरेशको पुरिएर मृत्यु भएको वडाध्यक्ष कुविर विश्वकर्माले जानकारी दिए। घटना दिउँसो साढे दुई बजे भएको हो । मृत्यु हुने एकाघरका आमाछोरा रहेको […]

मूलपानीमा घरको जग खन्नेक्रममा माटोको ढिस्कोले पुरिएर एकको मृत्यु

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-६ मुलपानीमा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ।

वालुवाको ढिस्कोले पुरिएर दुई जनाको मृत्यु

न्युज अफ नेपाल, पाल्पा । पूर्वी पाल्पामा वालुवाको ढिस्कोले पुरिएर दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार पुर्बखोला गाउँपालिका वडा नं .४ छेबकुनमा रहेको बालुवा खानिमा काम गर्दै गर्दा ढिस्कोले पुरिएर दुइ युवतीको मृत्यु भएको हो । मृत्यु हुनेमा पुर्बखोला गाउपालिका ४ बलीपोखरा बस्ने बर्ष १३ की पबित्रा सारु र सोही […]

कैलालीमा माटोको ढिस्कोले पुरिएर ३ जनाको मृत्यु, २ घाइते

धनगढी । कैलालीको जानकी गाउँपालिका–९ खैरीफाँटास्थित कालिका सामुदायिक वन नजिकको जंगलमा माटोको ढिस्कोले पुरिएर तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा जानकी गाउँपालिका–९ खैरीफाँटाकी १७ वर्षीय धनसरी सवाल, सोही ठाउँकी २० वर्षीय भावना वड र ३० वर्षीया गंगादेवी जैगडा रहेका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । सवाल र वडको घटनास्थलमै र जैगडीको टीकापुर अस्पतालमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी प्रतीक विष्टले जानकारी दिनुभयो । माटोको ढिस्कोमा पुरिएर घाइते भएकी खैरीफाँटाकै १२ वर्षीया अन्जु जैगडीको टीकापुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घर पोत्ने माटो खन्ने क्रममा ढिस्को खस्दा उनीहरु पुरिएका थिए ।