कैलालीमा माटोको ढिस्कोले पुरिएर ३ जनाको मृत्यु, २ घाइते

धनगढी । कैलालीको जानकी गाउँपालिका–९ खैरीफाँटास्थित कालिका सामुदायिक वन नजिकको जंगलमा माटोको ढिस्कोले पुरिएर तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा जानकी गाउँपालिका–९ खैरीफाँटाकी १७ वर्षीय धनसरी सवाल, सोही ठाउँकी २० वर्षीय भावना वड र ३० वर्षीया गंगादेवी जैगडा रहेका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । सवाल र वडको घटनास्थलमै र जैगडीको टीकापुर अस्पतालमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी प्रतीक विष्टले जानकारी दिनुभयो । माटोको ढिस्कोमा पुरिएर घाइते भएकी खैरीफाँटाकै १२ वर्षीया अन्जु जैगडीको टीकापुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घर पोत्ने माटो खन्ने क्रममा ढिस्को खस्दा उनीहरु पुरिएका थिए ।

सम्बन्धित सामग्री

माटोको ढिस्कोले पुरिएर ३ जनाको मृत्यु, २ घाइते

कैलाली ।  घर पोत्ने माटो लिन गएका ३ जना महिलाको ढिस्कोले पु्रिएर मृत्यु भएको छ । कैलालीको जानकी गाउँपालिका ९ पुर्वीखैरी फाँटामा माटोको ढिस्को खस्दा उनीहरुको मृत्यु भएको ईलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले रातोपाटीलाई जानकारी दिए । आज १२ बजे माटोको ढिस्कोले ५ जना पुरिएका थिए ...