शिक्षकले ६० वर्ष उमेर पुगेपछि विभिन्न सेवा, सुविधासहित अनिवार्य अवकाश पाउँछन् । शिक्षा नियमावली २०५९ ले व्यवस्था गरेअनुसार शिक्षकले सबै सुविधा पाउने भए पनि सोही विद्यालयमा कार्यरत कर्मचारीको विषयमा भने कुनै व्यवस्था छैन ।देशभरका विद्यालयमा कार्यरत कर्मचारीले कति वर्षमा अनिवार्य अवकाश पाउने र के के सेवा सुविधा पाउने भन्नेबारे न शिक्षा नियमावलीमा उल्लेख छ, न त शिक्षा ऐन २०२८ ले नै व्यवस्था गरेको छ । सेवा शर्त र सुविधासहितको ‘सर्भिस ल’ बनाई कार्यान्वयन गर्न विद्यालय कर्मचारीहरुले माग गर