लस एन्जलस । हलिउडको चर्चित जेम्स बन्ड सिरिज ‘नो टाइम टु डाई’को रिलिज मिति घोषणा गरिएको छ । हलिउड अभिनेता ड्यानियल क्रेग फेरि एकपटक जेम्स बन्डको भूमिकामा देखिँदै छन् ।
कोरोना महामारीका कारण धेरैपटक रोकिएको चलचित्र अन्ततः रिलिज हुने भएको छ । पहिलोपटक सन् २०२० को अप्रिलमा रिलिज मिति तोकिएको थियो...