काठमाडौं । दराज नेपालले २०२३ को लागि वार्षिक अभियान ‘महाबचत बजार’ को औपचारिक घोषणा गरेको छ । अभियानमा दराजले ७० प्रतिशतसम्म छूटको मेगा डिल अफर ल्याएको जानकारी दिएको छ । अभियानमा अनलाइन सपिङमा अफरको साथ झन्झटरहित सपिङ, सामान डेलिभरी र अन्य थुप्रै सेवा प्रदान गरिने बताइएको छ ।
कम्पनीले ई–सेवा, आइएमई पे र अन्य बैंकमार्फत प्रि–पेमेन्टको व्यवस्था गरेको जानकारी दिएको छ, जसमा ग्राहकले १० प्रतिशत वा अधिकतम रू. १ हजार र १५ प्रतिशत वा अधिकतम रू. १५ सय प्राप्त गर्न सक्नेछन् ।
त्यसैगरी, यस अभियानको गिभअवे प्राइजमा पानासोनिक २७० एल इन्भर्टर, पानासोनिक ५५ इन्च फोरके एचडीआर स्मार्ट एन्ड्रोेइड एलईडी टिभी र पानासोनिक ८ केजी फ्रन्ट लोड वासिङ मेसिन रहेको बताइएको छ । मेगा गिभअवे पुरस्कार जित्न ग्राहकले न्यूनतम रू. ३ हजार ५०० को प्रि–पेमेन्ट गर्नुपर्ने कम्पनीको भनाइ छ ।
ग्राहकले अन्य विभिन्न कम्पनीका सामानमा छूट पाउन सक्ने बताइएको छ । अभियानमा ग्राहकलाई छूट उपलब्ध गराउन विभिन्न बैंकहरूसँग साझेदारी गरेको समेत कम्पनीको भनाइ छ ।