जुम्ला : जुम्लामा सञ्चालित तीनवटा सहकारीविरुद्ध उजुरी परेको छ। सहकारीले बचत उठाउने नाममा आफूहरूलाई ठगेको भन्दै ११ जना बचतकर्ता महिलाले उजुरी दिएका हुन्। उनीहरूले सहकारी सञ्चालक र कर्मचारीबाटै ठगिएको बताएका छन्।जुम्लाको बसपार्कमा रहेको स्वजन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, सोही ठाउँमा अवस्थित समाज रूपान्तरण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र ठाकुरज्यु सहकारीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन्।यी तीनवटै सहकारीमा आबद्ध ११ जना बचतकर्ताले जिल्ला प्रहरी कार्यालय जुम्लामा उजुर