काठमाडौँ – भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवको अभिव्यक्तिबारे प्रमुख प्रतिपक्षी दल एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाको जवाफ माग गरेको छ। एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मन्त्री यादवले नरसंहार मच्चाउने अभिव्यक्ति दिँदा पनि किन सत्ता गठबन्धनमा आबद्ध नेताहरु चुप भनेर प्रश्न गरेका छन्। उपाध्यक्ष पोखरेलले भनेका छन्, ‘गठबन्धनकी एउटी नेतृ र वहालवाला मन्त्रीले विगतमा (आफूहरूद्वारा) घटित […]