सरकारले किसानको समस्या नसुनेको गुनासो

दमौली । तनहुँका कृषकले सरकारले आफूहरूको समस्या नसुनेको गुनासो गरेका छन् । पछिल्लो समय कृषि व्यवसाय र कृषकले भोग्दै आएको समस्याबारे सरकारले ध्यान नदिएको गुनासो गर्दै उनीहरूले आफ्ना माग सम्बोधन गर्न सरकार उदासीन देखिए आन्दोलित हुने बताए ।      अण्डा उत्पादक कृषक खेमराज अधिकारीले आफूहरू अण्डा उत्पादनमा दैनिक ६० प्रतिशत घाटा बेहोर्न बाध्य भएको बताए । जिल्लामा ९६ अण्डा उत्पादक कृषकले दैनिक साढे २ लाख अण्डा उत्पादन गर्दै आएको र वार्षिक रू. ६ अर्बभन्दा बढी अण्डा उत्पादनमा लगानी गरे पनि सोचेअनुसारको प्रतिफल नपाएको उनको गुनासो छ । कृषक ईश्वरराज पन्थले किसानको अवस्था दिनदिनै नाजुक बन्दै गएकाले किसान आन्दोलित हुन बाध्य भएको बताए । उत्पादनको मूल्यभन्दा लागत मूल्य बढी हुने, बैंकको ब्याज अस्वाभाविक तवरले बढ्ने र उत्पादनले उचित बजार नपाउने समस्याले किसान व्यवसायबाट विस्थापित हुने अवस्थामा पुगेको उनको भनाइ छ । दुग्ध उत्पादक कृषक रमेशप्रसाद आचार्यले कृषकले अहिले भोगेको समस्या समाधान गरी कृषिलाई जोगाउन सरकारले पहल गर्नुपर्नेमा जोड दिए । ‘सरकार हाम्रा मागप्रति सचेत भएन भने हामी व्यवसाय छोड्न बाध्य हुन्छौं,’ उनले भने । दुग्ध उत्पादक संघका अध्यक्ष कालिका पौडेलले राज्यको विद्यमान नीतिले तनहुँमा दुग्ध उत्पादक कृषक पीडित भएको बताए । दूधमा उत्पादनभन्दा लागत मूल्य बढी परेकाले व्यवसाय धान्नै कठिन भएको उनको भनाइ थियो । अण्डा उत्पादक कृषक राजु खड्काले उत्पादनलाई बजारीकरण गर्न सरकारले ठोस नीति ल्याउनुपर्नेमा जोड दिए । दुग्ध उत्पादक कृषक भगवती जिसीले कृषि पेशालाई अपहेलित पेशाका रूपमा व्याख्या गर्ने प्रवृत्तिले निराशा पैदा गरेको जानकारी दिइन् ।   कृषकले समस्या समाधानका लागि दबाब दिन संघर्ष समिति गठन गरेका छन् । उक्त समितिले उत्पादनमा आधारित अनुदान व्यवस्था हुनुपर्ने, सरकारमार्फत सीधै कृषि कर्जा तथा बीमा सुविधा प्रदान गर्नुपर्ने, कृषि उत्पादन सोझै खरीदका लागि ग्यारेन्टी हुनुपर्ने लगायत माग गर्दै आएको छ ।    त्यस्तै विदेशी विषादीयुक्त तरकारी, फलफूल तथा पशुपन्छीको आयात बन्द गर्नुपर्ने, आश्वासनमा फसाएर लादिएको कृषि कर्जा मिनाहा गर्नुपर्ने, परियोजनाको धितोमा शून्य प्रतिशत व्याजदरमा कृषि कर्जा प्रदान गर्नुपर्ने, कृषि कर्जा अनुदान अपचलन गर्नेलाई तुरुन्त कारबाही गर्नुपर्ने, दाबी भुक्तानी नदिने बीमा कम्पनी खारेज गर्नुपर्ने, लघुबित्त कम्पनीलाई नियन्त्रण गर्नुपर्ने, किसान पेन्सन योजना कार्यावन्यन गर्नु पर्नेलगायत माग गरेका छन् । रासस

सम्बन्धित सामग्री

‘मिटरब्याज समस्या समाधान गर्ने नाममा सरकारले फितलो ऐन ल्यायो’

काठमाडौँ- मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले सरकारले मिटरब्याज समस्या समाधान गर्ने नाममा फितलो ऐन ल्याएको आरोप लगाएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै समितिले सरकारले ल्याएको ऐनले विद्यमान समस्या समाधान गर्न नसक्ने दाबी गरेको छ । सरकारले पीडितको माग सम्बोधन नगरी अलोकतान्त्रिक तरिकाबाट ऐन ल्याएको संघर्ष समितिको आरोप छ । सरकारले दृष्टिबन्धक, […]

जनताका समस्या समाधान गर्न सरकारले विशेष कार्यक्रम ल्याउँछ: सञ्चारमन्त्री

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जनताले भोग्दै आएका समस्या समाधान गर्न सरकारले विशेष कार्यक्रम घोषणा गर्ने तयारी गरेको बतएकी छिन्।...

नयाँ सरकारले व्यवसायीको समस्या समाधान गर्छ : मन्त्री राई

काठमाडाैं । विना विभागीयमन्त्री राजेन्द्रकुमार राईले नयाँ सरकारले व्यवसायीको समस्या समाधान गर्ने बताउनुभएको छ । राष्ट्रिय व्यापार सङ्घको १८औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उहाँले व्यवसाय क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ सरकार कटिबद्ध रहेको बताउनुभएको हो । “हामी समृद्धिको यात्रामा छौँ, व्यवसायीले तिरेको करबाट मुलुक चलेको हो, व्यवसायीको समस्या समाधान गर्न नयाँ सरकार […]

नयाँ सरकारले व्यवसायीको समस्या समाधान गर्छ  :  मन्त्री राई

काठमाडौँ । विना विभागीयमन्त्री राजेन्द्रकुमार राईले नयाँ सरकारले व्यवसायीको समस्या समाधान गर्ने बताएका छन् । राष्ट्रिय व्यापार सङ्घको १८औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उनले व्यवसाय क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ सरकार कटिबद्ध

नयाँ सरकारले व्यवसायीको समस्या समाधान गर्छ :मन्त्री राई

विना विभागीयमन्त्री राजेन्द्रकुमार राईले नयाँ सरकारले व्यवसायीको समस्या समाधान गर्ने बताउनुभएको छ । राष्ट्रिय व्यापार सङ्घको १८औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उहाँले व्यवसाय क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ सरकार कटिबद्ध रहेको बताउनुभएको हो । “हामी समृद्धिको यात्रामा छौँ, व्यवसायीले तिरेको करबाट मुलुक चलेको हो, व्यवसायीको समस्या समाधान गर्न नयाँ सरकार कटिवद्ध छ”, […]

‘नयाँ सरकारले व्यवसायीको समस्या समाधान गर्छ’

काठमाडौँ– विना विभागीयमन्त्री राजेन्द्रकुमार राईले नयाँ सरकारले व्यवसायीको समस्या समाधान गर्ने बताएका छन्। राष्ट्रिय व्यापार सङ्घको १८औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उनले व्यवसाय क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ सरकार कटिबद्ध रहेको बताएका हुन् । ‘हामी समृद्धिको यात्रामा छौँ, व्यवसायीले तिरेको करबाट मुलुक चलेको हो, व्यवसायीको समस्या समाधान गर्न नयाँ सरकार कटिवद्ध छ’, […]

‘सरकारले सीमा समस्या कूटनीतिक पहलबाट समाधान गर्छ’

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले सीमासम्बन्धी समस्याहरू कूटनीतिक पहलबाट समाधान गर्ने बताएका छन् । सीमा क्षेत्रमा देखिएका समस्याहरूको समाधानका लागि सरकार सधैं प्रयत्नशील रहेको उनले बताए ।‘हामी सीमा समस्याबारे सचेत छौं, चाहे भारतसँग होस् वा चीनसँग होस् । कुनै पनि समस्या छन् भने ती समस्या कूटनीतिक ढंगले समाधान गर्न सरकार तयार छ । […]

भूपू गोर्खाहरूको समस्या समाधानमा सरकारले चासो नदेखाएको आरोप

भूपू गोर्खाहरूको समस्या समाधानका निम्ति सरकारले चासो नदेखाएको सांसदहरूले आरोप लगाएका छन् ।सोमबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै सांसदहरूले भूपू गोर्खाहरूको समस्या समाधानका निम्ति सरकार जिम्मेवार नभएको बताएका हुन् । अन्तर्राष्ट्रिय सम्बन्ध समितिले पनि पटक–पटक समस्या समाधानका निम्ति सरकारलाई अग्रसरता लिन आग्रह गरेको भएपनि सरकारले बेवास्ता गरेको सांसदहरूको आरोप छ ।बैठकमा बोल्दै सांसद […]

‘सरकारले पुँजीगत खर्च गर्न नसक्दा बजारमा तरलता समस्या आयो’

काठमाडौँ – अर्थमन्त्री जनार्दन शर्माले सरकारले पुँजीगत खर्च गर्न नसक्दा बजारमा तरलता समस्या आएको बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघले बुधबार काठमाडौंमा आयोजना गरेको नवउत्थान सम्मेलनमा अर्थमन्त्री शर्माले सरकारले पुँजीगत खर्च गर्न नसक्दा बजारमा तरलता समस्या आएको बताए। उनले यसरी सरकारको पुँजीगत खर्च गर्न नसक्दा वित्तीय प्रणालीमा गहिरिँदै गएको तरलता अभाव समाधान गर्न गम्भीर भएर […]

सरकारले सहमति कार्यान्वयन नगर्दा समस्या : चन्द

किमाथाङ्का । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले सरकारले तीन बुँदे सहमति कार्यान्वयन नगर्दा समस्या भएको बताएका छन् । हिजो (बिहीबार) बन्दी कार्यकर्ता भेटघाट गर्न सङ्खुवासभाको खाँदबारी कारागार पुगेका महासचिव चन्दले सरकार सहमति कार्यान्वयनमा उदासीन रहेको आरोप लगाए । तीन बुँदे सहमतिप्रति आफू पूर्ण प्रतिबद्ध रहेको बताउँदै उनले सरकारले सहमति कार्यान्वयन गर्नेमा आफू […]