काठमाडौं : परराष्ट्रमन्त्री एनपी साउद आइतबार साँझ अमेरिका प्रस्थान गरेका छन्।अमेरिका भ्रमणका क्रममा साउदले वासिङटन डीसीमा समकक्षी एन्टोनी जे.ब्लिंकेनसँग भेटवार्ता गर्नेछन्।संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) की प्रशासक सामन्था पावर, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) प्रमुख कार्यकारी अधिकृत एलिस पी अल्ब्राइट र अमेरिकी सरकारका उच्चस्तरीय अधिकारीसँग भेटवार्ता गर्ने उनको सचिवालयले जनाएको छ।त्यहाँ रहँदा उनी युनाइटेड स्टेट्स इन्स्टिच्युट अफ पिस (यूएसआईपी) मा