उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजीलाई अर्थ मन्त्रालयको पनि जिम्मेवारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई अर्थ मन्त्रालयको पनि जिम्मेवारी दिएका छन् । अर्थमन्त्री वर्षमान पुन अनन्त विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वसन्तकालीन बैठकमा सहभागी हुन सोमबार बिहान अमेरिका प्रस्थान गरेका छन् । प्रधानमन्त्री प्रचण्डले पुनको अनुपस्थितिमा अर्थ मन्त्रालयको कार्यभार सम्हाल्ने गरी उपप्रधान तथा परराष्ट्रमन्त्री श्रेष्ठलाई तोकेका हुन् । […]

सम्बन्धित सामग्री

विश्व समुदायले नेपालको प्रशंसा गरिरहेको छ : परराष्ट्रमन्त्री डा. राणा

डा. आरजु राणा देउवाले परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हालेको १०० दिन पुगेको छ । उहाँ अन्तर्राष्ट्रिय समुदायमा वर्तमान सरकारको छवि सुधार तथा नेपालको अन्तर्राष्ट्रिय र छिमेकीसँगको सम्बन्धलाई सुदृढ बनाउने अभियानमा हुनुहुन्छ ।

परराष्ट्रमन्त्री राणासँग भारतीय राजदूतले गरे शिष्टाचार भेट - NepaliPatra

काठमाडौँ । नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले नवनियुक्त परराष्ट्रमन्त्री आरजु राणासँग शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा मंगलबार भेटवार्ता भएको हो । भेटमा नेपाल–भारत सम्बन्ध र सहयोगका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । राणाले सोमबारबाट परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हालेकी हुन् ।

परराष्ट्र सम्बन्धलाई सबै मिलेर सुदृढ पार्नुपर्छ : परराष्ट्रमन्त्री राणा

नवनियुक्त परराष्ट्रमन्त्री डा. आरजु राणाले परराष्ट्र सम्बन्धलाई सबै मिलेर सुदृढ गर्दै लैजानुपर्ने बताएकी छन् ।सोमबार मन्त्रालयको पदभार ग्रहण गर्दै उनले इतिहासै पहिलो ठूलो जिम्मेवारी भएकोले यसलाई सही सदुपयोग गर्ने बताइन् ।

कुटनीतिक आचारसंहिता पालनमा कडाइ गर्ने परराष्ट्रमन्त्री श्रेष्ठको घोषणा

काठमाडौँ- उपप्रधान एवम् परराष्ट्रमन्त्री नागरायणकाजी श्रेष्ठले कुटनीतिक आचार संहिता पालना गर्न सम्बद्ध सबै पक्षलाई आग्रह गरेका छन्। सोमबार संसदमा समय लिएर परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हालेपछि भए गरेका काम र आगामी योजनाका बारेमा जानकारी दिँदै उनले कुटनीतिक आचारसंहिताको पालना गराउन सरकारले कदम चाल्ने भएको हुन्। श्रेष्ठले भने, ‘कुटनीतिक आचार संहितालाई अबलम्बन गरिदिन हुन आग्रह अनुरोध गर्दछ। […]

स्वास्थ्य मन्त्रालयको जिम्मा परराष्ट्रमन्त्री साउदलाई

काठमाडौं, २१ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कार्यभार सम्हाल्ने जिम्मा पराष्ट्रमन्त्री नारायण प्रकाश साउदलाई दिइएको छ । उक्त मन्त्रालयका मन्त्री मोहनबहादुर बस्नेत इजिप्टको कायरोमा आयोजित ‘ग्लोबल कंग्रेस अन पपुलेसन हेल्थ एण्ड डेभलपमेन्ट’ कार्यक्रममा सहभागी हुन गएकाले उनको अनुपस्थितिमा सो मन्त्रालयको कार्यभार सम्हाल्न उनलाई जिम्मेवारी तोकिएको हो । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा […]

नवनियुक्त परराष्ट्रमन्त्री साउदद्वारा पदभार ग्रहण

काठमाडौं : नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउदले पदभार ग्रहण गरेका छन्। राष्ट्रपति निवास शीतलनिवासमा दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका साउद सिंहदबार पुगेर मन्त्रालयमा पदभार ग्रहण गरेका हुन्।नेपाली कांग्रेसका उनी आजै मन्त्रीमा नियुक्त भएका थिए। यस्तै, नेकपा एकीकृत समाजवादीबाट नन्दा चपाईंले पनि भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्रीमा शपथ लिएकी छन्।आठौंपटक मन्त्रिपरिषद् विस्तार गरे पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको काँधमा अझै ५ मन्त्रालयको जिम्मेवारी रहेको छ।

जापानका नवनियुक्त प्रधानमन्त्री फुमियो किशिदाद्वारा मन्त्रिपरिषद् विस्तार

असोज १९, टोकियो । जापानका नयाँ प्रधानमन्त्री फुमियो किशिदाले सोमवार मन्त्रिपरिषद् विस्तार गरेका छन् । नेता किशिदा विश्वको तेस्रो ठूलो अर्थतन्त्रको नयाँ नेताको रूपमा भरखरै चुनिएका हुन् ।     हिरोशिमाका प्रतिष्ठित राजनीतिक परिवारका ६४ वर्षीय सदस्य किशिदा मृदुभाषी नेताकारूपमा परिचित छन् जसले सत्ताधारी लिबरल डेमोक्रेटिक पार्टीको नेतृत्व गत हप्ता मात्र सम्हालेका छन् । सोमवारको संसद्को मतदानले उहाँलाई प्रधानमन्त्रीमा सहजै अनुमोदन गरेको थियो। अनुमोदनपछि किशिदाले थुप्रै नयाँ अनुहारसहित मन्त्रिमण्डल विस्तार गरेका छन् भने केही महत्त्वपूर्ण मन्त्रालयमा भने निवर्तमान प्रधानमन्त्री सुगाको मन्त्रिमण्डलका सदस्य यथावत् राखिएका छन् ।      पूर्व सरकारका परराष्ट्रमन्त्री तोसिमित्सु मोटेगी र रक्षामन्त्री नोबोउ किशी यथावत् छन् ।अर्थ मन्त्रालयको जिम्मेवारी भने शुनिची सुजुकीलाई दिइएको छ । त्यस्तै मन्त्रिपरिषद्मा तीन महिला समावेश गरिएका छन् जसमा किशिदा नेतृत्वको एक समयका प्रतिद्वन्द्वी सेको नोडा पनि छन् जो जापानको घट्दो जन्मदर सम्बोधन गर्ने जिम्मामा मन्त्री नियुक्त भएका थिए। रासस/ एएफपी

डा.नारायण खड्काले परराष्ट्रमन्त्री पदकाे शपथ लिँदै, आजै अमेरिका जाने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका नेता डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्त गर्नुभएको हो । राष्ट्रपति भण्डारीले खड्कालाई परराष्ट्र मन्त्रालयको कार्यभार सम्हाल्ने गरी जिम्मेवारी तोक्नुभएको हो । परराष्ट्रमन्त्रीमा नियुक्त भएका खड्काको आजै शपथ लिने […]

मन्त्रिपरिषद्मा पुरानै अनुहार

ओलीले शुक्रबारै मन्त्रिपरिषद् विस्तार गरेका छन्। उनले यसअघिकै मन्त्रिपरिषद्का सदस्यलाई पुरानै मन्त्रालयको जिम्मेवारी दिएका छन्। जसअनुसार उपपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझी र अर्थमन्त्री विष्णु पौडेलले यसअघिकै जिम्मेवारी पाएका छन्।  त्यस्तै, स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी, सहरी विकासमन्त्री प्रभु शाह, संस्कृति, पर्यटन त