राजनीतिक अस्थिरताको भूमरीमा अर्थतन्त्र

अर्थतन्त्र र राजनीति दुई भिन्नाभिन्नै विषय हुन् जो एकआपसमा सम्बद्ध छन् । राजनीतिक शक्तिले गरेको निर्णयले मुलुकको अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले देख्दा भिन्न विषय देखिन्छ तर एकआपसमा प्रत्यक्ष जोडिएको र सम्बद्ध रहेको देखिन्छ । राजनीतिक विचारधाराले वित्तीय परिसूचकमा कतै न कतै प्रभाव पार्ने नै हुन्छ । सामान्य दृष्टिबाट हेर्दा राजनीतिक विचारधाराले आर्थिक पक्षलाई सुधार वा बिगार गर्ने दृष्टिबाट हेर्न सकिन्छ । प्रजातान्त्रिक विचारधाराले खुला बजारलाई प्रभाव गर्ने हुन्छ भने वामपन्थीले त्यसलाई कसिलो ढाँचाबाट ल्याएर समानताको पक्षमा वकालत गर्ने हुन्छ । अर्थमन्त्रीकै हल्लाले शेयरबजारमा उल्लास छाएको र सोही हल्लाले अर्को दिन फेरि तल झारेको थियो । यही यसको प्रमाण हो ।  अस्थिर राजनीति विकासोन्मुख मुलुक र कम विकसित मुलुकको एउटा महत्त्वपूर्ण चरित्र नै हो भनी उल्लेख गर्दा फरक पर्दैन । भेनेजुएला, यमन, लिबिया, सोमालिया, हाइटी, सिरियाजस्ता मुलुक मूलत: राजनीतिक अस्थिर मुलुक भनी चिनिन्छन् । कतै युद्धको चटारो, कतै कमजोर राज्य संयन्त्रले मुलुकलाई अस्थिर बनाएर राजनीतिक तनावद्वारा समस्त प्रणालीमा नैराश्य निम्त्याइरहेको हुन्छ । यसले अन्तत: जनतालाई दुख र सास्ती दिने मात्र हो । राजनीतिक अस्थिरताले नकारात्मक सन्देश प्रवाह हुन्छ, जसले एउटा वर्गमा वितृष्णाको भाव उत्पन्न गर्छ । यही भावले गर्दा आज दैनिक हजारौं युवा विदेशिइरहेका छन् । यस प्रकारको राजनीतिक वातावरणले त्यसलाई थप मलजल गरेको छ ।  नेपालको राजनीतिक अवस्था हेर्ने हो भने २०६३ सालपश्चात् नै यहाँ अस्थिरता रहिरह्यो । त्यसभन्दा अगाडि पनि लामो समयसम्म टिकिरहने स्थायी सरकार रहेको इतिहास छैन । यो विकासोन्मुख मुलुकको एउटा चरित्र नै मानिन्छ । त्यही भएर होला, स्थायी सरकार नेपालमा कहिले भएन । गत चुनावपश्चात्, अब चाहिँ नेपालमा एउटा स्थायी सरकार हुन्छ भन्ने जनविश्वास थियो तर त्यो गुम्यो । भर्खर एकथरी गठबन्धन टुटेर नयाँ बनेको समीकरणले जनतालाई झनै निराश बनाएको छ । संसद्मा तल्लो तहमा ओर्लिएर एकअर्कालाई धोकेबाज भनिरहँदा जनतामा कस्तो प्रभाव पर्ला भन्ने कुरा पनि दलहरूले सोचेको देखिँदैन । नेपालमा सत्ता र शक्तिको लोभ, अहम् र भ्रष्ट मानसिकताले गर्दा सबैमा सत्तामोह रहेको पाइन्छ । यस्ता नेताहरूकै हालीमुहाली चलिरहोस् भन्ने अपेक्षा पनि रह्यो । भोट हाल्ने जनताको अवस्था जे होस्, आफ्नो पहुँच रही रहनुपर्‍यो भन्ने मानसिकता राजनीतिक बेथिति भयो र स्वार्थकेन्द्रित राजनीति चल्यो । त्यही लोभ र मोहकै कारण सरकारमा पटकपटक फेरबदल भइरहेको देख्न सकिन्छ । यसरी पटकपटक सरकार परिवर्तन हुँदा एउटा कुरा के पुष्टि हुन्छ भने हाम्रो नेतृत्व विकास र जनताभन्दा पनि आफ्नो सत्ताकै दाउपेचमा अल्झिरहेको रहेछ । उनीहरूले वास्तवमै काम गर्नुपर्ने थियो भने सत्ताको कुर्सीभन्दा उत्पादकत्वमा ध्यान जाने थियो । तर, यसो कहिल्यै भएन । पटकपटक सरकार परिवर्तन हुँदा मुलुकको अर्थतन्त्रलाई भने प्रत्यक्ष मर्का पर्ने हुन्छ । सर्वप्रथम त नीतिमै समस्या आउँछ । हिजो एउटा नीति र सिद्धान्त बोकेर अगाडि बढिरहेका कर्मचारीहरू, व्यवस्था फेरिनासाथ सबै पक्ष फेर्न बाध्य हुन्छन् । नेपाली कांग्रेसले अर्थ मन्त्रालय सम्हाल्दा लिएको नीति, अब परिमार्जन गर्नुपर्ने हुन्छ । भोलिका दिनमा आज अपनाइएको नीति फेरि परिमार्जन हुने निश्चत छ । एउटाको नीति अर्कोलाई चित्त बुझ्दैन र समस्त नीति नै अन्योलमा रहने डर हुन्छ । यसैगरी स्वदेशी लगानीकर्ता होस् या विदेशी, अस्थिर सरकारले लगानीकर्ताको मनोबल पक्कै पनि कमजोर बनाउँछ । सरकारको व्यवस्थापन गर्न सक्ने क्षमता कमजोर हुँदा व्यवसायको अवस्था आफैमा ढलमल हुने हुन्छ, जसले गर्दा लगानी गर्ने वातावरण स्वत: फितलो बन्छ । अस्थिर सरकारको कारण ऋणको ब्याजसमेत बढ्ने खतरा हुन्छ । जब ऋण प्रवाह गर्ने पक्षलाई यहाँको अस्थिर अवस्थाको भय हुन्छ, उसले उक्त जोखिमलाई समेत दृष्टिगत गरेर ब्याजदर तोक्छ । यसरी जोखिमको अंशसमेत ब्याजदरमा जोडिँदा, आर्थिक भार थपिन्छ जसले मुलुकको बजेटमा समेत असर पार्छ । उत्पादकत्व क्षेत्रमा लगानीभन्दा पनि ब्याजमै खर्च जोडिने हुन्छ । अस्थिर राजनीतिले ल्याउने आर्थिक क्षेत्रको प्रत्यक्ष प्रभावअन्तर्गत ठूला परियोजनामा ढिलासुस्ती हुनेदेखि वित्तीय समस्या निम्तिनेसम्म हुन्छ । कूटनीतिक सम्बन्धमा प्रभाव पर्ने हुँदा अन्तरदेशीय व्यापारमा समेत प्रभाव पार्छ जसले विदेशी बजारसम्म आफ्नो पहुँचलाई खुम्च्याउँछ । मूलत: यस्तो परिपाटीले प्रत्यक्ष असर पार्ने भनेको बजारको अवस्थालाई नै हो । राजनीतिक अस्थिरताले नकारात्मक सन्देश प्रवाह हुन्छ, जसले एउटा वर्गमा वितृष्णाको भाव उत्पन्न गर्छ । यही भावले गर्दा आज दैनिक हजारौं युवा विदेशिइरहेका छन् । यस प्रकारको राजनीतिक वातावरणले त्यसलाई थप मलजल गरेको छ । यसले स्वदेशभित्र आर्थिक क्रियाकलाप स्वाभाविक रूपमा कम गर्छ । न यहाँ उद्यमशीलताको अवसर बाँकी रहन्छ, न गुणस्तरीय जनशक्ति नै बाँकी रहन्छ । यो दृष्टिकोणबाट हेर्दा धन्न हाम्रो मुद्रादर भारतसँग आबद्ध (पेग्ड) गरिएकाले हाम्रो मुद्रामा केही असर परेको छैन । अन्तरराष्ट्रिय बजारमा मुलुकको नकारात्मक छवि बने वैदेशिक लगानी निरुत्साहित हुन्छ । यसले अन्तरराष्ट्रिय व्यापारमा समेत प्रभाव पार्छ । न जनताले कसको हैसियत कति, कसको क्षमता कति भनेर निर्धारण गर्न पाउँछन्, न कुनै प्रकारको उल्लास नै छाउँछ । संविधान निर्माणपश्चात् स्थिर सरकारको परिकल्पना गरिएको थियो, जुन सपनामै सीमित भयो । ‘राजनीतिक उथलपुथल’ सुन्दा रमाइलो लाग्न सक्छ, कतै हराइसकेको जनतालाई पुन: एउटा बहसमा उब्याउँछ, तर यसले पार्ने नकारात्मक प्रभावको लेखाजोखा कतै हुँदैन । हिजो राजनीतिकै नाममा हजारौंको ज्यान गयो । तर, राजनीतिक अस्थिरताले ल्याएको आर्थिक खर्चको हिसाब कतै नहुँदा समग्र प्रणाली नै बेथितिको मार्गतर्फ लम्किएको देख्न सकिन्छ । यसले न अनुशासन पालना गरेको हुन्छ, न कुनै सुधारको अपेक्षा गर्न सकिन्छ । यहाँ विषय कसको सरकार हुनुपर्छ भन्ने होइन । जसको भए पनि एउटा सक्षम सरकार हुनुपर्छ, जुन दिगो होस् । यहाँ विषय को मन्त्री हुँदा ठीक भन्ने पनि होइन, तर आफ्नो दक्षता र शीपअनुरूपको मन्त्रालयको जिम्मेवारी थाम्नु पर्छ भन्ने हो । यदि कोही बन्दुक, गोला र बारुदमा अनुभवी छ भने उसले कुल गार्हस्थ्य उत्पादन बुझेको हुँदैन, मन्त्रालयमा आएर बुझ्नुभन्दा पनि उसले आफ्नो लयको मन्त्रालय लिएको ठीक हुन्छ । यस्तो व्यक्तिलाई रक्षा वा गृह उपयुक्त हुन सक्छ । आफ्नो रुचि, आफ्नो विज्ञता, अनुभवअनुरूपको मन्त्रालय रोज्न सक्नुपर्छ । सञ्चार क्षेत्रको बेथिति सञ्चारमाध्यममा काम गरेकोलाई नै थाहा हुन्छ, । तर, यहाँ अवसर पाएँ भन्दैमा आफू अनुकूलको मन्त्रालय लिने चलन छ । अझ समस्या त कहिलेसम्म उक्त मन्त्रालयमा बस्ने हो भन्ने ठेगान हुँदैन, जसका कारण एक कार्यकाल काम गरेर मूल्यांकन गर्न पनि सकिँदैन । आशा गरौं, अहिले बन्दै गरेको सरकार स्थिर हुनेछ र उद्देश्य बोकेर अगाडि बढ्दै सरकार रहेको अनुभूति प्रत्यक्ष जनतालाई दिलाउने छ । रेग्मी बैंकर हुन् ।

सम्बन्धित सामग्री

‘राजनीतिक अस्थिरताले अर्थतन्त्र कमजोर’

वीरगञ्ज। राजनीति अस्थिरताले अर्थतन्त्र कमजोर बनेको भन्दै निजीक्षेत्रले चिन्ता व्यक्त गरेको छ । राजनीतिक नेतृत्वको ध्यानजति सत्ता बनाउने र भत्काउने खेलमा खर्च हुँदा आर्थिक विकासको नीति ओझेलमा परेको बुझाइ उद्यमी व्यापारीहरूको छ ।  वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवालले संघको ४८औं वार्षिक साधारणसभामा प्रस्तुत गरेको लिखित मन्तव्यमा भनिएको छ, ‘राजनीतिक अस्थिरताले अर्थतन्त्र कमजोर हुँदै जानु भनेको राष्ट्रका समग्र क्षेत्र कमजोर हुँदै जानु हो । राजनीति समयमै सत्ताको खेलबाट माथि उठेर देशको आर्थिक आधार स्तम्भका रूपमा रहेको उद्योग, व्यापार, कृषि, पर्यटन, जलस्रोत तथा जनजीविकासँग सम्बद्ध क्षेत्रहरूको विकास र प्रवर्द्धनमा गम्भीर भएर लाग्न अपरिहार्य भएको छ ।’  राज्य सञ्चालकहरूले आर्थिक एजेन्डालाई प्राथमिकताको अन्तिम किनारमा राख्ने गरेको आरोप उद्यमीहरूको छ । आर्थिक विकास र उद्योग, व्यापारको प्रवर्द्धन सार्वजनिक सभासमाहरोहरूमा बोल्ने शब्दावलीबाहेक अरू केही पनि होइन जस्तो लाग्न थालेको संघका उपाध्यक्ष माधव राजपालको गुनासो छ । राजनीतिक अस्थिरताप्रति कटाक्ष गर्दै उनले भने, ‘राति सुतेर बिहान उठ्दा सरकार परिवर्तनको समाचार आउँछ । सरकार किन परिवर्तन भयो, यसभन्दा अघि किन गठबन्धन भएको थियो र आज आएर फेरि त्यो गठबन्धन किन भत्कियो ? दलहरूले चित्तबुझ्दो तरीकाले यसको औचित्य पुष्टि गर्न सकेका छैनन् ।’  सत्ता गठबन्धनको जोडघटाउमा मात्र लिप्त रहेको राजनीतिले अर्थतन्त्रका मुख्य सरोकारका रूपमा रहेका निजीक्षेत्रका समस्या, उद्योग व्यापार, बैंक, वित्तीय संस्था र आम नागरिकको दैनिकीसँग सरोकार राख्ने विषयलाई प्राथमिकताको पुछारमा राखेको उनीहरूको बुझाइ छ ।  सरकारले निजीक्षेत्रलाई हेर्ने दृष्टिकोणप्रति पनि निजीक्षेत्रको चित्त दुखाइ छ । सरकार र सरकारी संयन्त्र हाँक्नेहरूले निजीक्षेत्रलाई सधैं राजस्व छल्ने व्यक्तिको जमातका रूपमा हेर्ने गरेको गुनासो उनीहरूको छ । सरकारले निजीक्षेत्रलाई हेर्ने दृष्टिकोण फेर्नुपर्ने संघका वरिष्ठ उपाध्यक्ष हरि गौतम बताउँछन् । ‘निजीक्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गरी अर्थतन्त्रको उन्नति र राष्ट्र निर्माण अभियानका सहयात्रीका रूपमा हेरिनुपर्छ । जुन ठाउँमा निजीक्षेत्रको अपमानमात्रै हुन्छ, त्यहाँबाट समृद्धि टाढिन्छ ।’  वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवालले संघको ४८औं वार्षिक साधारणसभामा प्रस्तुत गरेको लिखित मन्तव्यमा भनिएको छ, ‘राजनीतिक अस्थिरताले अर्थतन्त्र कमजोर हुँदै जानु भनेको राष्ट्रका समग्र क्षेत्र कमजोर हुँदै जानु हो ।’

‘अर्थतन्त्र राजनीतिक दलको साझा एजेन्डा नबने दुर्घटना’

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्र जटिल मोडमा रहेको बताउँदै सबै राजनीतिक दलहरूको साझा एजेन्डा बनेर सुधार नभए दुर्घटना हुन सक्नेतर्फ सचेत गराएका छन् । राज्य व्यवस्था समितिमा बिहीबार...

कस्तो रहला चाडपर्वपछिको अर्थतन्त्र ?

समग्र देश विकासका लागि अर्थतन्त्र बलियो हुनुपर्छ । अर्थतन्त्र प्रभावकारी हुन नसक्दा विकासका सम्पूर्ण अवयव लथालिंग हुन्छन् । अहिले देशको आर्थिक अवस्था यसरी नै लथालिंग छ । अर्थतन्त्रलाई सही मार्गमा डोर्‍याउने काम मूलतः राजनीतिक...

अर्थतन्त्र सुधारका लागि राजनीतिक स्थिरता आवश्यक

समयमै देशको अर्थतन्त्रको विषयमा राज्य गम्भीर नबन्दा यसमा केही गम्भीर समस्या देखिएका छन्। सरकारले तत्काल नागरिकलाई भ्रम छर्न सुधार भएको बताए पनि त्यो हुन सकेको देखिँदैन। देशको अर्थतन्त्रको वास्तविकता के हो ? यसको सुधारका लागि सरकारले के गर्नुपर्छ ? निजी क्षेत्रले अर्थतन्त्र सुधारका लागि के पहल गर्न सक्छन् ? देशको अहिलेको अर्थतन्त्रको वास्तविक चित्र के […]

राजनीतिक दलको ध्यान सत्तामा, अर्थतन्त्र संकटमा

लगातार राजनीतिक अस्थिरता सिर्जना गर्दा अर्थतन्त्र औपचारिकभन्दा अनौपचारिक क्षेत्रमा चलायमान भएको छ । मुलुकको अर्थतन्त्र संकटउन्मुख हुँदै गएको छ । अर्थतन्त्रका सबै सूचकहरू नकारात्मक छन् । अमेरिकी अनुदान आयोजनाका बारेमा सरकारमा रहेका राजनीतिक दलहरू नै एकमत छैनन् । नेपालमा विकासका आयोजनामा राजनीति भएको यो पहिलो अवसर होइन । राष्ट्रभक्ति एउटा निश्चित मुलुकविरुद्ध हुँदैन । तर, […]

राजनीतिक गतिविधिले अर्थतन्त्र चलायमान

प्रमुख राजनीतिक दलहरूको महाधिवेशन/राष्ट्रिय सम्मेलन चलिरहेकाले राजनीतिसँगै अर्थतन्त्रमा पनि चलायमान हुन पुगेको छ । राजनीतिक दलहरूका गतिविधि वडा÷बस्ती हुँदै क्षेत्र, जिल्ला, प्रदेश हुँदै केन्द्रीय तहमा अगाडि बढिरहेको छ । यही महिना प्रमुख राजनीतिक दलहरूको महाधिवेशन हुने भएकाले पनि राजधानी, प्रदेश मुकाममा वा जिल्ला मुकाममा केन्द्रित रहेका नेता/कार्यकर्ता गाउँगाउँमा पुगिरहेका छन् । दलहरूले तिनका हरेक एकाइमा […]

राजनीतिक दलको महाधिवेशन : चितवनमा पर्यटनसँगै अर्थतन्त्र चलायमान

चितवन : जिल्लामा राजनीतिक दल र तिनका भ्रातृ सङ्गठनका केन्द्रीय अधिवेशनका कार्यक्रम निरन्तर हुँदा यहाँको पर्यटनसँगै अर्थतन्त्र चलायमान भएको छ। राजनीतिक दलका प्रतिनिधिसँगै कार्यक्रम हेर्न आउनेले जिल्लाका होटल तथा रेष्टुराँ भरिभराउ हुन थालेका छन्।यसले समग्र जिल्लाको अर्थतन्त्र चलायमान बनाएको हो। देशको ठूलो राजनीतिक दल नेकपा (एमाले), नेकपा (माले) र माओवादी केन्द्रनिकट प्रेस सेन्टर नेपालको महाधिवेशन जिल्लामा हुँदै गर्दा यहाँको पर्यटन र अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने भएको हो।नेपाल कम्य

राजनीतिक अस्थिरताले निजी क्षेत्र हतोत्साहित

उद्योगी, व्यवसायको प्राथमिकता राजनीति नभए पनि अस्थिर राजनीतिक वातावरणले औद्योगिक वातावरण बन्न नसक्ने उनीहरूको ठहर छ। दलहरूको राजनीतिक मुद्दाको चपेटामा मुलुकको अर्थतन्त्र परेको निजी क्षेत्रको बुझाइ छ।...

गलत राजनीति र कोरोनाको बन्धक अर्थतन्त्र

नेपालका राजनीतिक दलको गलत स्कुलिङका कारण मुलुकको अर्थतन्त्र सधैं जसो बन्धकमा परिरह्यो । अस्थिर राजनीतिका कारण जन्मेको श्रम समस्या तथा उत्पादकत्वमा आइरहेको ह्रस्ग ले दुःखी रहेका नागरिकले तीन वर्षअगाडि स्थिर सरकारको परिकल्पनासहित एउटै राजनीतिक दललाई बहुमत दिए । राजनीतिक स्थिरताले औद्योगिक सुरक्षा तथा शान्ति होला र मुलुकले तीव्र आर्थिक विकासको बाटो समाती आय, समानता तथा […]