यी पदाधिकारी भए एमाले महाधिवेशनबाट निर्विरोध

नेकपा एमालेको १०औं महाधिवेशनबाट पाँच पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् । सर्वसम्मत गर्नुपर्छ भनी जोड गर्ने अध्यक्ष केपी शर्मा ओली नै चुनावमा होमिनु परेका बेलामा उनले सघाएका पाँच पदाधिकारी भने निर्विरोध भएका छन् ।

सम्बन्धित सामग्री

एमाले महाधिवेशन : ३९ प्रतिनिधि मतदानमा सहभागी भएनन्

काठमाण्डाै - नेकपा एमालेको दशाैँ महाधिवेशन अन्तर्गत पदाधिकारी र केन्द्रीय सदस्यका लागि भएको मतदानमा ३९ जना प्रतिनिधि अनुपस्थित भएका छन् । एमाले केन्द्रीय निर्वाचन आयोगका सदस्य बाबुराम दाहालका अनुसार २१५३ मतदातामध्ये २११४ जनाले मतदान गरेका छन् । बिहान ४ बजेदेखि भएको मतदान बिहान ११ बजेतिर सकिएको थियो । एमाले दशाैँ महाधिवेशन केन्द्रीय निर्वाचन आयोगका अनुसार  विद्युतीय भोटिङ मेसिनको प्रयोग गरिएकाले मत गणना थालेको झण्डै ३ घण्टामा पूर्ण नतिजा आइसक्ने छ । अध्यक्ष, उपाध्यक्ष र सचिवसहित विभिन्न क्लस्टरका केन्द्रीय ...

एमाले महाधिवेशन : राति नौ बजेदेखि एक बजेसम्म मतदान

चितवन । एमालेको ३०१ केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यमध्ये निर्विरोध हुन नसकेका पदमा सोमबार राति नौ बजेदेखि एक बजेसम्म मतदान हुने भएको छ । निर्वाचन आयोगको संशोधित कार्यतालिका अनुसार मतदानको कार्यक्रम पुनः पछि धकेलिएको हो । निर्वाचन प्रक्रियासँगै सर्वसहमतिको प्रयास भइरहेका बेला निर्वाचन समितिले निर्वाचन कार्यक्रम संशोधन गर्दै मतदानको समय निर्धारण गरेको हो । संशोधित कार्यतालिका […] The post एमाले महाधिवेशन : राति नौ बजेदेखि एक बजेसम्म मतदान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

दिनभर बेरोजगार एमाले महाधिवेशन प्रतिनिधि

चितवन, मंसिर १३। नेकपा एमालेको १० औं महाधिवेशनमा उपस्थित भएका प्रतिनिधि आइतबार दिनभर बेरोजगार भए । बिहान १० बजे सुरु हुने भनिएको महाधिवेशन दिनभर सुरु नहुँदा उनीहरू बेरोजगार भएका हुन् । शनिबार राति बन्दसत्रले पार्टीको विधान संशोधनसहितका प्रस्तावमा छलफल गरी निर्णय गरेपछि बन्दसत्र अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीलाई नयाँ नेतृत्व चयनका लागि पदाधिकारी र […]

एमाले महाधिवेशन : ७ बजेबाट बन्दसत्र सुरु हुने

काठमाडौं, १२ मंसिर । नेकपा (एमाले) को जारी महाधिवेशनको बन्दसूत्र अहिलेसम्म सुरु भएको छैन् । नेता गोकुल बाँस्कोटाकाअनुसार साँझ ७ बजेबाट बन्दसत्र सुरु हुँदैछ । अहिले पदाधिकारी र ३०१ केन्द्रीय कमिटीको नाम फाईनल गर्न अध्यक्ष केपी शर्मा ओली आन्तरिक छलफलमा जुटेका छन् । यसको लागि उनले संगठन विभाग प्रमुख विष्णु पौडेल र प्रदीप ज्ञवालीसँग छलफल […]

एमाले महाधिवेशन : सहमतिमा नाम जुटाउन सकस, छलफलमा ओली

नेकपा एमाले दशौं महाधिवेशनको पदाधिकारी चयनमा सहमति निकाल्न अध्यक्ष केपी शर्मा ओली छलफलमा जुटेका छन्। पदाधिकारीका आकांक्षी धेरै हुँदा पार्टीमा ओलीले सहमतिको प्रयास गरेपनि हुन सकिरहेको छैन। सहमतिका लागि भन्दै एमालेको...

एमाले महाधिवेशन : अध्यक्षका उम्मेद्धवार भीम रावलले सुरु गरे भोट माग्न

काठमाडौं, ११ मंसिर । नेकपा (एमाले) को १०औं महाधिवेशनको आज दोस्रो दिन । आज बन्दसत्र हुँदैछ । तर, अहिलेसम्म बन्दसत्र सुरु भएको छैन् । उता, अध्यक्षसहित सर्वसम्म रुपमा पदाधिकारी चयन गर्ने प्रयास भने अध्यक्षका उम्मेद्धवार भीम रावलका कारण असफल भएको छ । रावलले आफू कुनैपनि हालतमा अध्यक्षको उम्मेद्धवारबाट ब्याक नहुने बताईसकेका छन् । उनी अहिले […]

एमाले महाधिवेशन : सौराहामा भातको अभाव

नेकपा एमालेको दशौं महाधिवेशनको बन्दसत्र स्थल सौराहामा खाना (भात) को अभाव देखिएको छ । एमाले शीर्ष नेतृत्व पदाधिकारी व्यवस्थापनमा जुटिरहेका बेला अन्य नेता, कार्यकर्ता र आगन्तुकहरु थकाली भान्सा घरदेखि रेस्टुरेन्टहरुमा समेत खानाको लाइनमा छन् । एमाले कार्यकर्ताहरूको चापले खान पाउन मुस्किल देखिएको छ । व्यापार राम्रो भए पनि माग धान्न गाह्रो भएको व्यवसायीहरुको भनाई छ । खानाको पटक पटक बहान लगाएर माग पूर्ति गर्ने प्रयास भैरहेको उनीहरुले बताए ।त्यस्तै हात्ती चोक, गैँडा चोक लगायत बन्दसत्र स्थल वरप

एमाले महाधिवेशन : पदाधिकारीमा सर्वसम्मति, बाँकीमा चुनावको सम्भावना

मध्यरातमा बसेको एमाले केन्द्रीय कमिटी बैठकले पदाधिकारी संख्या बढाउने निर्णय गरेपछि एमालेको नेतृत्व सर्वसम्मत चयन हुने सम्भावना बलियो बनेको छ ।

एमाले महाधिवेशन : प्रदेश १ का एक दर्जन नेता पदाधिकारीको आकांक्षी

७ मंसिर, विराटनगर । प्रदेश १ बाट नेकपा एमालेको केन्द्रीय राजनीतिमा प्रभाव राख्ने एक दर्जन नेताहरूले १०औं महाधिवेशनबाट पदाधिकारी बन्ने आकांक्षा राखेका छन् । तर ती सबै नेताहरूले उम्मेद्वारी भने घोषणा गरेका छैनन् । एमाले नेताहरूको यो शैलीलाई ‘मोही माग्ने, ढुंग्रो लुकाउने प्रवृत्ति’ भनेर टिप्पणी गरिएको छ । नवौं महाधिवेशनमा निर्वाचित पदाधिकारी र केही केन्द्रीय […]

एमाले महाधिवेशन : विद्युतीय उपकरण प्रयोग गरिने

नेकपा (एमाले)को १०औँ महाधिवेशनले विद्युतीय उपकरण मार्फत नयाँ पदाधिकारी चयन गर्ने  भएको छ । मतदानका लागि एक सय  विद्युतीय उपकरण प्रयोगमा ल्याइने तयारी गरिएको छ । महाधिवेशन मूल आयोजक समितिका सह–संयोजक एवं एमाले स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले विद्युतीय उपकरण मार्फत मतदान गर्ने तयारी गरिएको जानकारी दिए । यसबाट तीन घण्टाभित्रमा नतिजा आउने छ । उनले भने, “मतदानपछि प्रिन्ट ग¥यो भने तीन घण्टा लाग्छ भनिएको छ । क्यू आर कोडबाट भयो भने त्यो भन्दा अघि नै नतिजा आउँछ । &rdq