काठमाण्डाै - नेकपा एमालेको दशाैँ महाधिवेशन अन्तर्गत पदाधिकारी र केन्द्रीय सदस्यका लागि भएको मतदानमा ३९ जना प्रतिनिधि अनुपस्थित भएका छन् ।
एमाले केन्द्रीय निर्वाचन आयोगका सदस्य बाबुराम दाहालका अनुसार २१५३ मतदातामध्ये २११४ जनाले मतदान गरेका छन् ।
बिहान ४ बजेदेखि भएको मतदान बिहान ११ बजेतिर सकिएको थियो । एमाले दशाैँ महाधिवेशन केन्द्रीय निर्वाचन आयोगका अनुसार विद्युतीय भोटिङ मेसिनको प्रयोग गरिएकाले मत गणना थालेको झण्डै ३ घण्टामा पूर्ण नतिजा आइसक्ने छ ।
अध्यक्ष, उपाध्यक्ष र सचिवसहित विभिन्न क्लस्टरका केन्द्रीय ...