बाजुराको बडिमालिका नगरपालिका ७ ढम्कनेका अधिकांश किसान यती बेला हाइटेक प्रविधिबाट आलु खेती गर्न थालेका छन् ।
जिल्लाको बडिमालिका नगरपालिका ७ ढम्कनेका किसानले यो भन्दा पहिला परम्परागत रुपमा लगाउदैँ आएको तरिका भन्दा अहिले आधुनिक तरीकाको हाइटेक प्रविधिबाट आलु खेतीको सुरुवात गर्न थालेका हुन् ।
परमपरागत रुपमा आलु लगाउने तरकारी भन्दा अहिलेको आधुनिक तरकारीमा आलु खेती गर्दा गोडमेलमा निकै सहज हुने भएकोले ढम्कनेवासीले अहिले हाइटेक प्रविधिबाट आलु खेती गर्न थालेको बडिमालिका नगरपालिका ७ ढम्कनेका कृषक नरबहादुर रोकायाले बताउनुभयो ।