नेपाली काँग्रेस पोखराले मेयर र उपमेरको आकांक्षीहरुको नाम केन्द्रमा पठाउने भएको छ । महानगर अन्तर्गतका सभापतिहरूको भेलाले दुवै पदका आकांक्षीको नाम जिल्लामा पठाउने र जिल्लाले प्रदेश हुँदै केन्द्रमा पठाउने निर्णय गरिएको हो ।पोखराको मेयर पद एकीकृत समाजवादीलाई दिने केन्द्रीय सत्ता गठबन्धनले बुधबार साँझ निर्णय गरेपछि स्थानीय स्तरमा काँग्रेस नेता कार्यकर्ताहरु रुष्ट छन् । पोखरा महानगर समितिले त्यसको विरोधमा जिल्ला कार्यालयमा तालाबन्दी गरिदिएको छ । त्यसपछि वडा सभापतिहरूको बैठक बसेको थियो । बैठकमा पो