६४.४ प्रतिशत उद्योगमा अझै जेनेरेटर प्रयोग

नेपाल उद्योग परिसंघले नेपालका उद्योगहरुको औद्योगिक गतिविधिको अध्ययन गरेर औद्योगिक अवस्थिति प्रतिवेदनको तेस्रो अंक सार्वजनिक गरेको छ । चालू आर्थिक वर्ष २०७८-०७९ को दोस्रो त्रैमासिक अवधिमा उत्पादनमूलक उद्योग र सेवा क्षेत्रका उद्योगको अवस्थाको विस्तृत तथ्यांक प्रतिवेदनमा समेटिएको छ । यस प्रतिवेदनले उक्त अवधिमा उद्योगहरुले आफ्नो कुल उत्पादन क्षमताको ७१ प्रतिशत क्षमता उपयोग गरेको देखाएको छ […]

सम्बन्धित सामग्री

विराटनगरमा अग्नि मोटोइंकको ‘डिलरशिप एमएस प्याक्ट प्रालि’

काठमाडौं । नेपालका लागि महिन्द्रा पावरोल डिजेल जेनेरेटरको आधिकारिक विक्रेता अग्नि मोटोइंक (अग्नि ग्रुपको भगिनी संस्था)ले विराटनगरमा ‘डिलरशिप एमएस प्याक्ट प्रालि’ सञ्चालनमा ल्याएको छ । अग्नि ग्रुपले महिन्द्रा युटिलिटी भेहिकल, ट्र्याक्टर तथा इलेक्ट्रिक सवारीसाधनकोे आयात तथा वितरण गर्दै आएको छ । जेनेरेटर बजारमा पावरोल डिजेल जेनेरेटरले छुट्टै पहिचान बनाएको कम्पनीको भनाइ छ । बजारमा ५ केभीएदेखि ६२५ केभीएसम्मका २८ मोडलका जेनेरेटर रहेको कम्पनीले जानकारी दिएको छ । अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले महिन्द्रा पावरोल नेपालको जेनेरेटर उद्योगमा अगाडि रहेको र सबैको रोजाइमा परेको बताए । उत्कृष्ट सेवा र देशव्यापी नेटवर्कका कारण छोटो अवधिमा यसलाई अग्रणी ब्रान्डको रूपमा स्थापित गर्न सकिएको उनको भनाइ छ । प्याक्ट पावरका प्रबन्ध निर्देशक दर्शन कार्कीले महिन्द्रा पावरोल डिजल जेनेरेटरले कम ध्वनि प्रदूषणका साथै अधिक इन्धन बचत गर्ने बताए । ग्राहकको सन्तुष्टि तथा विक्रीपछिको सेवामा विशेष ध्यान दिइएको उनको भनाइ छ ।

ठूला उद्योगमा लोडसेडिङ, उद्योगीहरु भन्छन्- कुलमान कुरै सुन्दैनन्

काठमाडौं । भारतबाट आउने विद्युतमा समस्या आएपछि देशका ठूला उद्योगमा लोडसेडिङ सुरु भएको छ । नेपालले भारतलाई विद्युत बिक्री गरेको चर्चा चुलिएको वेला नेपालकै ठूला उद्योगहरु लोडसेडिङको मारमा परेका छन् । लोडसेडिङका कारण उद्योग नै बन्द गर्नुपर्ने अवस्था आएको उद्योगीहरु बताउँछन् । नेपाल विद्युत प्राधिकरणका अनुसार सोमबारबाट विद्युत निर्यातमा प्रयोग हुने मेसिन (जेनेरेटर) बिग्रिएकाले विद्युत […]

६४.४ प्रतिशत उद्योगमा जेनेरेटर प्रयोग – सर्वेक्षण

नेपाल उद्योग परिसंघले नेपालका उद्योगहरुको औद्योगिक गतिविधिको अध्ययन गरेर औद्योगिक अवस्थिति प्रतिवेदनको तेस्रो अङ्क सार्वजनिक गरेको छ । चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासिक अवधिमा उत्पादनमुलक उद्योग र सेवा क्षेत्रका उद्योगको अवस्थाको विस्तृत तथ्यांक प्रतिवेदनमा समेटिएको छ ।यस प्रतिवेदनले उक्त अवधिमा उद्योगहरूले आफ्नो कुल उत्पादन क्षमताको ७१ प्रतिशत क्षमता उपयोग गरेको देखाएको छ । प्रतिवेदनले अघिल्लो आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमासको तुलनामा चालु आर्थिक वर्ष सोही अवधिमा उद्योगको आय वृ

अझै पनि ६४.४% उद्योगमा जेनेरेटर प्रयोग : परिसंघ

नेपाल उद्योग परिसंघ (सीएनआई)ले नेपालका उद्योगहरुको औद्योगिक गतिविधिको अध्ययन गरी औद्योगिक अवस्थिति प्रतिवेदन तेस्रो अङ्क सार्वजनिक गरेको छ । चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासिक अवधिमा उत्पादनमुलक उद्योग र सेवा क्षेत्रका उद्योगको अवस्थाबारे विस्तृत तथ्यांक प्रतिवेदनमा समेटिएको छ । सो प्रतिवेदनले अझै पनि ६४.४ प्रतिशत उद्योगले विद्युतका लागि जेनेरेटर प्रयोग गर्ने गरेको जनाएको छ । विद्युतको आपूर्तिमा आउने समस्याका कारण धेरैजसो उद्योगले जेनेरेटर प्रयोग गरिरहेको अध्ययनमा औंल्याइएको छ ।

अझै पनि ६४.४ प्रतिशत उद्योगमा जेनेरेटर प्रयोग यथावत्

नेपाल उद्योग परिसंघले नेपालका उद्योगहरुको औद्योगिक गतिविधिको अध्ययन गरेर औद्योगिक अवस्थिति प्रतिवेदनको तेस्रो अङ्क सार्वजनिक गरेको छ । चालु आर्थिक वर्ष २०७८÷७९ को दोस्रो त्रैमासिक अवधिमा उत्पादनमुलक उद्योग र सेवा क्षेत्रका उद्योगको अवस्थाको विस्तृत तथ्यांक प्रतिवेदनमा समेटिएको छ । यस प्रतिवेदनले उक्त अवधिमा उद्योगहरुले आफ्नो कुल उत्पादन क्षमताको ७१ प्रतिशत क्षमता उपयोग गरेको देखाएको छ ।प्रतिवेदनले अघिल्लो आर्थिक वर्ष २०७७÷७८ को दोस्रो त्रैमासको तुलनामा चालु आर्थिक वर्ष सोही अवधिमा उद्योगको आय वृद्धिदर २७.१% बढेको देखाएको छ । प्रतिवेदन अनुसार व्यवसायको क्षमता उपयोग सुधारोन्मुख रहेको देखिन्छ । अध्ययन भएको अवधिमा उत्पादनमूलक उद्योगले औषतमा ९.४ प्रतिशत (गत वर्षको सोही अवधिमा ८.६ प्रतिशत थियो) र सेवा क्षेत्रका उद्योगले औषतमा ९.१ प्रतिशत ब्याज तिरेका छन् । उत्पादनमूलक उद्योगहरुले आफ्नो चालु पूँजीको ४३.८ प्रतिशत बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएको अध्ययनले देखाएको छ । अघिल्लो वर्षको सोही अवधिमा ५४.१ प्रतिशत ऋण लिएका थिए ।अध्ययनमा सहभागी मध्ये ६५.५ प्रतिशत उद्योगीले नयाँ लगानीका लागि तयार रहेको बताएका छन् । विद्युतको आपुर्तिमा आउने समस्याका कारण अझै पनि ६४.४ प्रतिशत उद्योगले जेनेरेटर प्रयोग गरिरहेको अध्ययनले देखाएको छ । यस अङ्कको औद्योगिक अवस्थिति प्रतिवेदन नेपाल सरकारको बजेटलाई केन्द्रित गरेर तयार गरिएको छ । प्रतिवेदनमा बजेट निर्माण र कार्यान्वयन प्रक्रिया, तुलनात्मक अध्ययन, नेपाल उद्योग परिसंघले चालु आर्थिक वर्षको बजेटमा दिएका प्रमुख सुझाव समेत समावेश छन् । परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले निजी क्षेत्रले थिंक ट्यांकको रुपमा कसरी काम गरिरहेको छ भन्ने यो प्रतिवेदनले पनि देखाएको बताए । परिसंघले सुझाव मात्रै दिने नभइ उद्योगको यथार्थ चित्रण समेत यो प्रतिवेदन मार्फत प्रस्तुत गर्न खोजेको उनले उल्लेख गरे । अध्यक्ष अग्रवालले परिसंघले औद्योगिक क्षेत्रको विकास र रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए । उनले थप क्षेत्रलाई अध्ययनमा समेट्दै विस्तृत बनाउँदै लैजाने बताए ।परिसंघका उपाध्यक्ष विरेन्द्रराज पाण्डेले प्रतिवेदनले उद्योगको अवस्थाबारे जानकारी दिने र यसलाई हरेक त्रैमासमा प्रकाशन गर्दै लगिने बताए । यस्ता प्रतिवेदनले निजी क्षेत्रमाथिको विश्वसनीयता अभिवृद्धि गर्न सहयोग गर्ने उनको भनाइ छ ।नेपालको औद्योगिक क्षेत्रको आवधिक तथ्यांक नभएको अवस्थामा परिसंघले पहिलो पटक यस्तो प्रतिवेदन तयार गरेको हो । परिसंघअन्तर्गतको रिसर्च सेलले उद्योगहरुसँगको सर्वेक्षणको आधारमा प्रतिवेदन तयार पारेको हो । यो प्रतिवेदनले नेपालमा तथ्यमा आधारित नीति निर्माणका लागि सहयोग गर्ने परिसंघको विश्वास छ । नीति निर्माता लगायत उद्योगसँग चासो राख्ने सम्पूर्ण सरोकारवालाका लागि प्रतिवेदन महत्वपूर्ण अध्ययन सामग्रीको रुपमा उपयोगी हुने विश्वास परिसंघको छ ।

भारतबाट आइरहेको बिजुली रोकिएपछि बुटबल-वीरगन्ज र विराटनगरका उद्योगमा 'लोडसेडिङ'

‘जेनेरेटर चलाएर उद्योग सञ्चालन गर्ने अवस्था छैन, मैले मेरा केही उद्योग बन्द गरिसकें,’ उद्योगी महेश जाजुले सेतोपाटीसँग भने।

बसुन्धारास्थित सिलाई उद्योगमा आगलागी हुँदा डेढ करोडको क्षति

काठमाडौं। काठमाडौं महानगरपालिका–३ बसुन्धारास्थित चन्द्र कटुवालको जानकी सिलाई उद्योगमा आगलागी हुँदा १ करोड ५० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ। विद्युतसर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ। आगलागीमा परी उद्योग रहेको टहरो, ३० थान कपडा सिलाउने मेशिन, १ थान जेनेरेटर, ३ थान ग्याँस सिलिन्डर र स्टक कपडा जलेर नष्ट भएको छ। घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

अस्पतालको जेनेरेटर रक्सी उद्योगमा प्रयोग !

सरकारी स्वास्थ्य संस्थाको जेनेरेटर मिलोमतोमा निजी रक्सी उद्योगमा प्रयोगमा ल्याइएको छ । जेनेरेटर नहुँदा स्वास्थ्य संस्थाले एक्सरे सेवासमेत प्रवाह गर्न सकेको छैन ।

अस्पतालको जेनेरेटर वाइन उद्योगमा, एक्स-रे सेवा बन्द

रुकुम : रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाले सञ्चालन गरेको नगर अस्पतालमा प्रभावकारी सेवा प्रवाह नहुँदा बिरामीहरु मर्कामा परेका छन्। केही समयअघि उद्घाटन गरिएको अस्पताल दिन प्रतिदिन बेहाल बन्दै गएको छ। प्रभावकारी विद्युत सेवा नहुँदा एक्स–रेलगायतका सेवाहरु पनि रोकिएका छन। अस्पतालमा प्रयोग भइरहेको जेनेरेटर नगरपालिकाकै...