बागमतीको सभामुख चयन गर्न २८ गते निर्वाचन

हेटौंडा : बागमती प्रदेशसभाको सभामुख र उपसभामुख चयन गर्न पुस २८ र २९ गते निर्वाचन हुने भएको छ। सोमबार प्रदेशसभा सचिवालयमा बसेको सर्वदलीय बैठकले सभामुख र उपसभामुख चयन गर्न पुस २८ र २९ गते निर्वाचन गर्ने सहमति गरेको हो। सर्वदलीय सहमतिअनुसार सभामुखको निर्वाचन पुस २८ गते र उपसभामुखको २९ गते निर्वाचन गर्ने दलहरूबीच सहमति भएको छ। बैठकले  निर्वाचनको लागि पुस २७ गते सभामुख र उपसभामुखको मनोनयन दर्ता तय गरेको छ।सभामुख र उपसभामुखको निर्वाचनको प्रस्ताव प्रदेशसभा बैठकमा पेश गरेर अन्तिम रूप

सम्बन्धित सामग्री

थाइल्याण्डमा नयाँ सभामुख चयन

थाइल्याण्डको राष्ट्रियसभाका पूर्वअध्यक्ष वान मुहम्मद नूर माथा मंगलबार प्रतिनिधिसभाको नयाँ सभामुखमा निर्वाचित भएका छन्। मुभ फर्वार्ड पार्टीका नेता पिता लिम्जारोएन्रातले वान नूरलाई संसदीय सत्रमा मनोनित भएपछि नवनिर्वाचित पाँच सय सदस्यीय सदनले आफ्नो नयाँ सभामुख, प्रथम उपसभामुख र द्वितीय उपसभामुख चयन गर्ने बाटो खुलेको हो । संसदमा सम्बोधन गर्दै नेता वान नूरले आफू राजनीतिक रूपमा तटस्थ […]

सुदूरपश्चिम सभा : सभामुख चयन प्रक्रियामा सकस, सरकारमाथि नै नैतिक संकट

धनगढी । सुदूरपश्चिम प्रदेश सभामा सत्तासाझेदार दलबीच बेमेल पैदा हुँदा सभामुख चयन गर्न समस्या भएको छ । नागरिक उन्मुक्ति पार्टी तटस्थ बस्दा प्रदेश सभामा दोस्रोपटक भएको निर्वाचनबाट पनि सभामुख चयन हुन सकेन । प्रदेश सभामा सात सिट रहेको उन्मुक्तिले मुख्यमन्त्रीमा गठबन्धनबाट एमालेका राजेन्द्रसिंह रावललाई समर्थन गरेको थियो । तर, सभामुख चयन प्रक्रियामा नागरिक उन्मुक्ति पार्टी […] The post सुदूरपश्चिम सभा : सभामुख चयन प्रक्रियामा सकस, सरकारमाथि नै नैतिक संकट appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

नागरिक उन्मुक्ति पार्टी तटस्थ बस्दा सुदूरपश्चिम प्रदेश सभामा सभामुख चयन अन्योलमा

काठमाण्डाै - सुदूरपश्चिम प्रदेश सभामा हिजो शनिवार पनि सभामुख चयन हुन सकेन । सभामुख चयनका लागि बिहीवार भएको मतदानमा कुनै पनि उम्मेदवारले आवश्यक मत ल्याउन नसकेपछि हिजो फेरि मतदान भएको हो । हिजोको मतदानमा सत्ता गठबन्धनका उम्मेदवार भीमबहादुर भण्डारीको पक्षमा २२ मतमात्र परेपछि सभामुख चयनसम्बन्धी प्रस्ताव अस्वीकृत भएको हो । सत्ता गठबन्धनको निर्णायक घटक नागरिक उन्मुक्तिका ७ जना सांसदहरु तटस्थ बसेपछि भण्डारीको पक्षमा बहुमत जुट्न नसकेको हो । ५३ सदस्यीय सुदूरपश्चिममा सभामुख निर्वाचित हुन २७ सांसद आवश्यक पर्छ । सत्ता गठबन्धनका तर्...

सुदूरपश्चिममा सभामुख चयन आज

काठमाण्डाै - सुदूरपश्चिम प्रदेश सभाको सभामुख चयन आज हुँदैछ । दिउँसो १ बजे चुनाव हुने प्रदेश सभा सचिवालयले जनाएको छ । सभामुख पदका लागि माओवादी केन्द्रका भीमबहादुर भण्डारी र नेपाली कांग्रेसबाट मानबहादुर रावल उम्मेदवार हुनुहुन्छ ।  भण्डारीलाई माओवादी केन्द्रका ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपाका एक जना सांसदको समर्थन छ । रावललाई कांग्रेससँगै एकीकृत समाजवादीका सांसदहरुले समर्थन गरेका छन् । ५३ सदस्यीय प्रदेश सभामा सभामुखमा विजयी हुन कम्तीमा २७ मत ल्याउनुपर्छ । कांग्रेसका १९, माओवादी...

अमेरिकामा नयाँ सभामुख चयन

अमेरिका । अमेरिकी प्रतिनिधिसभाले नयाँ सभामुख चयन गरेको छ । लामो गतिरोधपछि शनिबार बिहान कङ्ग्रेस सदस्य केभिन म्याकार्थीलाई सभामुखमा निर्वाचित गरिएको हो ।  क्यालिफोर्नियाका रिपब्लिकन म्याकार्थीले १५ औं चरणको मतदानमा  सभामुख बन्न पर्याप्त मत प्राप्त

अमेरिकामा ६ पटकको मतदानले पनि चयन गर्न सकेन सभामुख

अमेरिकी संसदको तल्लो सदन प्रतिनिधिसभा ६ पटक मतदान गर्दा पनि सभामुख चयन गर्न असफल भएको छ। सभामुख पदमा उम्मेदवार रिपब्लिकन पार्टीका नेता केभिन म्याकार्थीले ६ पटकको मतदानमा पनि बहुमत प्राप्त गर्न नसकेका हुन्।अमेरिकाको संसदीय इतिहासमा एक सय वर्षमा पहिलो पटक यस्तो घटना भएको बीबीसीले उल्लेख गरेको छ। सन् १९२३ मा पनि यस्तै घटना भएको थियो। बुधबार पटक–पटक भएको मतदानमा सभामुख चयन हुन नसकेपछि बिहीबार पुनः मतदान हुने भएको छ। गत नोभेम्बरमा सम्पन्न निर्वाचनमा प्रतिनिधिसभामा रिपब्लिकनले २२२ सिटमा जित

पुसभित्रै सभामुख चयन हुने

काठमाडौं, पुस २०। यही पुसभित्रै प्रतिनिधिसभाले नयाँ सभामुख पाउने पक्कापक्की भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा विश्वासको मत लिएलगत्तै सभामुख चुन्ने तयारी गरिएको हो । प्रतिनिधिसभा पहिलो बैठक २५ पुसमा बस्दै छ । संविधानको धारा ९१ मा प्रतिनिधिसभा पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुख निर्वाचन गर्नुपर्ने उल्लेख छ । सो समय […]

पुसभित्रै सभामुख चयन हुने

काठमाडौं । यही पुसभित्रै प्रतिनिधिसभाले नयाँ सभामुख पाउने पक्कापक्की भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा विश्वासको मत लिएलगत्तै सभामुख चुन्ने तयारी गरिएको हो । प्रतिनिधिसभा पहिलो बैठक २५ पुसमा बस्दै छ । संविधानको धारा ९१ मा प्रतिनिधिसभा पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुख निर्वाचन गर्नुपर्ने उल्लेख छ । सो समय आधार […] The post पुसभित्रै सभामुख चयन हुने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सुदूरपश्चिममा माघ २ गते सभामुख चयन गर्ने सर्वदलीय बैठकको निर्णय

१७ पुस, धनगढी । सुदूरपश्चिममा अगामी माघ २ गते सभामुख चयन गर्ने सहमति भएको छ । आइतबार ज्येष्ठ सदस्य मानबहादुर रावलको अध्यक्षतामा प्रदेशसभा सचिवालयमा बसेको बैठकले माघ २ गते सभामुख चयन गर्ने निर्णय गरेको हो । प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले सोमबार दिउँसो १ बजे बस्ने प्रदेशसभाको पहिलो बैठकमा सभामुख निर्वाचन सम्बन्धी कार्यतालिका प्रस्तुत […]