काठमाडौं : अभिनेता तथा निर्माता भुवन केसीलाई सरकारले चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले केसीलाई अध्यक्ष पदमा नियुक्ति गर्ने निर्णय गरेको हो।सरकारले मंगलबार अपराह्न पत्रकार सम्मेलन गरी मन्त्रिपरिषद् बैठकका निर्णय औपचारिक रूपमा सार्वजनिक गर्दै छ तर अध्यक्षमा केसीको नियुक्ति औपचारिक रूपमा घोषणा नहुँदै केहीले आपत्ति जनाएका छन्।केसीको नियुक्तिबारे आपत्ति जनाउँदै लेखिका अमृता लम्सालले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘बोल्यो भन