हेटौंडा : विवादबीच बागमती प्रदेशमा अन्ततः विद्युतीय बस चलाइने भएको छ।सोमबार बसेको संसद् बैठकबाट बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट बहुमतले पारित गरेसँगै अब विद्युतीय बस चल्ने भएको हो। आवश्यक पूर्वाधार तयार नगरी सरकारले बस खरिद गर्न लागेको भन्दै बजेटबाट बस खरिद कार्यक्रमलाई हटाउन प्रतिपक्ष दलहरूले माग गर्दै आएका थिए।बजेटबाट विद्युतीय बस खरिद कार्यक्रम हटाउन माग गर्दै प्रतिपक्षी दलहरूले पटकपटक संसद अवरुद्ध गर्दै आएका थिए। तर, संसदबाट सरकारको आगामी आर्थिक