काठमाडौं : पश्चिम अफ्रिकी देश घानामा शक्तिशाली विस्फोट हुँदा कयौँ मानिस मारिएका छन्।हिजो दिउँसो भएको विस्फोटमा सयौँ घरहरु ध्वस्त भएको र १७ जनाको शव फेला परेको अधिकारीहरुले जनाएका छन्। भत्किएका घरका भग्नावशेषबाट ५९ जनालाई घाइते अवस्थामा निकालिएको छ। घाइतेको अवस्था गम्भीर रहेकोले मृतकको संख्या बढ्न सक्ने स्थानीय प्रहरीले जनाएकाे छ। पश्चिमी घानाको बोगोसो र बावेडे सहरको बीचमा पर्ने अपाइते गाउँमा विस्फोटक पदार्थ भरिएको ट्रक मोटरसाइकलसँग ठोक्किँदा विस्फोट भएको हो। त्यहाँको राष्ट्रिय विपद व्य