खोप कार्ड हरायो ? यसरी लिनुस् प्रतिलिपि

आज माघ ७ गतेदेखि सबै सार्वजनिक निकायमा सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्य गरिएको छ। खोप कार्ड नभएकाहरुले  सार्वजनिक निकायमा सेवा प्राप्त गर्न सक्ने छैनन्। खोप कार्ड नभएकाहरुले आफ्नो खोप कार्डको फोटो मोबाइलमा देखाएर सेवा लिन सक्ने छन्  । सरकारले आज बाट यो ब्यबस्था लागु गरेको हो । जस अनुसार आजबाट भौतिक रुपमा उपस्थित भई गर्नु पर्ने कार्य जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी बढीमा २५ जना मात्र सहभागी हुने गरी सञ्चालन गर्नु पर्छ भने खोपको पूरा मात्रा लगाएका व्यक्तिहरु मात्र उपस्थित हुने गरी गर्नु पर्छ। आजबाट खोपको पूर्ण मात्रा लगाएका सेवाग्राहीलाई मात्र खोप कार्डको आधारमा होटेल तथा रेष्टुरेण्टमा प्रवेश गर्न दिने ब्यबस्था गरिएको छ।यदि तपाईंले खोप लगाइसक्नु भएको छ तर कार्ड हराएको छ खोप कार्डको प्रतिलिपिको ब्यबस्था गरिएको छ।दुवै मात्रा खोप लगाइसकेको भए दोस्रो मात्रा लगाएको खोप केन्द्र वा खोप लगाएको स्वास्थ्य संस्था भएको पालिकाको स्वास्थ्य शाखाबाट प्रतिलिपि लिन सकिने स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै जोन्सन एण्ड जोन्सन खोप लगाएको भए सोही केन्द्र वा खोप लगाएको स्वास्थ्य संस्था भएको पालिकाको स्वास्थ्य शाखाबाट प्रतिलिपि लिन सकिन्छ । पहिलो मात्रा खोप लगाएकाले खोप लगाएकै केन्द्र वा खोप लगाएको स्वास्थ्य संस्था भएको पालिकाको स्वास्थ्य शाखाबाट प्रतिलिपि लिन सकिन्छ।

सम्बन्धित सामग्री

कोभिडविरुद्धको खोप कार्ड हरायो ? यसरी लिन सकिन्छ प्रतिलिपी

कोभिडविरुद्धको खोप लगाइसकेका व्यक्तिले खोप कार्ड हराएमा खोप कार्डको प्रतिलिपी बनाउन पाउँने भएका छन् । खोप लगाएको स्वास्थ्य संस्था भएको पालिकाको स्वास्थ्य शाखाबाट खोप कार्ड लिन सकिने भएको हो । त्यस्तै दुवै मात्रा खोप लगाइसकेको भएमा दोस्रो मात्रा लगाएको खोप केन्द्रबाट पनि खोप कार्डको प्रतिलिपी लिन सकिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

खोप कार्ड हरायो? यसो गर्नुहोस्

काठमाडौं, माघ ५ । सरकारले यही माघ ७ गतेदेखि सार्वजनिकस्थलमा प्रवेश गर्नका लागि कोरोना भाइरस विरुद्धको खोप कार्ड अनिवार्य गरेको छ । सरकारले खोप कार्ड अनिवार्य गरेसँगै केही मानिसको खोप लगाएको कार्ड हराएकोले नयाँ प्रतिलिपि बनाउनुपर्ने हुन्छ । पहिले लगाएको खोप कार्डका आधारमा बुस्टर डोज दिइने भएकाले खोप कार्ड अनिवार्य नै चाहिन्छ । त्यसैले अब […]

खोप कार्ड हरायो? यसरी लिन सकिन्छ प्रतिलिपि

पहिलो दुवै मात्रा खोप लगाइसकेको भए दोस्रो मात्रा लगाएको खोप केन्द्र वा खोप लगाएको स्वास्थ्य संस्था भएको पालिकाको स्वास्थ्य शाखाबाट खोप कार्डको प्रतिलिपि लिन सकिने मन्त्रालयको भनाइ छ।

कोभिड–१९ विरुद्धको खोप कार्ड हरायो ? यसो गर्नुहोस्

सरकारले यही माघ ७ गतेदेखि सार्वजनिकस्थलमा प्रवेश गर्नका लागि कोरोना भाइरस विरुद्धको खोप कार्ड अनिवार्य गरेको छ । सरकारले खोप कार्ड अनिवार्य गरेसँगै केही मानिसको खोप लगाएको कार्ड हराएकोले नयाँ प्रतिलिपि बनाउनुपर्ने हुन्छ । पहिले लगाएको खोप कार्डका आधारमा बुस्टर डोज दिइने भएकाले खोप कार्ड अनिवार्य नै चाहिन्छ । त्यसैले अब खोप कार्ड हराए के गर्ने त ? स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हराएमा खोप कार्डको प्रतिलिपि उपलब्ध गराउने भएको छ । मन्त्रालयले सूचना जारी गर्दै तीन तरिकाबाट हराएको खोप कार्ड

कोरोनाको खोप कार्ड हरायो, के गर्ने ?

२७ पुस, काठमाडौं । कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले सार्वजनिक ठाउँमा कोरोना खोप कार्ड अनिवार्य गर्ने निर्णय गरेसँगै अब कार्ड खोज्नुपर्ने अवस्था आएको छ । झण्डै एक वर्षअघि नै खोप लगाइसकेका र विदेश आउजाउ गरिरहनु नपर्नेहरुको लागि नेपालमा यसअघि खोप कार्ड देखाइरहनु पर्ने आवश्यकता थिएन । जसले गर्दा धेरैको खोप कार्ड हराउने वा नासिने […]