काठमाडाैं : संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वायु सेवा निगमलाई निजीकरण गर्ने मन्त्रालयको कुनै योजना नरहेको स्पष्ट पारेको छ।मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै निगमलाई निजीकरण वा निजी कम्पनीमा रुपान्तरण गर्ने हालसम्म कुनै योजना नभएको बताएको हो।निगमको रणनीतिक सुधारका लागि भइरहेका कार्यलाई भ्रमपूर्ण सूचना सम्प्रेषण भइरहेको प्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। आजै पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले निगमलाई निजी कम्पनीलाई बिक्री गर्न लागेको भन्द