वायुसेवा निगम ६५ वर्षमा प्रवेश

काठमाडाैँ- राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले ६५ वर्षे यात्रा सुरु गरेको छ। सन् १९५८ जुलाई १ मा स्थापना भएको निगमले २८ सिट क्षमतायुक्त डोग्लस डिसी ३ डाकोटाबाट सेवा प्रारम्भ गरी ६४ वर्षे दौरानमा पछिल्लो पटक वाइडबडी ए ३३०-२०० सिरिजको विमान भित्र्याएर सेवा दिइरहेको छ। निगमले हाल अन्तराष्ट्रियतर्फ भारतको नयाँदिल्ली, बेङ्लोर र मुम्बई […]

सम्बन्धित सामग्री

नेपाल वायुसेवा निगम सुधारोन्मुख पथमा : पहिलो पटक कम्पनीलाई डिजी प्रमाणपत्र

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम सुधारोन्मुख पथमा देखिएको छ । कम्पनीले आफ्नो ६३ औँ वर्षीय व्यावसायिक यात्रामा केही सुधारात्मक सङ्केतहरू देखाएको हो । आर्थिक वर्ष २०७८/७९ को अन्तसम्ममा कम्पनीले आफ्नो व्यावसायिक तथा आय स्रोतहरूका क्षेत्रहरू बढाउँदै पौने २ अर्ब (१ अर्ब ७५ करोड रुपैयाँ) खातामा मौज्दात राख्न सफल भएको छ । आर्थिक वर्षको कार्त्तिक मसान्तसम्ममा निगमले विभिन्न खर्चबापत ओभर ड्राफ्टबाट भुक्तानी गरी कुल ५८ करोड ५ लाख ६५ हजार नगद मौज्दात रहेकोमा असार मसान्तसम्ममा सो मौज्द

नेपाल वायुसेवा निगम : ६ वर्षमा ६ नेतृत्व, संस्था धरासायी

राजनीतिक र आर्थिक स्वार्थमा एउटा सार्वजनिक संस्थालाई कुन हदसम्म दुरुपयोग गरिन्छ भन्ने नेपाल वायुसेवा निगम एउटा दृष्टान्त हुनसक्छ । संसारको आकाशमा चन्द्र–सूर्य अंकित झण्डा बोकेर उड्ने राष्ट्रिय ध्वजावाहक धरासायी बनाउने पात्र र प्रवृत्तिको विश्लेषण ।

सुधारको बाटोमा नेपाल वायुसेवा निगम

राजनीतिक हस्तक्षेपलगायत विविध कारणले विगतका केही वर्षदेखि आर्थिक रूपमा निकै कमजोर अवस्थामा पुगेको मुलुकको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम हाल सुधारको बाटोमा अघि बढेको देखिएको छ । निगमको पछिल्लो ६ महिनाको वित्तीय सूचकले निगम हाल केही आर्थिक अवस्था सुधारको बाटोमा अघि बढेको देखिएको हो । हाल आफूसँग भएका विमानको उपयोगिता, उच्च दरको सिट अकुपेन्सी एवं गन्तव्य विस्तारका कारण निगमको आर्थिक पक्ष सुदृढ बन्दै गएको निगमले जनाएको छ ।निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले हाल निगमको वित्तीय अवस्था स

अन्तर्राष्ट्रिय उडान बढाउँदै वायुसेवा निगम

कोभिड महामारी कम हुँदै गएसँगै नेपाल वायुसेवा निगम (नेवानि)ले रोकिएका अन्तर्राष्ट्रिय उडान सुरु गर्न थालेको छ । १ अप्रिलदेखि काठमाडौंबाट जापानको नारितामा साताको दुई उडान गर्न लागेको निगमले जनाएको छ । अहिले...

थलिएको वायुसेवा निगम सुधार्न नयाँ ‘बिजनेस प्लान’ बनाइँदै

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेवानि)मा पछिल्लो समय सुधारको पहल सुरु भएको छ । ४७ अर्बभन्दा बढी ऋण र दायित्व बोकेको निगमले अर्को महिनादेखि ऋण तिर्न थाल्ने कार्यकारी अध्यक्ष युवराज अधिकारीले...

वायुसेवा निगम र प्राधिकरणबीच कार्गो सामान ढुवानी सहयोग सम्झौता

काठमाडौं । मुलुकको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम र नेपाली विद्युत् प्राधिकरणबीच कार्गो सामान ढुवानीमा सहयोग गर्नेसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सोमबार वायुसेवा निगम र प्राधिकरणबीच प्राधिकरणको कार्गो (मालसामान) निगमको विमानमार्फत ढुवानी गर्ने सम्झौता भएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र पर्यटन सचिव […] The post वायुसेवा निगम र प्राधिकरणबीच कार्गो सामान ढुवानी सहयोग सम्झौता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

वायुसेवा निगम ‘माफिया’लाई दिन लागियो

भूपराज बस्याल, काठमार्डौँ । सरकारको स्वामित्वमा रहेको नेपाल वायुसेवा निगम ‘माफियालाई सुम्पन लागिएको’ भन्दै वायुसेवा निगमका कर्मचारीहरू विरोधमा उत्रिएका छन् । कर्मचारीले संयुक्त ट्रेड युनियन संघर्ष समिति बनाएर सरकारले चालेको कदमको विरोध गरेका हुन् । कर्मचारीहरूले कामचलाउ सरकारले हतार–हतारमा सरकारकी सम्पत्ति माफियालाई सुम्पन लागेको र नेपालको गौरवशाली इतिहास मेट्न खोजेको भन्दै यो कार्य तत्काल रोक्न […]

“वायुसेवा निगम सरकारी स्वामित्वमा नै रहिरहनुपर्छ”

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) पूर्णरुपमा सरकारको स्वामित्वमा नै रहिरहनुपर्छ भन्ने निगम व्यवस्थापनको धारणा कायम नै रहेको स्पष्ट पारेको छ । निगमलाई कम्पनी मोडलमा लगेर निजीकरण गर्न खोजेको भन्दै निगमका कर्मचारीले विरोध जनाउँदै सङ्घर्षमा उत्रेपछि उक्त विषयमा स्पष्ट गर्दै निगमले व्यवस्थापनका विभिन्न विकल्पमा छलफल मात्रै भएको स्पष्ट पारेको हो । निगमका महाप्रबन्धक डिमप्रसाद …

नेपाल वायुसेवा निगम पुनः संरचनामा विवादमा

काठमाडौं, असार २४ । सरकारी स्वामित्वमा रहेको नेपाल वायुसेवा निगम (नेवानी)को पुनः संरचनाको विषय विवादित बन्न पुगेको छ । सरकारले निगमलाई निजीकरण गर्ने आशय राखेर प्रबन्धपत्र बनाएको भन्दै निगममा कार्यरत कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन् । बुधवार निगमका जीएम पौडेलले प्रेस विज्ञप्ति जारी गर्दै निगम पूर्णरूपमा नेपाल सरकारको स्वामित्वमा रहनुपर्ने व्यवस्थापन पक्षको धारणा रहेको बताएका छन् […]