महोत्तरी जिल्लाको उत्तरीक्षेत्रमा धमाधम इनारहरु सुक्न थालेपछि खानेपानीको सङ्कट बढेको छ । खानेपानीको स्रोत इनारमात्र भएका जिल्लाका उत्तरी क्षेत्रको बर्दिवास नगरपालिकाका हाथीलेटको बिजयवस्ती, किसाननगर, बिजलपुरा, मनहरीपुर, हात्तीलेट, पशुपतिनगर, गौशाला नगरपालिकाका बेलगाछी, भरतपुर, लक्ष्मीनिंया र रामनगर एवम् भङ्गाहा नगरपालिकाका प्रेमनगर र रामनगरसहितका वस्तीमा धमाधम इनार र चापाकल सुक्नथालेपछि लाग्दो चैतको दोश्रो सातामा खानेपानीको सङ्कट बढेको हो…