नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका क्रममा थप एक संक्रमतिको मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि स्वास्थ्य अवस्था गम्भीर हुँदै गएकोले भेरी अस्पताल भर्ना रहनु भएका तुलसीपुर उपमहानगरपालिका–६ दाङका ३५ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।