धुन्चेमा वाणिज्य बैङ्कको शाखा स्थापना

राष्ट्रिय वाणिज्य बैङ्कले हिमाली जिल्ला रसुवाका स्थानीय बासिन्दालाई आफ्नो सेवा प्रदान गर्न  धुञ्चेमा शाखा विस्तार गरेको छ ।बैङ्कले करिब चार वर्ष अगाडि कालिकास्थानमा पहिलो शाखा स्थापना गरी सेवा सुरुआत गरेको थियो ।  नव निर्वाचित प्रदेशसभा सदस्य इन्द्रप्रसाद गोतामे तथा बैङ्क सञ्चालक समितिका सदस्य लक्ष्मण घिमिरे संयुक्त रुपमा  शनिबार बाणिज्य बैङ्क धुञ्चे शाखा कार्यालयको शुभारम्भ गरे ।  योसँगै बैङ्कले  सबैखाले कारोबार सेवा खुला समेत गरेको छ ।शाखाले उत्तरी क्षेत्रका लाङ्टाङ, ट

सम्बन्धित सामग्री

पोखरी बजारमा रावा बैंकको नयाँ शाखा

संखुवासभा चैनपुर नगरपालिका–३ स्थित पोखरी बजारमा राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा स्थापना भएको छ । आइतबार एक कार्यक्रमबीच कार्यक्रमका प्रमुख अतिथि सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुँयालले शाखा कार्यालयको उद्घाटन गरे । कार्यक्रमको...

धुञ्चेमा वाणिज्य बैंकको शाखा स्थापना

रसुवा- राष्ट्रिय वाणिज्य बैंकले हिमाली जिल्ला रसुवाका स्थानीय बासिन्दालाई आफ्नो सेवा प्रदान गर्न धुञ्चेमा शाखा विस्तार गरेको छ। बैंकले करिब चार वर्ष अगाडि कालिकास्थानमा पहिलो शाखा स्थापना गरी सेवा सुरुवात गरेको थियो। नवनिर्वाचित प्रदेशसभा सदस्य इन्द्रप्रसाद गोतामे तथा बैंक सञ्चालक समितिका सदस्य लक्ष्मण घिमिरे संयुक्त रूपमा शनिबार बाणिज्य बैंक धुञ्चे शाखा कार्यालयको शुभारम्भ गरे। योसँगै […]

एभरेष्ट बैंकको शाखा विस्तार

एभरेष्ट बैंकले पोखराको बिरौटामा नयाँ शाखा स्थापना गरेर सञ्चालनमा ल्याएको छ ।सो शाखाको राष्ट्रिय योजना आयोगका पूर्व सदस्य तथा योजानविद डा. गणेश गुरुङ र एभरेष्ट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विजयकुमार शर्माले संयुक्त रुपमा उद्घाटन गरेका छन् । समारोहमा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन प्रजापती, भारतीय पेन्सन क्याम्पका सह–महासेनानी शसांक त्रिपाठी, बैंकका गण्डकी प्रदेशका […]

खोटाङको रावाबेँसीमा राष्ट्रिय वाणिज्य बैंकको शाखा स्थापना

खोटाङ । रावाबेँसी गाउँपालिकाको केन्द्र हरमटारमा राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालय स्थापना गरिएको छ । हालसम्म दिक्तेलस्थित राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालयबाट बैंकिङ कारोबार गर्दै आएको गाउँपालिकाले आफ्नै प्रशासनिक भवनमा उक्त कार्यालय सञ्चालनमा ल्याएको हो । हरमटारस्थित गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवनमा स्थापना गरिएको वाणिज्य बैंकको शाखा कार्यालय लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी र बैंकका प्रमुख […]

एभरेष्ट बैंकको नयाँ शाखा बुढानिलकण्ठमा

एभरेष्ट बैंकले काठमाडौंको बुढानिलकण्ठमा आफ्नो १०५ औ शाखा स्थापना गरेर कारोबार सुरु गरेको छ ।एभरेष्ट बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत डा. सन्धिरकुमार र बुढानिलकण्ठ नगरपालिकाका वडा न.३ का वडाध्यक्ष बालकृष्ण श्रेष्ठले सो शाखाको संयुक्त रुपमा उद्घाटन गरेका छन् ।उद्घाटन समारोहमा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारी सदस्य दिपककाजी तुलाधर, एभरेष्ट बैंक बागमती प्रदेशका प्रादेशिक–प्रबन्धक सन्तोष भट्टराई, […]

गोर्खाज फाइनान्सको २५औ शाखा हेटौडामा

गोर्खाज फाइनान्सले हेटौडा उपमहानगरपालिका–४ मा २५औं शाखा कार्यालय स्थापना गरेर कारोबार सुरु गरेको छ । उक्त शाखाको नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अरुणराज सुमार्गी तथा गोर्खाज फाइनान्सका अध्यक्ष यादवचन्द्र राईले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।फाइनान्सले निःशुल्क डेविट कार्ड, इन्टरनेट बैंकिङ, एबिबिएस सेवा, चेक बुक, कनेक्ट आईपीएस तथा रेमिट्न्स सेवा दिँदै आएको छ ।हालसम्म […]

चार स्थानीय तहमा अझै पुगेनन् वाणिज्य बैंक

काठमाडौं। कुल ७५३ स्थानीय तहमध्ये चार स्थानीय तहमा अझै वाणिज्य बैंकका शाखा पुग्न नसकेको नेपाल राष्ट्र बैंकले बताएको छ। गर्भनर महाप्रसाद अधिकारीले प्राविधिक समस्या आउँदा तत्काल शाखा स्थापना गर्न नसकिएको बताए। हाल देशभरका ७४९ स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुगेका छन्। केन्द्रीय बैंकले सबै स्थानीय तहमा वाणिज्य बैंक पुर्‍याउने लक्ष्य लिएपछि तीव्र गतिमा शाखा खुल्न थालेका हुन्।

नेपाल बैंकको नयाँ शाखा दैलेखको नारायण नगरपालिकामा

नेपाल बैंक लिमिटेडले आफ्नो २०५औ शाखा दैलेख जिल्ला नारायण नगरपालिका–१ स्थित दैलेख बजारमा स्थापना गरेको छ ।नेपाल बैंक लिमिटेडका अध्यक्ष मधुकुमार मरासिनी तथा नारायण नगरपालिका प्रमुख रत्नबहादुर खड्काले संयुक्त रुपमा नयाँ शाखाको उदेघाटन गरे । कार्यक्रममा नगरपालिका प्रमुख रत्नबहादुर खड्का र दैलेख जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष कुलबहादुर बिकसमेत सहभागी थिए ।बैंकका अध्यक्ष मरासिनीले दैलेख […]

५७ शाखा स्थापना गर्न १४ वाणिज्य बैंकसँग साझेदारी

युकेएड सक्षमले कर्णाली प्रदेश तथा प्रदेश ५ र ७ का गाउँपालिकाहरूमा ५७ वटा नयाँ बैंक शाखा स्थापना गर्ने उद्देश्यले १४ वटा वाणिज्य बैंकसँग साझेदारी गरेको हो । बिहीबार विकेन्द्रीकरणको मर्मअनुरूप देशका सबै सात सय ५३ स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुर्याउने सरकारको लक्ष्यलाई समर्थन गर्ने युकेएड तथा सक्षमको उद्देश्यअनुरूप यी साझेदारी भएका हुन्।