५ भदौ, रौतहट । बर्दीमा रहेका नेपाल प्रहरीका एकजना प्रहरी नायव निरीक्षक *(सई) पदीय आचरण विपरीत सार्वजनिक स्थानमा अर्धनग्न नर्तकीहरुसँग नाचेको भिडियो सार्वजनिक भएपछि उनीमाथि कारबाहीको प्रक्रिया अघि बढाइएको छ । सई राजकिशोर साह बर्दीमै नाचेको भिडियो सार्वजनिक भएपछि उनको जिम्मेवारी खोसेर कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता सुनिल मल्लले जानकारी दिए […]