आशा लघुवित्त :  ब्याज आम्दानी ७१ प्रतिशत बढ्दा नाफा जम्मा १७ प्रतिशत बढ्यो

२४ वैशाख, काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाको खुद ब्याज आम्दानी ७१ प्रतिशतले बढ्दा पनि  खुद नाफा भने जम्मा १७ प्रतिशत बढेको छ । कम्पनीको खुद ब्याज आम्दानी चालु आवको तेस्रो त्रैमासमा ३१ करोड ६२ …

सम्बन्धित सामग्री

आशा लघुवित्तको नाफासँगै घट्यो प्रतिशेयर आम्दानी, अन्य सूचक कस्ता ?

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेड (Asha Laghuibitta Bittiya Sanstha Ltd.) ले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा (Net Profit) गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ७३ दशमलव २४ प्रतिशत घटेको छ । कम्पनीले गत आवमा रू. १२ करोड ३४ लाख नाफा (Profit) कमाएकोमा चालू आवमा रू. ३ करोड ३० लाखमा झरेको हो । चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी घटेकाले र इम्पेरिमेन्ट चार्ज बढेकाले नाफा घटेको हो । गत आवको तुलनामा चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी २८ प्रतिशत घटेको छ । त्यस्तै कम्पनीको इम्पेरिमेन्ट चार्ज गत आवमा रू. ५९ लाख ४२ हजार रहेकोमा चालू आवमा बढेर रू. ४ करोड ९ लाख पुगेको छ । इम्पेरिमेन्ट चार्ज बढेसँगै कम्पनीको सञ्चालन नाफा ७३ दशमलव २८ प्रतिशत घटेको हो ।  कम्पनीको नाफा घटेसँगै प्रतिशेयर आम्दानी पनि घटेको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी ४९ रुपैयाँ ३० पैसा ( वार्षिक)  रहेकोमा चालू आवमा ११ रुपैयाँ ५५ पैसामा झरेको छ । चुक्ता पूँजी (Paid up Capital) रू. ३८ करोड १६ लाख रहेको कम्पनीले जगेडामा रू. १४ करोड ६ लाख र रिटेन्ड अर्निङमा रू. ३ करोड ३७ लाख सञ्चिति गरेको छ ।  कम्पनीले रू. २ अर्ब ६९ करोड सापटी लिई रू. १ अर्ब ८८ करोड भन्दा बढी निक्षेप संकलन गरेर रू. ५ अर्ब १८ करोडभन्दा बढी कर्जा लगानी गरेको छ । चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीको वितरणयोग्य नाफा रू. २ करोड ४६ लाख छ । त्यस्तै कम्पनीको मूल्य आम्दानी अनुपात ६४ दशमलव ९४ गुणा र प्रतिशेयर नेटवर्थ रू. १४५ दशमलव ७० छ ।  रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोला

आशा लघुवित्तको नाफा १२.४१ प्रतिशत बढ्यो

वैशाख ८, काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आवको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण बिहीवार सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीको खुद नाफा १२ दशमलव ४१ प्रतिशत बढेको छ ।  गत आर्थिक वर्षको चैत मसान्तसम्ममा रू. १० करोड ६७ लाख रहेको कम्पनीको नाफा चालू आवको सोही अवधिमा बढेर रू. १२ करोड १४ हजार पुगेको छ । कम्पनीको सञ्चालन मुनाफा १३ दशमलव शून्य ७ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले तेस्रो त्रैमासमा रू. १७ करोड ५४ लाख सञ्चालन मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा यो कम्पनीले सञ्चालन मुनाफा १५ करोड ५१ लाख रूपैयाँ आर्जन गरको थियो ।  एक वर्षको अवधिमा कम्पनीको जगेडा कोषमा ४२ दशमलव २२ प्रतिशत रकम बढेको छ । गत आवको तेस्रो त्रैमासम्म कम्पनीको जगेडा कोषमा १५ करोड ३५ लाख रुपैयाँ थियो भने चालू आवको सोही अवधिमा उक्त कोषमा २१ करोड ८३ लाख रुपैयाँ कायम भएको छ ।   समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ३१ दशमलव ८७ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी २५ दशमलव शून्य २ प्रतिशत बढेको छ ।  कम्पनीको खराब कर्जा २ दशमलव ९२ प्रतिशत छ । वित्तीय विवरण अनुसार हाल यो कम्पनीको प्रतिशेयर आम्दानी (वार्षिकीकरण) ४७ दशमलव ९२ प्रतिशत, मूल्य आम्दानी अनुपात २७ दशमलव ७५ गुणा छ भने प्रतिशेयर नेटवर्थ १६५ रुपैयाँ ४० पैसा छ ।  हाल कम्पनीको चुक्तापूँजी ३३ करोड ३९ लाख रुपैयाँ रहेको छ । एक वर्षको अवधिमा कम्पनीको चुक्तापूँजी २५ प्रतिशतले वृद्धि भएको हो । गत वर्षको चैतसम्ममा यो कम्पनीको चुक्तापूँजी २६ करोड ७१ लाख रुपैयाँ थियो ।