काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेड (Asha Laghuibitta Bittiya Sanstha Ltd.) ले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा (Net Profit) गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ७३ दशमलव २४ प्रतिशत घटेको छ ।
कम्पनीले गत आवमा रू. १२ करोड ३४ लाख नाफा (Profit) कमाएकोमा चालू आवमा रू. ३ करोड ३० लाखमा झरेको हो । चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी घटेकाले र इम्पेरिमेन्ट चार्ज बढेकाले नाफा घटेको हो । गत आवको तुलनामा चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी २८ प्रतिशत घटेको छ ।
त्यस्तै कम्पनीको इम्पेरिमेन्ट चार्ज गत आवमा रू. ५९ लाख ४२ हजार रहेकोमा चालू आवमा बढेर रू. ४ करोड ९ लाख पुगेको छ । इम्पेरिमेन्ट चार्ज बढेसँगै कम्पनीको सञ्चालन नाफा ७३ दशमलव २८ प्रतिशत घटेको हो ।
कम्पनीको नाफा घटेसँगै प्रतिशेयर आम्दानी पनि घटेको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी ४९ रुपैयाँ ३० पैसा ( वार्षिक) रहेकोमा चालू आवमा ११ रुपैयाँ ५५ पैसामा झरेको छ । चुक्ता पूँजी (Paid up Capital) रू. ३८ करोड १६ लाख रहेको कम्पनीले जगेडामा रू. १४ करोड ६ लाख र रिटेन्ड अर्निङमा रू. ३ करोड ३७ लाख सञ्चिति गरेको छ ।
कम्पनीले रू. २ अर्ब ६९ करोड सापटी लिई रू. १ अर्ब ८८ करोड भन्दा बढी निक्षेप संकलन गरेर रू. ५ अर्ब १८ करोडभन्दा बढी कर्जा लगानी गरेको छ । चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीको वितरणयोग्य नाफा रू. २ करोड ४६ लाख छ ।
त्यस्तै कम्पनीको मूल्य आम्दानी अनुपात ६४ दशमलव ९४ गुणा र प्रतिशेयर नेटवर्थ रू. १४५ दशमलव ७० छ ।
रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोला