दक्षिण अमेरिकी देश पेरुमा पुरातत्वविदले एक समाधिस्थल उत्खननका बेला १३ सय वर्ष पुरानो चिहानको खोजी गरेको छ । पुरातत्वविदले उत्तरी लीमामा उत्खनन गरिरहेका बेला उनीहरुले वारी साम्राज्यको एउटा प्राचीन चिहान भेटे । उक्त चिहान त्यतिबेलाका एक उच्च दर्जाका व्यक्तिको थियो । उनलाई ‘लर्ड अफ ह्युआर्मे’ भनिन्थ्यो ।उक्त चिहानमा अन्य ६ व्यक्तिको अवशेष पनि भेटिएको छ । यिनीहरुलाई अर्कै ठाउँबाट ल्याएर पछि त्यहाँ राखिएको जस्तो देखिन्छ । उक्त चिहानमा चार वयस्क – सम्भवतः दुई महिला, दुई पुरुष–
समुद्रको गहिराइमा इतिहास खोज्ने पुरातत्वविद्हरूले उत्तरी जर्मनीमा ४ सय वर्ष पुरानो जहाजको भग्नावशेष फेला पारेका छन्। यो कार्गो जहाजको भग्नावशेष हो, जुन लगभग डुबेको थियो । जहाजमा चूनाको ब्यारेलहरू थिए, जुन शताब्दीयौं अघि ढुङ्गा बनाउने उद्योगमा प्रयोगको लागि ढुवानी गरिएको हुन सक्छ । जहाज एक दुर्लभ खोज हो । यो ह्यान्सेटिक कालसँग सम्बन्धित छ। यस […]
काठमाडौं, पुष ७ । पाटन दरवार क्षेत्रमा करिब १४ सय वर्ष पुरानो लिच्छवीकालिन शिलालेख भेटिएको छ । ढल बनाउने क्रममा भीमसेन मन्दिर अगाडीे बौद्ध राज विहार उल्लेख भएको महासामन्त अंशुवर्माको पालाको शिलापत्र प्राप्त भएको हो । ६ फिट लामो अभिलेखमा बौद्ध धम्मचक्र र श्रावक मृग कुंदिएको छ । लिच्छवी संवत ५३६ प्रष्ट उल्लेख भएको अभिलेखमा […]
चीनमा २२ वर्ष पुराना तामाका दुईवटा बुद्ध मूर्ति पुरातत्त्वकर्मीहरूले फेला पारेका छन् ।
ईस्टर्न हान राजवंशको पालाका प्राचीन चिहानबाट यी मूर्तिहरू फेला परेका हुन् ।
शाक्यमुनि भनी चिनिने एक मूर्ति लामो चोगा लगाएर एउटा मञ्चमा उभिएको अवस्थामा देखिन्छ भने अर्को मूर्तिले पाँच तथागतलाई देखाएको छ ।
चीनमा यसअघि फेला परेका बुद्ध मूर्तिभन्दा यी मूर्तिहरू २०० वर्ष पुराना छन् । गान्धार शैलीमा मूर्तिहरू बनाइएका हुन् । हालको उत्तरपश्चिम पाकिस्तान र पूर्वी अफगानिस्तान क्षेत्रमा ईसापूर्व सातौं शताब्दीदेखि ईसाको पहिलो शत...
काठमाडौँ – झण्डै ४० वर्ष पहिले नेपालबाट चोरी भएको भगवान बुद्धको मूर्ति अमेरिकाको एक गैरसकारी कला–संस्कृतिसम्बन्धी संग्रहमा फेला परेको छ। कम्तीमा ६ सय वर्ष पुरानो (१३–१५ औँ शताब्दीको) भगवान बुद्धको ढुंगाको मूर्ति अमेरिकाको न्यूयोर्कमा रहेको तिब्बत हाउसको संग्रहमा फेला परेको हो। नेपालबाट हराएका वा चोरी भएका पुरातात्विक महत्वका सम्पदाको पहिचानमा सक्रिय रहँदै आएको ‘लस्ट आर्टस् […]
काठमाडौँ – नेपालबाट चोरी भएको चार सय वर्ष पुरानो पुरातात्विक महत्वको मूर्ति अमेरिकाको एक निजी ग्यालरीमा भेटिएको छ। काठमाडौँको ओटु टोलमा रहेको ओटु बहालबाट सन् १९८० को दशकमा चोरी भएको दाताको मूर्ति बरकत ग्यालरीको अमेरिकी शाखामा भेटिएको हो। नेपालबाट हराएका वा चोरी भएका पुरातात्विक महत्वका सम्पदाको पहिचानमा सक्रिय रहँदै आएको ‘लस्ट आर्टस् अफ नेपाल’ ले […]
३० कात्तिक, काठमाडौं । इजिप्टमा ४५ सय वर्ष पुरानो मन्दिर फेला परेको छ । प्राचीन मन्दिर उत्खनन् गरेका पुरातत्वविद्ले हराएको ठानिएकामध्येको एक ‘सूर्य मन्दिर’ फेला परेको अनुमान गरेका छन् । राजधानी कायरोबाट १२ माइल टाढा अबु घुराबमा रहेको एक मन्दिरमुनि ४५ सय वर्ष पुरानो मन्दिरका भग्नावशेष फेला परेको वार्सास्थित पोलिस एकेडेमी अफ साइन्सेस इन्स्टिच्युट फर […]
इजरायलको उत्तरी क्षेत्रमा ९०० वर्ष पुरानो एक तरवार फेला परेको छ। स्लोमी कटजीनले फेला पारेको एक मिटर लम्बाइ भएको उक्त तरबार इजरायली अधिकारीहरुलाई हस्तान्तरण गरिएको छ। इजरायलको एन्टिक्विटिज अथोरिटी (आइएए)ले उक्त तरबार सफा गरेर विश्लेषण गरिसकेपछि प्रदर्शनमा राखिने जनाएको छ। करिब ९ सय वर्षअघि भएको क्रुसेडर युद्धको समयमा उक्त तरबार क्रुसेडर सैनिकले प्रयोग गरेको आइएएले […]
एजेन्सी, २ कात्तिक । इजरायलमा ९ सय वर्ष पुरानो तरबार समुन्द्रको पींधमा फेला परेको छ । एकजना पौडीवाजले एक मिटर लम्बाईको तरबार भेटेका हुन् । स्लोमी काटजिनले भेटिएको तरबार इजरायली अधिकारीहरुलाई हस्तान्तरण गरेका छन् । तरबार समुन्द्रको पींधको बालुवामाथि थियो । तरबारलाई सफा गरेर प्रदर्शनका लागि राखिने बताइएको छ ।