९ सय वर्ष पुरानो तरबार इजरायलको समुन्द्री पींधमा भेटियो

एजेन्सी, २ कात्तिक । इजरायलमा ९ सय वर्ष पुरानो तरबार समुन्द्रको पींधमा फेला परेको छ । एकजना पौडीवाजले एक मिटर लम्बाईको तरबार भेटेका हुन् । स्लोमी काटजिनले भेटिएको तरबार इजरायली अधिकारीहरुलाई हस्तान्तरण गरेका छन् । तरबार समुन्द्रको पींधको बालुवामाथि थियो । तरबारलाई सफा गरेर प्रदर्शनका लागि राखिने बताइएको छ ।

सम्बन्धित सामग्री

इजरायलमा भेटियो नौ सय वर्ष पुरानो तरवार

इजरायलको उत्तरी क्षेत्रमा ९०० वर्ष पुरानो एक तरवार फेला परेको छ। स्लोमी कटजीनले फेला पारेको एक मिटर लम्बाइ भएको उक्त तरबार इजरायली अधिकारीहरुलाई हस्तान्तरण गरिएको छ। इजरायलको एन्टिक्विटिज अथोरिटी (आइएए)ले उक्त तरबार सफा गरेर विश्लेषण गरिसकेपछि प्रदर्शनमा राखिने जनाएको छ। करिब ९ सय वर्षअघि भएको क्रुसेडर युद्धको समयमा उक्त तरबार क्रुसेडर सैनिकले प्रयोग गरेको आइएएले […]