अहिलेको चुनावले राजनीतिक दलको मूलधार स्थापित हुनुपर्छ भन्नुका साथै मूलधारको राजनीतिबाट अब नयाँ र युवा मतदाताको अपेक्षा पूरा हुँदैन त्यसकारण यसको विकल्प खोज्नुपर्छ भन्ने सन्देश दिएको छ । लामो समय राजनीति गरेका दलभन्दा आवाजमात्र भए पनि युवा तथा नागरिकको एजेण्डा बोकेको दलहरुले पनि उल्लेख्य मत पाएको देख्दा अहिलेको सन्दर्भमा राजनीतिक दलहरुले नागरिकको भावना बोक्नुपर्छ भन्ने मान्यता यो चुनावले स्थापित गरेको छ ।
२०४८, ०५१, ०५६, ०६४, ०७०, ०७४ र अहिलेको चुनावलाई हेर्दा मतदाता अस्थिर देखिन्छन् । यसको कारण के हो भने मतदात...