सिन्धुपाल्चोक र नुवाकोटका ४ सय ५९ विपद् प्रभावित परिवारलाई राहत उपलब्ध गराइने

बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मनसुनजन्य विपद् प्रभावित निजी आवास पुनर्निमाण तथा पुनःस्थापनाका लागि दुई जिल्लालाई करीब २ करोड दिने निर्णय गरेको छ। आन्तरिक मामिला तथा कानुन मन्त्री डा....

सम्बन्धित सामग्री

विपद् प्रभावित आठ जिल्लामा राहत उपलब्ध गराउन गृह मन्त्रालयले खटायो आठ सहसचिव

गृह मन्त्रालयले भारी वर्षाका कारण प्रभावित आठ जिल्लामा यथोचित राहत उपलब्ध गराउनका लागि थप समन्वय र सहजीकरण गर्न कार्यदल गठन गरेको छ । आठ जना सहसचिवको संयोजकत्वमा बाढी–पहिरो प्रभावित काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक र धादिङ गरी आठ जिल्लाका लागि कार्यदल गठन भएको हो । काठमाडौंमा गोविन्द प्रसाद रिजाल, ललितपुरमा...

प्राकृतिक विपद्पीडितलाई सरकारले रू. ५ लाखसम्म सहयोग गर्ने

काठमाडौं । प्राकृतिक प्रकोपबाट विस्थापित सबै परिवारलाई राहत, पुनर्निर्माण र पुनःस्थापनाका लागि सरकारले रू. ५ लाखसम्म सहयोग गर्ने भएको छ । सरकारले विपद् प्रभावित निजी आवास पुनर्निर्माण तथा पुनःस्थापना अनुदान कार्यविधि २०७७ अनुसार हिमाली जिल्लामा प्रतिपरिवार ५ लाख, पहाडी जिल्लामा ४ लाख र तराईका जिल्लामा ३ लाख सहयोग किस्ताबन्दीमा दिनेछ । उपप्रधान तथा गृहमन्त्री विष्णुप्रसाद पौडेलले आइतवार राष्ट्रिय सभामा बोल्दै तत्काल अस्थायी बसोवासको व्यवस्था गर्न प्रतिपरिवार ५० हजारका दरले २ करोड ८६ लाख रुपैयाँ जिल्ला प्रशासन कार्यालयहरूबाट प्रभावित परिवारलाई उपलब्ध गराउने प्रक्रिया अघि बढाइएको जानकारी दिएका छन् । यस वर्षको मनसुन शुरू भएयता मुलुकका विभिन्न स्थानमा विपद्का कारण पुगेको क्षतिबारे सभालाई जानकारी गराउँदै सरकारले तत्काल उद्धार, राहत र पुनःस्थापनाका लागि सरोकारवालाहरूसँग समन्वय गरी आवश्यक निर्देशन गरेको पनि बताए । गृहमन्त्री पौडेलका अनुसार यसपालिको वर्षायाम शुरू भएयता ५७२ ओटा घरमा पूर्ण क्षति भई परिवार विस्थापित भएका छन् भने ११२ घरमा आंशिक क्षति भएको छ । त्यस्तै बाढीपहिरोले विभिन्न ३६ ओटा सरकारी भवन र नौओटा विद्यालय क्षतिग्रस्त भएका छन् । सिन्धुपाल्चोक जिल्लाका ७, मनाङका २, चितवनमा २, तनहुँमा १, मोरङमा १, उदयपुरमा १ र सिराहामा १ गरी १५ ओटा मोटरेबल पक्की पुलमा क्षति पुगेको छ । मनाङमा ५ ओटा मोटरेबल काठेपुल बगेका छन् । सिन्धुपाल्चोकमा १४, मनाङमा ७, र मर्स्याङ्दी नदीमा २ ओटा गरी २३ ओटा झोलुंगे पुल बगेका छन् । मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्ससम्म जाने पहुँचमार्ग र पुलमा क्षति पुगेको छ । हेडवक्र्समा भएको क्षतिको यकिन गरी मर्मत सम्भारको काम शुरू गरिसकेको मन्त्री पौडेलले बताए । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सिन्धुपाल्चोकमा तत्काल २ ओटा बेलिब्रिज निर्माण गरेर अवरुद्ध सडक खुलाउन पहल शुरू गरिसकेको उनको भनाइ छ । देशभरका विभिन्न साना ठूला गरी ४३ ओटा खानेपानी आयोजनामा क्षति पुगेको छ भने कास्की, मनाङ, सिन्धुपाल्चोकलगायत विभिन्न जिल्लाका २५ ओटा जलविद्युत् आयोजनामा आंशिक क्षति पुगेको छ । सबै प्रदेश र जिल्लाको हालसम्म भएको कुल क्षतिको विवरण आउन बाँकी रहेको र सम्बद्ध निकायबाट क्षतिको विवरण माग गरिएको पनि उनले बताए । सरकारका अनुसार गतवर्षको मनसुनबाट क्षति भएका विभिन्न जिल्लाका ३ हजार ९ सय ४९ परिवारहरूलाई पहिलो किस्ताबापत प्रतिपरिवार ५० हजार रुपैयाँका दरले १९ करोड ९७ लाख रुपैयाँ अनुदान प्रदान गरी पुनर्निर्माणको काम शुरू गरिएको छ ।