सीडीइएनद्वारा आविष्कार केन्द्रलाई सहयोग

सेन्टर फर डेमोक्रेटिक इन्जिनियर नेपाल (सीडीइएन)ले राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरेको छ । सीडीइएनले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आविष्कार केन्द्रलाई १ लाख १ हजार १०१ रूपैयाँ सहयोग गरेको हो । सीडीइएनका अध्यक्ष उमेशप्रसाद थानीले महाविर पुनलाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।केन्द्रले अक्सिजन उत्पादक कम्पनीमा आइपरेका प्राविधिक समस्या समाधान गर्ने काम गरिरहेको छ […]

सम्बन्धित सामग्री

राष्ट्रिय आविष्कार केन्द्रलाई विज्ञान विषय अध्ययनरत विद्यार्थीको सहयोग

१५ पुस, धरान । राष्ट्रिय आविष्कार केन्द्रलाई धरानस्थित युएन कलेजमा विज्ञान विषय अध्ययनरत विद्यार्थीले आर्थिक सहयोग गरेका छन् । कलेजका कक्षा ११ र १२ मा अध्ययनरत विज्ञान संकायका ५० विद्यार्थीले शुक्रबार ५० हजार रुपैयाँ आर्थिक सहयोग गरे । कलेजका प्राध्यापक तथा युएन नवोदय हेल्पिङ हेन्डका संयोजक रामबहादुर लिम्बूसँगै आविष्कार केन्द्र पुगेका विद्यार्थीले केन्द्रका अध्यक्ष डा.महावीर […]

राष्ट्रिय आविष्कार केन्द्रद्वारा थबाङमा अक्सिजन मिनी प्लान्ट स्थापना

रोल्पा । रोल्पाको थबाङ आइसोलेशन सेन्टरमा अक्सिजन मिनी प्लान्ट जडान गरिएको छ । राष्ट्रिय आविष्कार केन्द्र, कीर्तिपूरले थबाङ गाउँपालिकाद्वारा सञ्चालित कोभिड–१९ आइसोलेशन सेन्टरमा  अक्सिजन प्लान्ट निःशुल्क जडान गरिदिएको गाउँपालिका अध्यक्ष बीरबहादुर घर्तीले जानकारी दिए । १९ लाख ७४ हजार रुपैयाँ लागतको अक्सिजन मिनी प्लान्ट राष्ट्रिय आविष्कार केन्द्र कीर्तिपुरका बायोमेडिकल इन्जिनियर उमेश राई लगायतको टिमले जडान गरेर गाउँपालिकालाई हस्तान्तरण गरेको छ । अक्सिजन प्लान्ट ग्रहण गर्दै गाउँपालिका अध्यक्ष घर्तीले भौगोलिक हिसाबले विकट रहेको थबाङमा आविष्कार केन्द्रले अक्सिजन प्लान्ट निःशुल्क जडान गरिदिएको भन्दै केन्द्रप्रति कृतज्ञता व्यक्त गरे । ‘कोभिडका कारण समस्यामा रहेको अवस्थामा आविष्कार केन्द्रबाट प्राप्त सहयोग निकै महŒवपूर्ण छ,’ उनले भने । विद्युत् आपूर्ति नभएको समयमा विकल्पको रूपमा ४७ लिटरका दुईओटा अक्सिजन सिलिन्डर स्वचालित रूपमा सञ्चालन हुनेगरी अक्सिजन मिनी प्लान्ट जडान गरिएको हो । यस्तो अक्सिजन मिनी प्लान्ट हुने थबाङ नै पहिलो रहेको राष्ट्रिय आविष्कार केन्द्रका बायोमेडिकल इन्जिनियर राईले बताए । कोरोना महामारीको समयमा थबाङमा अक्सिजन प्लान्ट जडान गर्न थबाङ–२ का महेश कालामगर, उमेश बुढामगरले विशेष पहल गरेका थिए । साथै आविष्कार केन्द्रका किशोर रिमाल र दानबहादुर घर्तीसँग थबाङ गाउँपालिका स्वास्थ्य शाखाले समन्वय गरेपछि मिनी प्लान्ट स्थापना हुन सकेको गाउँपालिका स्वास्थ्य शाखा संयोजक तुलबहादुर पुनले बताए । जडित अक्सिजन मिनी प्लान्टबाट प्रतिमिनेट ६५ लिटर अक्सिजन उत्पादन हुनेछ । यसअघि केन्द्रले स्याङ्जा, गोरखा, खोटाङ, सल्यान र कैलालीमा अक्सिजन मिनी प्लान्ट निर्माण गरिसकेको छ । गाउँपालिकाद्वारा २० बेडको आइसोलेशन सेन्टर सञ्चालनमा रहेको छ । ११ ओटा बेडमा उक्त अक्सिजन मिनी प्लान्टबाट अक्सिजन प्रवाह गर्न सकिने बताइएको छ । यसअघि केन्द्रले थबाङ आइसोलेशनलाई ५ लिटर क्षमताका ५ ओटा अक्सिजन कन्सन्ट्रेटर र पहिलो लहरको कोरोनाकालमा ८ थान पिपिई सेट सहयोग गरेको थियो ।

राष्ट्रिय आविष्कार केन्द्रले दियो स्वास्थ्य मन्त्रालयलाई ५० थान भेन्टिलेटर

राष्ट्रिय आविष्कार केन्द्रले सरकारलाई ५० थान भेन्टीलेटर सहयोग हस्तान्तरण गरेको छ । ग्राडियन हेल्थ सिस्टम युएसएले प्रदान गरेको ५० थान भेन्टीलेटरलाई राष्ट्रिय आविष्कार केन्द्र र अमेरिका–नेपाल मेडिकल फाउन्डेसनको सहकार्यमा नेपाल ल्याइ सोमवार अमेरिका–नेपाल मेडिकल फाउन्डेशनका अध्यक्ष डा. भुपेन्द्र बस्नेत र राष्ट्रिय आविष्कार केन्द्रका बोर्ड सदस्य हरिकुमार सिलवालले स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङलाई हस्तान्तरण गरेका हुन् ।  सहयोगस्वरुप प्रदान गरिएको भेन्टीलेटर स्वास

आविष्कार केन्द्र र उद्योग संगठनबीच सहकार्य हुने

विराटनगर (अस) । उद्यमशीलता विकास तथा उत्पादकत्व अभिवृद्धिका लागि नवप्रवर्तनात्मक सोचलाई व्यावसायिक उद्यमशीलतामा रूपान्तरण गर्न उद्योग संगठन मोरङ र राष्ट्रिय आविष्कार केन्द्रबीच सहकार्य हुने भएको छ । उद्योग व्यवसायको उत्पादकत्व एवं प्रभावकारिता बढाई उत्पादन लागत कम गर्न केन्द्रसँगको सहकार्यले सहयोग पुग्ने उद्योग संगठनका अध्यक्ष सुयश प्याकुरेलले बताए । सम्भावित लगानीकर्ताको खोजी गर्नुका साथै नवीनतम सोचहरूलाई प्रोत्साहित गर्ने उद्देश्यले संगठनले स्टार्टअप तथा इनोभेशन समितिको स्थापना गरेको प्याकुरेलले जानकारी दिए । समितिमा राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनलाई प्रमुख सल्लाहकारमा मनोनीत गरी केन्द्रका साथ सहकार्य अघि बढाइएको उनले बताए । केन्द्रका अध्यक्ष पुनले नेपालको सन्दर्भमा आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गरी व्यापार घाटा कम गर्न सबै प्रकारका नवीन व्यावसायीक प्रविधिको उपयोग आजको आवश्यकता रहेको बताए । अनुसन्धानका लागि गर्नुपर्ने खर्च व्यवस्थापनका लागि राज्यले कुल गार्हस्थ्य उत्पादनको कम्तीमा १ प्रतिशत रकम छुट्ट्याई कोष स्थापना गर्नुपर्ने र आवश्यक नीति, नियम र कार्यविधि बनाई तत्काल काम गर्नुपर्नेमा उनले जोड दिए । त्यसैगरी उद्योग व्यवसायका साथै बंैकिङ क्षेत्रले सामाजिक उत्तरदायित्व अन्तर्गत छुट्ट्याएको १ प्रतिशत रकमबाट नवप्रवर्तनको क्षेत्रमा खर्च गर्न पाउनुपर्ने कानूनी व्यवस्थाका लागि पहल गर्नुपर्ने माग उनले गरे । संगठनका कार्यसमिति सदस्य तथा स्टार्टअप तथा इनोभेशन समितिका संयोजक सुरेन्द्र गोल्छाले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै नयाँ प्रविधिको विकास, क्षमता भएर पनि आर्थिक अभावमा प्रवद्र्धन हुन नसकेका नवीनतम अवधारणालाई संगठनले सहयोग पुर्‍याउने बताए । संगठनका निवर्तमान अध्यक्ष भीम घिमिरेले देशलाई आर्थिक रूपमा सबल र सक्षम बनाउन आविष्कारका कार्यलाई बढावा दिँदै यस क्षेत्रमा सबैले सहयोग पु¥याउनुपर्नेमा जोड दिए । वरिष्ठ उपाध्यक्ष प्रदीप मुरारकाले उद्योग कलकारखानामा प्रयोग हुने सानोभन्दा सानो मिल मेशिनरी पार्टपुर्जा औजार आदिका लागि समेत आयातमा भर पर्नुपर्ने अवस्था अन्त्यका लागि नवीन खोज, वैज्ञानिक अनुसन्धान उपयोगमा काम गर्नुपर्ने बताए ।

ज्योति विकास बैंकद्वारा २ अस्पताललाई बेबी वार्मर प्रदान

ज्योति विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत महाकाली अस्पताल र प्युठान जिल्ला अस्पताललाई एक-एक थान बेबी वार्मर प्रदान गरेको छ। महाकाली अस्पताल र प्युठान जिल्ला अस्पतालमा आयोजित कार्यक्रममा राष्ट्रिय आविष्कार केन्द्र र ज्योति विकास बैंकद्वारा संयुक्तरुपमा सो बेबी वार्मर प्रदान गरिएको हो। बेबी वार्मरले नवजात शिशुको शारीरिक तापक्रम उचित बनाई राख्न सहयोग गर्दछ।   महाकाली अस्पतालमा आयोजित एक कार्यक्रममा ज्योति विकास बैंकका तर्फबाट महेन्द्रनगर शाखाका शाखा प्रबन्धक लक्ष्मण सिंह चोख्

ज्योति विकास बैंकद्वारा मध्यबिन्दु जिल्ला अस्पताललाई बेबी वार्मर सहयोग

ज्योति विकास बैंकले मध्यबिन्दु जिल्ला अस्पताल, नवलपुरलाई गत शुक्रबार एक थान बेबी वार्मर प्रदान गरेको छ । राष्ट्रिय आविष्कार केन्द्र र ज्योति विकास बैंकले संयुक्त रूपमा सो बेबी वार्मर प्रदान गरेका हुन्

आविष्कार केन्द्र र धुर्मुससुन्तली फाउण्डेशनलाई सहयोग

सङ्खुवासभाको मकालु गाउँपालिकास्थित मकालु युवा समाजले फजुल खर्च कटाएर रु एक लाख ७७ हजार ४७४ सहयोग जुटाएको छ ।  समाजले राष्ट्रिय आविष्कार केन्द्र र धुर्मुससुन्तली फाउण्डेसनलाई सो रकम सहयोग गरेको हो । विभिन्न व्यक्तिसँग सङ्कलन गरेको रकम राष्ट्र निर्माणका लागि सहयोग गरिएको समाजका सहसंयोजक नवराज कार्कीले जानकारी दिए ।  सामाजिक क्षेत्रमा विभिन्न काम गरिरहेको समाजले फाउण्डेसन र केन्द्रलाई रु ८८ हजार ७३७ का दरले सहयोग गरेको समाजका सहसंयोजक कार्कीले बताए । युवाको फजुल खर्च कटाएर राष्ट्र निर्माण अभियानका लागि सहयोग ...

आविष्कार केन्द्र र धुर्मुससुन्तली फाउण्डेशनलाई आर्थिक सहयोग

सङ्खुवासभाको मकालु गाउँपालिकास्थित मकालु युवा समाजले फजुल खर्च कटाएर रु एक लाख ७७ हजार ४७४ सहयोग जुटाएको छ । समाजले राष्ट्रिय आविष्कार केन्द्र र धुर्मुससुन्तली फाउण्डेसनलाई सो रकम सहयोग गरेको हो । विभिन्न व्यक्तिसँग सङ्कलन गरेको रकम राष्ट्र निर्माणका लागि सहयोग गरिएको समाजका सहसंयोजक नवराज कार्कीले जानकारी दिए । सा...

कोरोना उपचारमा सहयोग गर्दै आविष्कार केन्द्र

कोरोना भाइरस (कोभिड–१९)को महामारी विश्वभर फैलिइरहँदा नेपालमा भने महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्र प्रविधिलाई प्रयोग गर्दै विभिन्न अत्यावश्यक सामग्री बनाउन जुटिरहेको छ ।