रुसी सेनामा भर्ती भएका तनहुँका नौ युवा अझै सम्पर्कविहीन

रुसी सेनामा भर्ती भएका यहाँका नौ युवा अझै परिवारको सम्पर्कमा नआएपछि परिवारजन शोक र चिन्तामा परेका छन्।

सम्बन्धित सामग्री

रुसी सेनामा भर्ती भएका तनहुँका नौ युवा अझै सम्पर्कविहीन

रुसी सेनामा भर्ती भएका यहाँका नौ युवा अझै परिवारको सम्पर्कमा नआएपछि परिवारजन शोक र चिन्तामा परेका छन् ।

रुसी सेनामा भर्ती भएका तनहुँका नौ युवा अझै सम्पर्कविहीन

रुसी सेनामा भर्ति भएका तनहुँका नौ युवा अझै परिवारको सम्पर्कमा नआएपछि परिवारजन शोक र चिन्तामा परेका छन्।

रुसी सेनामा भर्ती भएका तनहुँका नौ युवा अझै सम्पर्कविहीन

रुसी सेनामा भर्ति भएका तनहुँका नौ युवा अझै परिवारको सम्पर्कमा नआएपछि परिवारजन शोक र चिन्तामा परेका छन्।

रुसी सेनामा गएकालाई स्वदेश फर्काउन सरकारको पहल

काठमाडौं । नेपाल प्रहरीले एक साताअघि नेपाली युवालाई प्रलोभन देखाएर अवैध रूपमा रुस पठाउने गिरोहका १२ जनालाई काठमाडौंका विभिन्न स्थानबाट नियन्त्रणमा लियो । युक्रेनसँगको युद्धमा होमिएको रुसको राष्ट्रिय सेनामा भर्ती गराइदिने आश्वासन दिँदै उक्त गिरोहले युवासँग ठूलो रकम असुलेको प्रहरीले अनुसन्धानबाट खुलेको छ ।  ‘भिजिट भिसा’मार्फत नेपालीलाई रुसको सेनामा भर्ना हुन पठाएको आरोपमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । सोही आरोपमा काठमाडौंका सन्तोष रोका र रोजल महर्जन, सिन्धुपाल्चोकका मनिष न्यौपाने, उदयपुरका हरिबहादुर विश्वकर्मा र क्षितिज गिरी, सिराहाका दीपेन परियार, काभ्रेपलाञ्चोकका सुवास लामा, चितवनका गोकर्ण अर्याल, बाराका सन्तोष नेपाल, ओखलढुङ्गाका सुजता दाहाल, लमजुङका ईश्वर अधिकारी र दाङ द्रोणा डाँगी प्रहरी अनुसन्धानमा छन् ।  उनीहरू नेपाली युवालाई भिजिट भिसामा दुबई तथा नेपालबाट सडकमार्गबाट भारत लगेर त्यहाँबाट रसिया पठाउने काममा संलग्न रहेको प्रहरीले जनाएको छ । उक्त गिरोहले प्रतिव्यक्ति रु सात लाखदेखि रु ११ लाखसम्म असुलेको प्रहरीको अनुसन्धानबाट थाहा खुलेको छ । नेपालमा सक्रिय गिरोहलाई रुसमा बस्ने नेपाली नागरिक शोभराज र अनुपले सहयोग गरेको भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेल बताउँछन् ।   प्रहरीले रुसी सेनामा भर्ना गर्न भन्दै अन्तर्वार्ता सञ्चालन गर्ने केही शैक्षिक परामर्शदाता (कन्सल्टेन्सी) सञ्चालकलाई पनि नियन्त्रणमा लिएको छ । परम्परागत रूपमा रहेको सम्झौताअन्तर्गत केही मित्रराष्ट्रको राष्ट्रिय सेनामा नेपाली नागरिक भर्ना हुँदै आएकोमा बाहेक अन्य विदेशी सेनामा नेपाली नागरिक भर्ना हुन अनुमति दिने सरकारको नीति नरहेको सरकारले यसअघि नै स्पष्ट पारिसकेको छ ।  सरकारले नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न र कुनै पनि नेपाली नागरिकलाई भर्ना गरेको भए त्यस्ता नागरिकलाई तत्काल नेपाल फर्काउन रुसी सरकारलाई अनुरोध गरिसकेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस सल्लाहकार गोविन्द आचार्य बताउँछन् ।  सरकारले रुसी सेनामा भर्ना भई हाल युक्रेनमा बन्दी अवस्थामा रहेका नेपालीलाई स्वदेश फिर्ता गर्ने सम्बन्धमा समेत कूटनीतिक पहल गरिरहेको छ ।  ‘नेपाली युवालाई प्रलोभनमा पारी रुस पु¥याउने गिरोहको खोजीमा सरकार लागेको छ, केही पक्राउ परेका छन्,’ उनले भने, ‘सरकारले सार्वजनिक रूपमा नै युवालाई रुसी सेनामा भर्ना नहुन आग्रह गरिरहेको छ, सरकारी कामकाज, रुसको छात्रवृत्ति तथा पेशा व्यवसायमा संलग्न भएका बाहेक अन्यलाई रुस जान रोकिएको छ ।’ सरकारले कसैको प्रलोभनमा नपरी, युद्धरत मुलुकको सेनामा भर्ना नहुन सार्वजनिक रूपमा आह्वान गरिरहेको छ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौं विश्वविद्यालयको २९औं दीक्षान्त समारोहमा रुसी सेनामा भर्ना भएका नेपालीलाई स्वदेश फर्काउन सरकारले प्रयास गरिरहेको बताएका थिए ।  ‘अहिले विभिन्न बाध्यताका कारण दुई सयभन्दा बढी नेपाली युवा रुसी सेनामा भर्ना भएको जुन खबर आएको छ, त्यो चिन्ताजनक छ,’ उनले भनेका थिए, ‘सरकार तिनलाई सकुशल फिर्ता ल्याउन हरसम्भव प्रयास गरिरहेको छ ।’  प्रधानमन्त्री दाहालले नेपालमै शिक्षा र रोजगारीका प्रशस्त अवसर रहेको उल्लेख गर्दै युवालाई स्वदेशमा नै श्रम र पसिना बगाउन अपिल गर्नुभएको छ ।  ‘नेपालमा अवसर छैन भन्ने जुन भाष्य निर्माण भएको छ, त्यसको परिणामस्वरूप नेपाली युवा विदेशमा अनेक हन्डर खाइरहेका छन् । म उनीहरूलाई यही मञ्चबाट आश्वस्त पार्न चाहन्छु कि अहिले नेपालमै प्रशस्त शिक्षा तथा रोजगारीका अवसर छन् र तिनको उचित व्यवस्थापन गर्न सके व्यक्तिगत जीवनको मात्र नभएर देशहितको पनि काम गर्न सकिन्छ,’ प्रधानमन्त्री दाहालले भन्नुभएको थियो ।  सरकारले सरकारी कामकाज, रुसी सरकारको छात्रवृत्ति तथा पेसा व्यवसायमा संलग्न भएका बाहेक अन्य सर्वसाधारण नागरिकलाई रुस यात्रा गर्नुपरेमा कन्सुलर सेवा विभागबाट ‘नो अब्जेक्सन लेटर’ लिएर मात्रै यात्रा गर्न सरकारले सबैमा अपिलसमेत गरेको छ ।  हालसम्म रुसी सेनामा भर्ती भएका ६ नेपालीको मृत्यु भएको पुष्टि भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । गोरखाका सन्दीप थपलिया, कपिलवस्तुका रुपक कार्की, पोखराका देवान राई, स्याङ्जाका पितम कार्की, दोलखाका राजकुमार रोका र इलामका गङ्गाराज मोक्तानको मुत्यु भइसकेको छ । अझै केही नेपाली युवा रुसी सेनामा संलग्न रहेको भन्ने सूचना प्राप्त भएको सरकारी अधिकारीको भनाइ छ ।  सरकारले दुई मुलुकबीच सम्झौता भएर अध्ययनका लागि छात्रवृत्तिमा जानेबाहेकका सम्पूर्णलाई रुस जान रोक लगाएको छ । नेपालीहरू रोजगारी, अध्ययन, व्यवसाय तथा भ्रमणका लागि रुस जाँदै आएका छन् ।  नेपाली युवालाई आकर्षक रोजगारीको प्रलोभन देखाएर केही गिरोह अवैधरूपमा रुस लैजाने काममा सक्रिय रहेको प्रहरीले जनाएको छ । रासस

दुईसय नेपाली युवा रुसी सेनामा भएको सरकारको अनुमान

अघिल्लो साता रुसी सेनामा भर्ना भएका छजना नेपालीको मृत्यु र एकजना युक्रेनी सेनाको बन्धक बनेको सरकारले जानकारी गरायो । सो समाचारपछि अवैध रुपमा स्वेच्छाले रुसी सेनामा भर्ना भएका नेपालीलाई फिर्ता ल्याउन सरकारले पहल गर्नुपर्ने आवाज पनि उठिरहेको छ । यद्यपि त्यहाँ कति नेपाली छन् भन्ने यक्किन विवरण छैन । यसबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रूसी …

रुसी सेनामा नेपाली युवा पठाएको आरोपमा १२ जना पक्राउ

नेपाल प्रहरीले अवैध तरिकाले रुसी सेनामा नेपाली युवा पठाउने गिरोहलाई पक्राउ गरेको छ । प्रहरीको टोलीले काठमाडौँका विभिन्न स्थानमा केही दिनदेखि चलाएको अप्रेसनका क्रममा अवैध तवरले नेपाल र भारतको बाटो हुँदै रुस पठाउने १२ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा दिपेन परियार, क्षितिज गिरी, सुभाष लामा, मनिष न्यौपाने, रोजल महर्जन, हरिबहादुर विश्वकर्मा, ईश्वर अधिकारी, …

रुसी सेनामा कार्यरत बर्दियाका युवा युक्रेनी सेनाको नियन्त्रणमा

काठमाडौं । रुसी सेनामा भर्ती भएर युद्धमा होमिएका नेपाली युवक विवेक खत्रीलाई युक्रेनी सेनाले नियन्त्रणमा लिएको छ। बर्दियाका खत्रीलाई युक्रेनको अभ्दिभ्का सहरबाट युक्रेनी सेनाले समातेको हो। युक्रेनका पूर्वआन्तरिक मामिला उपमन्त्री एन्टोन हेरासचेन्कोले खत्रीलाई युक्रेनी सेनाले नियन्त्रण राखेको पुष्टि गरेका छन्। हेरासचेन्कोले ट्विटरमा खत्री बोलेको भिडिओ पनि सार्वजनिक गरेका छन्। जसमा खत्रीले आर्थिक अवस्था सुदृढ गर्न […]

रुसी सेनामा नेपाली युवा भर्तीबारे कुनै जानकारी छैन: एनआरएन अध्यक्ष

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले रुसी सेनामा नेपाली युवा भर्तीबारे कुनै जानकारी नभएको जनाएको छ। संघका कार्यकारी अध्यक्ष डा. बद्री केसीले यसविषयमा आफूहरूलाई कुनै जानकारी नभएको बताए। सामाजिक सञ्जालमा अहिले केही भिडियोहरू भाइरल भइरहेका छन्। जहाँ, नेपाली युवाले सैन्य तालिम लिइरहेको देख्न सकिन्छ। नेपाली भाषा बोलेर केही युवाले आफूहरूले रुसी सेनाको तालिम लिइरहेको […]