काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफू फेल भए युग र व्यवस्था नै फेल हुने बताएका छन्। सोमबार काठमाडौंमा आयोजित ६२ औं रंगमञ्च दिवसको अवसरमा उनले १० वर्ष सांसद भइसक्दा आफूले देशको बारेमा सबै कुरा बुझेको जस्तो अनुभव भएपनि मन्त्री बनेर काम गरिरहँदा सोचेभन्दा धेरै फरक पाएको बताउनुभयो।