काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई थप आठ मन्त्रालयको कार्यभार थपिएको छ। नेकपा एमालेका मन्त्रीहरुले राजीनामा दिएपछि उनीहरुले सम्हाल्दै आएका मन्त्रालयको कार्यभार पनि प्रधानमन्त्री प्रचण्डलाई थपिएको हो।
राष्ट्रपति विद्यादेवी भण्डारीले थप आठ मन्त्रालयको कार्यभार प्रधानमन्त्री पुष्पकमल प्रचण्डले नै सम्हाल्ने गरी तोकेकी छन्।