विवादका कारण नियुक्तिको दुई दिनमै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्र हमालले राजीनामा दिएपछि रिक्त भएको उक्त मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शेरबहादुर देउवाले नै सम्हाल्ने भएका छन् ।
आज राष्ट्रपतिको कार्यालयले विज्ञप्ति प्रकाशन गरेर राष्ट्रपति विद्यादेवी भण्डारीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले नै सम्हाल्ने गरी तोकेको बताएको छ ।
हमालले आइतवार बिहान प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष राजीनामा बुझाएका थिए ।
गत शुक्रवार मन्त्री नियुक्त भएका हमाल प्रधानन्यायाधीश चोलेन्द्रश...