भारतीय फूल विस्थापित गर्न तनहुँमा व्यावसायिक फूल खेती

तनहुँको एक गाउँपालिकाद्वारा भारतीय फूल आयात प्रतिस्थापन गर्न व्यावसायिक फूल खेती गरिएको छ । आँबुखैरेनी गाउँपालिकाद्वारा अध्यक्षसँग कृषि विकास कार्यक्रमअन्तर्गत व्यावसायिक फूल खेती थालिएको हो ।

सम्बन्धित सामग्री

व्यावसायिक फूल खेती

पश्चिम मकवानपुरको मनहरी–७, रमौलीका किसान हरिशरण अर्यालले व्यावसायिक फूल खेती गर्नुभएको छ ।

भारतीय फूलमा बन्देज नहुदाँ मालीहरुको पुस्तौनी पेशा धरापमा

महोत्तरी– पुस्तौनी फूल खेती गर्दै आएका महोत्तरी बल्वा नगरपालिका-२ का राम विनय भण्डारीले यसपालिको तिहारमा भनेजस्तो व्यापार गर्न सकेनन् ।भारतबाट आयात भएका फूल कै कारण मूल्यमा आकास पताल फरक पर्ने हुँदा बेच्न नसक्ने एउटा कारण रह्यो भने माली समुदायबाहेक अन्य समुदायले पनि व्यावसायिक फूल खेती गर्दा समस्या बनेको भण्डारीको भनाई छ । उनलाई यो तिहारमा व्यापारले […]

२५ विघाभन्दा बढी जग्गामा व्यावसायिक फूल खेती

दाङमा २५ विघाभन्दा बढी जमिनमा फूल खेती गरिएको छ । तिहारमा प्रयोग हुने प्लाष्टिक मालालाई हटाउँदै फूलमा जिल्लालाई आत्मनिर्भर बनाउने उद्देश्यले जिल्लाका विभिन्न स्थानमा सयपत्री फूलको व्यावसायिक खेती गरिएको हो ।

धनगढीमा पाँच बिघामा व्यावसायिक फूल खेती

कैलालीको धनगढीमा पाँच बिघा जमिनमा व्यावसायिक फूल खेती गरिएको छ। चाडपर्वमा हुने प्लाष्टिक मालाको प्रयोग रोक्ने र स्थानीय स्तरमा रोजगारीको अवसर सिर्जना गर्ने उद्देश्यका साथ नगर क्षेत्रको विभिन्न स्थानमा फूल खेती गरिएको हो।

व्यावसायिक रूपमा फूल खेती

प्राकृतिक फूलको आयात कम गर्न नवलपुर जिल्लामा व्यावसायिक फूल खेती सुरु गरिएको छ । तिहारमा सप्तरङ्गी टीका, सयपत्री र मखमली फूलको माला लगाउने गरिन्छ । नवलपुरका विभिन्न ठाउँमा व्यावसायिक फूल खेती गरिएको छ । तिहारका लागि महत्वपूर्ण मानिने सयपत्री फूलको बिक्री सुरु गरिएको छ  ।

सरकारी जागिरसँगै फूल खेती

कञ्चनपुर भीमदत्त नगरपालिका-१० तिलकेनीमा जनकबहादुर सिंहको बारी सयपत्री फूलले ढकमक्क छ । ढकमक्क फूलबारीमा सिंहको दैनिकी व्यस्त बनेको छ ।  तिहार सकिएसँगै सुरु भएको चुनावको माहोलमा फूलको माला बनाउन र बिक्री गर्नमा सिंहको व्यस्तता बढेको हो । चुनावको तयारीमा माला र फूल खरिदका लागि मानिसहरू सिंहको फूलबारीसम्म पुग्ने गरेका छन् । बझाङ तलकोटका सिंह र अन्य तीन जना युवा मिलेर तिलकेनीमा दुई बिघा जमिन भाडामा लिएर व्यावसायिक फूल खेती गदै आएका छन् । सिंह कृषि ज्ञान केन्द्र कञ्चनपुरमा प्राविधिकका रुपमा

तिहारमा पाँच लाखको फूल बिक्री

मस्र्याङ्दी गाउँपालिका–९, सिम्पानीस्थित भलामचौर मिच नमूना कृषि परियोजनाले तिहारका बेला मात्रै पाँच लाख रुपैयाँ भन्द बढीको फूल बिक्री गरेको छ । भलामचौर मिर्चे नमूना कृषि पर्यटनसँगै व्यावसायिक फूल खेती सुुरु भएको पहिलो वर्षमै पाँच लाख भन्दाबढीको सयपत्री फूल बिक्री भएको हो ।परियोजना सञ्चालन गरेको सिते बा ग्रुपअन्तर्गत एसजी हसस्पटालिटी नामक कम्पनीले यहि वर्षदेखि फूलको व्यावसायिक […]

फोटोफिचर: पाल्पामा फस्टायो व्यावसायिक फूल खेती

पहाडी जिल्ला पाल्पामा व्यावसायिक फूलखेती फस्टाएको छ । पहिलो पटक व्यावसायिक फूल खेती गरेका रामपुर नगरपालिका–४, देवीस्थानका दिलबहादुर थापा र माथागढी गाउँपालिका–२, रुप्सेका दामोदर घर्तीले पहिलोपटक व्यावसायिक फूल खेती गरेका हुन् । त्यसपछि बल्ल पाल्पाका विभिन्न स्थानमा फूलखेती सुरु भएको हो । यतिबेला पाल्पाका दर्जन बढी फूल व्यवसायीको बारीमा ढकमक्क फूल फूलेको छ ।

टोलैपिच्छे व्यावसायिक फूल खेती

रुपन्देहीको सैनामैना नगरपालिका–७ देउवापारको इंगुरिया खोलाको उकास क्षेत्र अघिल्लो वर्षसम्म गौचरण थियो । यसवर्ष स्थानीय १५ किसानले सयपत्री फूलको व्यवसायिक खेती गरेका छन् । नगरपालिकाले नि:शुल्क बीउ र प्राविधिक सेवा दिएको छ । करिब १ विघा जग्गामा लगाएको फूल खेती यति मौलाएको छ कि कृषकलाई अहिले फूल टिप्न र बेच्न भ्याईनभ्याई छ ।

गाउँपालिकाले गर्‍यो फूल खेतीको शुरूआत

स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले झण्डै २० रोपनी जमिनमा व्यावसायिक फूल खेती शुरूआत गरेको छ । गाउँपालिकाले व्यावसायिक फूल खेतीमा जोड दिँदै सहज बजारीकरण गरी किसानलाई फूल खेतीतर्फ आकर्षित गर्नका लागि २ ठाउँमा फूल खेती शुरू गरेको गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले जानकारी दिए । वडा नम्बर ४ को पुछारमा १४ रोपनी र वडा नम्बर ७ को बारिचौरमा ६ रोपनी जग्गा भाडामा लिई पहिलो चरणमा सयपत्री र मखमली फूलका बिरुवा लगाएको उनले बताए ।   चाडपर्वका समय तथा अन्य कार्यमा बाहिरबाट फूलको आयात गर्नुपर्दा यहाँको अर्थ बाहिरै...